१० चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

कञ्चनपुरमा एक बोरा माछा फेला

१७ साउन, अत्तरिया । कञ्चनपुरमा प्रहरीले एक बोरा माछा फेला पारेको छ । बिहीबार बिहान भीमदत्त नगरपालिका-६ ऐठपुर नहरको पक्की सडकखण्डमा भारतबाट भन्सार छली ल्याएको माछाको एक थान बोरा बेवारिसे अवस्थामा फेला परेको हो । अन्दाजी ४० केजी परिमाणको उक्त बोरामा फेला परेका माछा नष्ट गरिएको वडा प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

मुख्‍य समाचार समाचार

वीपी कोइराला क्यान्सर अस्पतालमा बिरामीकाे मृत्यु हुँदा दुई नर्स निलम्बित

१७ साउन, काठमाडौं । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत बिरामीको किमो (क्यान्सर कोषहरुलाई नष्ट गर्न प्रयोग गरिने औषधि) को मात्रा बढी दिएर मृत्यु भएपछि दुईजना नर्सलाई निलम्बन गरिएको छ । दुईजना नर्सलाई निलम्बन गरिएको छ भने दुई चिकित्सकसहित २३ जनासँग स्पष्टिकरण माग गरी सचेत गराइएको हो ।  अस्पतालमा उपचारका लागि आएका बिरामीलाई दिनुपर्ने भन्दा […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

भारतको हिमाचल प्रदेशमा अति ठुलो वर्षा, ५० जनाबढी बेपत्ता

१७ साउन, काठमाडौं । भारतको हिमाचल प्रदेशको रामपुर र मन्डी नजिक अति ठुलो वर्षा हुँदा ५० जनाभन्दा धेरै व्यक्ति बेपत्ता भएका छन् । ‘क्लाउडबस्र्ट’ अर्थात् अचानक स्थानीय प्रकृति र छोटो अवधिको अति ठुलो वर्षाका कारण ५० जनाभन्दा धेरै व्यक्ति बेपत्ता भएका बीबीसी हिन्दीले जनाएको छ । यस्तै शिमलाको सरपारा पञ्चायतको समेज र मन्डीको टिकन क्षेत्रमा पनि […]

मुख्‍य समाचार राजनीति समाचार

लेखराज भट्टलाई पुनः सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी

१७ साउन, काठमाडौं । नेकपा एमालले लेखराज भट्टलाई पुनः सुदूरपश्चिम प्रदेशको इन्चार्जको जिम्मेवारी दिइएको छ । यसअघि कर्णाली प्रदेशको इन्चार्ज रहेका भट्टलाई बिहीबार बसेको एमाले सचिवालय बैठकले सुदूरपश्चिमको जिम्मेवारी तोकेको हो । यसअघि सुदूरपश्चिमको इन्चार्ज रहेका छविलाल विश्वकर्मा भने अहिले जिम्मेवारी बिहिन बनेका छन । कर्णालीको इन्जार्ज हुनु अघि भने भट्ट सुदूरपश्चिमकै इन्जार्जका रुपमा रहेका […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

तालमा डुबेर एक जनाको मृत्यु

१७ साउन, धनगढी । कैलालीको धनगढीमा तालमा डुबेर एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–८ का ६० वर्षीय ढाटु राना भनिने रामलाल रानाको मृत्यु भएको प्रहरीले बताएको हो ।धनगढी–८ मै रहेको तौलाहा तालमा डुबेर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

मुख्‍य समाचार राजनीति समाचार

२२ वटा नर्सिङ कलेजलाई सम्बन्धन दिन संसदीय समितिको निर्देशन

१६ साउन, काठमाडौं । विभिन्न २२ वटा नर्सिङ कलेजलाई सम्बन्धन दिन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. अन्जनी कुमार झाका अनुसार २२ वटा संस्थाले आयोगबाट आशयपत्र प्राप्त गरेका छन् । आशयपत्र पाएका सांस्थाहरु सम्बन्धन प्राप्त गर्ने प्रक्रियामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटइभिटी) पुगेको छ । ती २२ […]

मुख्‍य समाचार राजनीति समाचार

नवनियुक्त प्रदेश प्रमुखहरूले लिए शपथ

१७ साउन, काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रदेश प्रमुखहरूलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् । विहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति पौडेलले प्रदेश प्रमुखहरू दीपक प्रसाद देवकोटा, कृष्णबहादुर घर्तीमगर र यज्ञराज जोशीलाई पद तथा गोपनियताको शपथ गराएको हो । देवकोटा बागमती, घर्तीमगर लुम्बिनी र जोशी कर्णाली प्रदेशका लागि प्रदेश […]

मुख्‍य समाचार राजनीति

‘छलफल गर्न आवश्यक नै नरहेको विषयमा बारम्बार छलफल किन ?’

१७ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले समितिमा छलफल गर्न आवश्यक नै नरहेको विषयमा बारम्बार छलफल गरेर समय खेरा फालेको भन्दै आपत्ति जनाएकी छिन् । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा प्राविधिक शिक्षालय संचालनका लागि सम्बन्धन स्वीकृती सम्बन्धमा परेको उजुरीका विषयमा सम्बन्धित मन्त्रालय, चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा […]

मुख्‍य समाचार राजनीति

एमाले निर्णयः प्रदेश इन्चार्ज तोकियो, विभिन्न पदमा मनोनयन गरियो

१७ साउन, काठमाडौं । नेकपा एमालेले सातवटै प्रदेशमा नयाँ इन्चार्जहरु तोकेको छ । बिहीबार बसेको सचिवालय बैठकले सातवटै प्रदेशमा इन्चार्ज तोकेको महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् । यस्तै, उनले कोशी प्रदेशमा शेरधन राई, मधेश प्रदेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा डा.राजन भट्टराई, गण्डकीमा किरण गुरुङ, लुम्बिनीमा पद्मा अर्याल कर्णालीमा गोरखबहादुर बोगटी र सुदूरपश्चिममा लेखनाथ भट्ट रहने […]

मुख्‍य समाचार राजनीति समाचार

दलित, महिला, उत्पीडितको समस्या राष्ट्रिय समस्या होः  अध्यक्ष दाहाल

१७ साउन, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले दलित, महिला, उत्पीडित जाति वर्गको विषयमा गम्भीर भएर छलफल गर्न आवश्यक रहेको बताएका छन् । विहीबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा राष्ट्रिय सभामा दलित समुदायबाट प्रतिनिधित्व गर्ने सदस्यहरुसँग संकल्प प्रस्ताव सम्बन्धमा भएको छलफलमा उनले आम जनताको समस्या भएको भन्दै सबैले संवेदनशिल भएर छलफल गर्नुपर्ने […]

मुख्‍य समाचार राजनीति

तुल्सीलालमा क्रान्तिकारीपना थियोः विद्यादेवी भण्डारी

१७ साउन, काठमाडौं ।  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तुल्सीलाल अमात्यले किसानहरुको  लागि क्रान्तिकारी काम गरेको बताएकी छिन् । २७ औँ तुल्सीलाल स्मृति दिवसको अवसरमा बोल्दै उनले कम्युनिष्ट नेतामा हुनुपर्ने गुण तुल्सीलालमा भएको जिकीर गरेकी हुन् । उनले  भनिन्, ‘तुल्सीलालले क्रान्तिकारी काम गर्नुभएको छ । २००६ साल भाद्र ३० गते नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय  संगठन समितिको सदस्य […]

मुख्‍य समाचार राजनीति

मन्त्री चौधरीको अध्यक्षतामा अन्तर्राष्ट्रिय युवा दिवस मुल समारोह समिति घोषणा

१७ साउन, काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा ‘अन्तर्राष्ट्रिय युवा दिवस मूल समारोह समिति’ गठन भएको छ। आगामी साउन २८ गते हुने अन्तर्राष्ट्रिय युवा दिवस मनाउनका लागि मन्त्री चौधरीको अध्यक्षतामा ३७१ सदस्यीय मूल समारोह समिति गठन गरिएको हो। युवा तथा खेलकुद मन्त्रालयमा बिहीबार आयोजित विभिन्न सरकारी निकाय, सरोकारवाला, संघसंस्था र प्रतिनिधिहरुको उपस्थितिमा भएको […]