१० चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार समाज

अकबरेखेतीबाट वार्षिक १५ लाख आर्जन गर्दै इलामका खड्गबहादुर

२० साउन, फिक्कल (इलाम)। जिल्लाको माङसेबुङ गाउँपालिका–२ का खड्गबहादुर कार्कीलाई घरखर्च टार्न अरुको मुख ताक्नुपरेको छैन । आफ्नै बारीमा गरेको व्यावसायिक अकबरेखेतीबाट घरखर्च चलेको छ । वार्षिक उहाँले रु १५ लाख आर्जन गर्दै आएको छ । मलेसियाको रोजगारीबाट फर्केर दुई वर्षअघि ‘बताहा कृषि तथा नर्सरी फार्म’ दर्ता गरी व्यावसायिक रूपमा अकबरेखेती सुरु गर्नुभएका उद्यमी कार्कीले […]

मुख्‍य समाचार समाचार समाज

एकै वर्षमा स्याउ फलेपछि किसान उत्साहित

२० साउन, ढोरपाटन (बागलुङ) ।  निसीखोला गाउँपालिका–२ अर्नाकोटका स्थानीय व्यावसायिक स्याउखेती गर्न थालेका छन् । समुद्री सतहबाट करिब दुई हजार मिटर उचाइमा रहेको बागलुङ अर्नाकोटमा तीन वर्ष अगाडि परीक्षणका लागि लगाइएको स्याउ फलेपछि व्यावसायिक खेती गर्न थालिएको हो । विसं २०७८ मा गाउँका अगुवा किसानले परीक्षणका लागि स्याउखेती सुरु गरेका थिए । हाल गाउँका धेरै […]

मुख्‍य समाचार समाचार समाज

टिपरको ठक्करबाट मृत्युः आफन्तद्वारा घोराही–तुलसीपुर सडक अवरुद्ध

२० साउन, दाङ । टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घोराही–९ का ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्यु भएको छ । दाङका प्रहरी प्रमुख रामबहादुर केसीका अनुसार शनिबार घोराही–तुलसीपुर सडकअन्तर्गत सौरीकुलामा विपरीत दिशातर्फ आएको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका बस्नेतको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । यसैबीच, मृतकका […]

मुख्‍य समाचार समाचार समाज

स्तनपानकक्ष नहुँदा टीकापुरका नवप्रसूताहरूलाई समस्या

२० साउन, टीकापुर (कैलाली) । स्थानीय वीरमा गुरुङका सासूबुहारी गत शुक्रबार दूधे बालिका लिएर टीकापुरस्थित इलाका प्रशासन कार्यालयमा जानएको थियो, त्यहाँ स्तनपानकक्ष नहुँदा बुहारीले पाँच घण्टासम्म नातिनीलाई दूध खुवाउन नपाएको वीरमाले गुनासो गरे । “काम विशेषले त्यहाँ गएका त्यहाँ थियौँ, सेवाग्राहीको चाप थियो, बच्चालाई दूध चुसाउने ठाउँ पाइएन”, उसले भने, “वरिपरिका खाजा पसलमा पनि भीड […]

मुख्‍य समाचार समाचार समाज

प्युठान–रोल्पाको दुःखः गर्जेनी

२० साउन, स्वर्गद्वारी (प्युठान)। माण्डवी गाउँपालिका–१ गर्जेनीको पहिरोले प्युठान, रोल्पा र गुल्मीका सडकयात्रीले सास्ती भोग्नुपरेको छ । प्युठान र रोल्पाका अधिकांश भाग तथा गुल्मीको मदाने गाउँपालिका क्षेत्रका स्थानीय आवतजावत गर्ने मार्ग पहिरोका कारण पटकपटक अवरुद्ध हुँदै आएको छ । दाङ देउखुरीको भालुवाङ–प्युठानको खलङ्गा, रोल्पाको लिवाङ जोड्ने मुख्य सडक हो । प्युठानी र रोल्पालीका दैनिक जीवनसँग […]

मुख्‍य समाचार समाज

पर्सामा ९० प्रतिशत रोपाइँ सकियो

२० साउन, वीरगञ्ज (पर्सा) । पर्सामा ९० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्रले यो वर्ष पर्याप्त पानी उपलब्ध भएकाले जिल्लामा ९० प्रतिशत रोपाइँ सकिएको जनाएको छ । केन्द्रका प्रमुख कमलदेवप्रसाद कुशवाहाले पर्सामा धानको ब्याड राखेको ठाउँबाहेक अन्य स्थानमा रोपाइँ अन्तिम चरणमा पुगेको बताए । “गत वर्षको तुलनामा जिल्लामा धान रोपाइँ धेरै भएको […]

मुख्‍य समाचार समाचार समाज

कारागारमा क्षमताभन्दा पाँच गुणा बढी कैदीबन्दी

२० साउन, फुङ्लिङ (ताप्लेजुङ) । जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् । करिब २५ जनाको क्षमता भएको कारागारमा पाँच गुणा बढी कैदी राखिएका छन् । जिल्ला कारागार कार्यालयका प्रमुख कुलेन्द्र खवासका अनुसार हाल एक सय २३ कैदी र २२ थुनुवा गरी एक सय ४५ कैदीबन्दीलाई राखिएको छ । कारागारमा ७३ जना जबर्जस्ती करणीका मुद्दा […]

मुख्‍य समाचार समाचार समाज

बाघको आक्रमणबाट घाइते

२० साउन, चितवन । बाघको आक्रमणबाट भरतपुर महानगरपालिका–२ बेलटाडीका ६० वर्षीय पशुपति श्रेष्ठ घाइते भएको छ । प्रातभ्रमणका क्रममा उहाँ बाघको आक्रमणमा परेको हो । भरतपुर महानगरपालिका–१ नारायणी नदी किनारमा हिँडिरहेका बेला उहाँलाई बाघले आक्रमण गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । आक्रमणबाट घाइते श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उहाँको मुख […]

मुख्‍य समाचार समाचार समाज

पर्यावरण संरक्षण गर्न झापामा धमाधम वृक्षारोपण गरिँदै

२० साउन, झापा । झापामा फलफूल, काठ र हरियालीका लागि वृक्षारोपण गर्ने अभियान चलेको छ । जिल्लाका सरकारी निकाय, निजी क्षेत्र र राजनीतिक दलको पहलमा हजारौँ बिरुवा रोपिएका छन् । पर्यावरण संरक्षण गर्न नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को दमक नगरपालिका क्षेत्रमा एक लाख बिरुवा रोप्ने अभियान जारी छ । केन्द्रका प्रदेश कमिटी सदस्य तथा दमक […]

मुख्‍य समाचार समाचार समाज

गण्डकी प्रदेशमा बने २० वटा पुल

२० साउन, म्याग्दी। गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्षमा २० वटा पुल निर्माण गरेको छ । ती पुलबाट बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न सकिने भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ । गत आवमा गोरखा र तनहुँमा आठ, नवलपुर र बागलुङमा छ, म्याग्दी र कास्कीमा चार, लमजुङ र मनाङमा दुईवटा पुल निर्माण […]

मुख्‍य समाचार समाचार समाज

आज छ प्रदेशका केही स्थानमा भारी वर्षा हुने

२० साउन, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रहेको जनाएको छ । साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली […]

मुख्‍य समाचार राजनीति समाचार

नेपालमा संघीयता आउनुमा मधेशको भूमिका निर्णायक छ : डा.डिला संग्रौला

सिरहा । नेपाली कांग्रेसकी नेतृ डा.डिला संग्रौलाले मधेश परिवर्तनको पवित्र भूमि भएको बताएकी छिन् । मुलुकमा हरेक आन्दोलन र परिवर्तनको सुरुवात मधेशबाट सुरु भएको उल्लेख गर्दै उनले राष्ट्रपति मात्र पाएर मधेशले चित्त बुझाउन नहुने बताइन् । नेपाली कांग्रेस सिरहा जिल्ला कार्य समितिले लहानमा गरेको अन्तरक्रियामा बोल्दै डा.संग्रौलाले नेपालमा संघीयता कायम हुनुमा मधेशको भूमिका महत्वपूर्ण रहेको […]