१० चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार समाचार समाज

कक्षा १२ मा ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण, एकसय २२ को नतिजा रद्द

१८ साउन, काठमाडौं । शुक्रबार सार्वजनिक भएको कक्षा १२ को परीक्षाफलबाट ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार कुल विद्यार्थीमध्ये एक सय २२ विद्यार्थीको नतिजा रद्द भएको छ । परीक्षाफल अनुसार १ लाख ८७ हजार विद्यार्थी ननग्रेडेड (एनजी) भएका छन् । परीक्षामा सहभागी भएका नियमिततर्फका ३ लाख ९० हजार ८ सय […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

सद्भावको पर्व यार्तुङ

१८ साउन, मनाङ । हिमाली जिल्ला मनाङमा सद्भावको पर्वका रुपमा यार्तुङ अर्थात् घोडेजात्रा मनाइन्छ । वर्षाका बेला पर्ने यस पर्वमा घोडा कुदाउने गरिन्छ । विशेषगरी खेतीपातीको उत्पादन राम्रो होस् तथा खेतीबाली लगाइसकेपछि थकान मेटाउन यार्तुङको परम्परागत सुरुआत गरिन्छ । माथिल्लो मनाङको मनाङ गाउँ, खाङ्सार, पिसाङ, भ्राका, हुम्डे र सदरमुकाम चामेमा यो पर्व मनाइन्छ । माथिल्लो […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

पाथीभरा क्षेत्र विकास समिति कोशी प्रदेशको मातहतमा

१८ साउन, फुङ्लिङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्र विकास समिति अब कोशी प्रदेश सरकार मातहत रहने भएको छ । यसअघिसम्म उक्त समिति सङ्घीय सरकार मातहतमा रहेको थियो । कोशी प्रदेश सरकारले पाथीभरा क्षेत्र विकास समिति गठन आदेश, २०८१ जारी गर्दै समितिलाई प्रदेश सरकारको संस्कृति र पुरातत्व मन्त्रालयअन्तर्गत राख्ने निर्णय गरेको हो । उक्त […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

गर्मीजन्य समस्याका कारण युरोपमा वर्षेनी सदरदर एक लाख ७५ हजारको मृत्यु : डब्लुएचओ

१८ साउन, युरोप । विश्वका अन्य देशहरुको तुलनामा तापक्रम तीव्र गतिमा बढिरहेको युरोपमा गर्मीका कारण वर्षेनी एक लाख ७५ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को युरोपेली शाखाले बिहीबार जनाएको छ । डब्लुएचओले सन् २००० देखि २०१९ को बीचमा हरेक वर्ष गर्मीका कारण भएका चार लाख ८९ हजार मृत्युमध्ये युरोपेली क्षेत्रमा […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

जापानको इतिहासमै जुलाईमा अधिकतम तापक्रम मापन

१८ साउन, जापान । जापानमा १२६ वर्ष पहिले मौसम मापन सुरु भएदेखि यस वर्षको जुलाईमा अधिकतम तापक्रम मापन गरेको मौसम विभागले जनाएको छ । गत वर्ष जुलाईमा मापन गरिएको औसतभन्दा १.९१ डिग्री सेल्सियस बढी तापक्रमको रेकर्ड तोड्दै यस वर्ष देशको तापक्रम औसतभन्दा २.१६ डिग्री सेल्सियसले बढेको छ । जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले बिहीबार […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

विवादपछि अफगानिस्तानसँगको पाकिस्तानी सिमाना तोरखाममा थप कडाइ

१८ साउन, पाकिस्तान । सिमामा कार्यरत अधिकारीहरूले अफगान कार्गो ट्रक चालकसँग कागजातहरू माग्न थालेपछि तोरखाममा सञ्चालित पाकिस्तान–अफगानिस्तान सीमामा व्यापारिक गतिविधि स्थगित गरिएको पाकिस्तानस्थित द एक्सप्रेस ट्रिब्यूनले जनाएको छ । यस निर्णयले तालिबान अधिकारीहरूले पाकिस्तानमा प्रवेश गर्ने सबै सवारी आवागमन स्थगित गरेको जनाएका छन् । यसअघि जनवरीमा पाकिस्तानी प्रशासनले भिसा तथा कागजातसम्बन्धी नियमहरू लागु गरेको भन्सार […]

मुख्‍य समाचार समाचार समाज

राजर्षि जनक विश्वविद्यालयको स्ववियु सभापतिमा यादव विजयी

१८ साउन, धनुषा । राजर्षि जनक विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा लोकतान्त्रिक समाजवादी विद्यार्थी सङ्घका प्रवेश यादव विजयी भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्द्वी संयुक्त विद्यार्थी प्यानलका श्याम साहलाई पराजित गर्दै यादव विजयी भएका हुन् । यस्तै स्ववियु सचिवमा अनेरास्ववियुका राजु अधिकारी, कोषाध्यक्षमा नेपाल विद्यार्थी सङ्घका शिवशङ्कर साह तथा सदस्यहरुमा नेविसङ्घका रामकुमार महासेठ, पूजा यादव, […]

प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी

एकवर्षमा एक सय ४० व्यावसायिक फर्म कारबाहीमा

१८ साउन, नेपालगन्ज । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय नेपालगन्जले गत आर्थिक वर्षमा एक सय ४० व्यावसायिक फर्मलाई कारबाही गरेको छ । कारबाहीबापत् रु ३२ लाख ९५ हजार राजस्व सङ्कलन गरेको छ । बील, बीजक नभएको, मूल्यसूची नराखेको, तौल कम भएको, गुणस्तर कायम नभएकोलगायतका कारण ती फर्महरुलाई न्यूनतम् रु पाँच हजारदेखि अधिकतम् रु […]

प्रदेस समाचार मुख्‍य समाचार लुम्बिनी समाचार समाज

बालविवाह रोक्न सक्रिय बन्दै बाल क्लब

१८ साउन, देउखुरी । यहाँको गढवा गाउँपालिका–५ स्थित श्री माध्यमिक विद्यालय चैनपुर विद्यालयमा अध्ययनरत छात्रछात्राहरु बाल क्लबमा आबद्ध भएपछि सरसफाइसँगै सचेतनामूलक कार्यक्रममा सक्रिय देखिएका छन् । बाल क्लबका सदस्यहरुले बालअधिकारका विषयमा जानकारी लिँदै समुदायमा बालविवाह विरुद्धको अभियानलाई सशक्त बनाएका छन् । मुक्त कम्लरी विकास मञ्चले यसअघि देखि बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्दै आएको थियो । […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

पोखरा महानगरद्वारा रासायनिक मलको मूल्य निर्धारण

१८ साउन, कास्की । पोखरा महानगरपालिकाले चालु आर्थिक वर्षका लागि रासायनिक मलको मूल्य निर्धारण गरेको छ । महानगरपालिका मल वितरण व्यवस्थापन समितिको आजको बैठकले नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मलको मूल्य निर्धारण गरेको हो । मल वितरण व्यवस्थापन समितिका संयोजकसमेत रहनुभएका महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङको अध्यक्षतामा बसेको बैठकले युरिया, डिएपी र पोटासको मूल्य तोकेको महानगरपालिका […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार राजनीति

कर्णाली प्रदेश सरकारमा कांग्रेसद्वारा चार मन्त्रीको नाम सिफारिस

१८ साउन, कर्णाली । नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलको बैठकले मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारमा सहभागी गराउन चार मन्त्रीको नाम सिफारिस गरेको छ । दलको आज बसेको बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयमा राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रालयमा घनश्याम भण्डारी, ऊर्जा तथा जलस्रोत मन्त्रालयमा विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सुरेश अधिकारीको […]

प्रदेस समाचार मुख्‍य समाचार राजनीति लुम्बिनी

लुम्बिनीका विनाविभागीय मन्त्रीहरुको जिम्मेवारी तोकियो

१८ साउन, लुम्बिनी । लुम्बिनी प्रदेश सरकारमा सहभागी आठ मन्त्रीको विभागीय जिम्मेवारी तोकिएको छ । विनाविभागीयमन्त्रीका रुपमा १० दिनअघि शपथ लिनुभएका मन्त्रीहरुको आज विभागीय जिम्मेवारी तोकिएको हो । लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यसहित एमालेबाट पाँच र कांग्रेसबाट चार मन्त्रीले साउन ९ गते शपथ लिएका गिए । मुख्यमन्त्री चेतनारायण आचार्यले आज […]