१० चैत्र २०८२, मंगलवार

आर्सनलमाथि लिभरपुलको जित

काठमाडौं। प्रि सिजन क्लब मैत्रीपूर्ण खेलमा आर्सनलमाथि लिभरपुलले जित निकालेको छ । बिहीबार अमेरिकामा सम्पन्न खेलमा लिभरपुलले आर्सनललाई २–१ गोलान्तरमा पराजित गरेको हो । लिभरपुलका लागि मोहम्मद सलाह र फाबियो कार्भाल्होले १÷१ गोल गरे। १३औं मिनेटमै सलाह र ३४औं मिनेटमा कार्भाल्होले गोल गर्दै टिमलाई जित दिलाएका हुन् । ४०औं मिनेटमा आर्सनलका हावर्ट्जले गोल गरे पनि त्यो […]

राजनीति समाचार

एमाले सचिवालय बैठक बस्दै

१७ साउन, काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार आजको बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्नेछ । साथै, बैठकमा समसामयिक राजनीति तथा पार्टीको आन्तरिक रणनीतिबारे पनि छलफल हुने बताइएको छ । यसअघि एमालेले नेताहरूलाई फरक भूगोलको जिम्मेवारी दिइएको […]

समाचार

अब राष्ट्रिय परिचय पत्रको फोटो खिच्दा सिन्दूर, टिका र राष्ट्रियता झल्कने पोसाक लगाउन पाइने

१७ साउन, काठमाडौँ । अब राष्ट्रिय परिचय पत्रको फोटो खिच्दा सिन्दूर, टिका र राष्ट्रियता झल्कने पोसाक लगाउन पाइने भएको छ । सिन्दूर पोते र टिका समेत हटाएर फोटो खिच्न लगाइएको भन्दै आलोचना भएपछि  राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सूचना जारी गर्दै अब राष्ट्रिय परिचयपत्रमा आफ्नो संस्कृति र जातीय पहिचान जनाउने पहिरन लगाएर फोटो खिच्न पाइने […]

समाचार समाज

नुवाकोटमा बाढीले सयौँ रोपनी धानखेत बगरमा परिणत

१७ साउन त्रिशूली, । कोशीखोलामा आएको बाढीले नुवाकोटको तारकेश्वर गाउँपालिका–२ स्थित पिमलटारको सयौँ रोपनी धानखेत बगरमा परिणत भएको छ । नुवाकोट र धादिङको सीमा भएर बग्ने कोशीखोलाको बाढीले पिमलटारस्थित फाँटमा ठूलो क्षति भएको छ । त्यहाँ भर्खर रोपिएको धानखेत बगरमा परिणत भएको छ । स्थानीय किसान आरबी नेपालका  अनुसार किसानले हालै रोपिएको खेत पूर्ण रूपमा […]

अन्तर्राष्ट्रिय अर्थ

आज कुन विदेशी मुद्राको मूल्य कति?

१७ साउन, काठमाडौँ । नेपाल राष्ट्र बैंककाअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.६६ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.२६ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.८३ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.४८ रुपैयाँ रहेको छ । यस्तै बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७१.७० रुपैयाँ रहेको छ भने […]

मुख्‍य समाचार राजनीति समाचार

नवनियुक्त तीनवटा प्रदेश प्रमुखहरुले आज शपथ लिँदै

१७ साउन, काठमाडौँ । नवनियुक्त प्रदेश प्रमुखहरूले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । शीतल निवासमा अपराह्न ५ बजे उनीहरूको शपथ ग्रहण कार्यक्रम तय भएको छ। बागमतीमा दीपकप्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रदेश प्रमुखको शपथ लिन लागेका हुन्। मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा १६३ को उपधारा (२) बमोजिम […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

घाइते अवस्थामा भेटिएकी एक महिलाको मृत्यु

१७ साउन,धनगढी ।  कैलालीको गेटामा घाइते अवस्थामा भेटिएकी एक महिलाको मृत्यु भएको छ। गोदावरी नगरपालिका–५ गेटा मेडीकल कलेज नजिक घाइते अवस्थामा भेटिएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ। नाम ठेगाना नखुलेकी अन्दाजी ३५ वर्षकी महिलाको टाउको पछाडीको भागमा चोट लागेर घाईते अवस्थामा फेला परेकी थिइन्। उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको […]

मुख्‍य समाचार समाचार

सातवटै प्रदेशमा वर्षाको सम्भावना

१७ साउन, काठमाडौँ । देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । मधेस, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

डोटीमा पहिरो जाँदा ६ जनाको धानबाली नष्ट

१७ साउन, डोटी । डोटीमा हिजाे गएकाे पहिरोका कारणा ६ जनाको धानबालीमा क्षति पुगेको छ । जिल्लाको बोगटान फुड्सिल गाउँपालिका–५ धिर्कामाण्डौँका ६ जनाको धान लगाएको खेतमा पहिरो गएपछि धानबाली नष्ट भएको हो । धर्मसिं बोहरा, खडक बोहरा, कर्ण बोहरा, भक्त बोहरा, रामबहादुर बोहरा र भीम बोहराको अन्दाजी ५ रोपनी खेतमा लगाएको धानबाली पहिरो गएपछि नष्ट भएको […]

मनोरन्जन समाचार

चलचित्र ‘बुलाकी’ को नयाँ गीत सार्वजनिक

१७ साउन,काठमाडौँ । साउन ३२ गतेबाट प्रदर्शन हुने चलचित्र ‘बुलाकी’ नयाँ गीत सार्वजनिक गरेको छ । गायिका समीक्षा अधिकारीको स्वरमा ‘सधैं पछि परन्या हुन् स्त्री’ बोलको गीत रिलिज गरिएको हो। छत्रेश्वरी म्यानेजमेन्टको तर्फबाट निर्माण भएको गीतमा बाबुल गिरीको शब्द÷संगीत छ। एरेञ्जको र मिक्सिङको काम धनबहादुर गिरी (बाबुल) ले नै गरेका छन्। गीतको भिडिओमा सुरक्षा पन्त, […]

मुख्‍य समाचार समाचार समाज

नेपालमा दुई हजारभन्दा बढीमा डेङ्गु रोगको सङ्क्रमण

१६ साउन, काठमाडौँ  । नेपालभरि दुई हजारभन्दा बढीमा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा‌‍‍क्टर गोकर्णप्रसाद दाहालले ७३ जिल्लाका दुई हजार ६१ जनामा सङ्क्रमण देखिएको जानकारी दिए । सबैभन्दा बढी काठमाडौँमा दुई सय ४९ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । यस्तै […]

राजनीति समाचार

रवि लामिछाने निकट एआइजीमाथि कारबाहीको तयारी

१६ साउन, काठमाडौँ  । निवर्तमान गृहमन्त्री रवि लामिछाने निकट भएको आरोप लागेका नेपाल प्रहरीका एआइजी श्यामलाल ज्ञवालीमाथि छानविन अघि बढेको छ । सरकार फेरिएलगत्तै ज्ञवालीमाथि छानविन गर्न एआइजी टेकप्रसाद राईको नेतृत्वमा समिति बनेको हो ।बिहीबारको मन्त्रिपरिषद्को बैठकले उनको सरुवाको समेत तयारी गरेको गृह मन्त्रालय स्रोत बताउँछ । स्रोतकाअनुुसार लामिछाने गृहमन्त्री हुँदा आइजिपी बसन्तबहादुर कुँवरलाई बाइपास गरेको […]