१९ श्रावण २०८३, मंगलवार
मुख्‍य समाचार समाचार समाज

सम्बन्ध विच्छेद गर्छु भन्दा श्रीमतीको हत्या

२७ भाद्र, काठमाडौँ ।  सम्बन्ध विच्छेदको मुद्धालाई लिएर बुधबार कास्कीमा एक जना महिलाको हत्या भएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका-१, कुँवर गाउँ निवासी ४२ वर्षे जहरसिंह कुँवरले श्रीमती ४० वर्षे राधिका कुँवरको खुकुरी प्रहार गरी हत्या गरेका हुन् । उनीहरु हाल पोखरा महानगरपालिका ८ मा बस्दथे । राधिकाको घाँटी र पेटमा चोट लागेको छ । […]

मुख्‍य समाचार समाचार समाज

आज हावाहुरीसहित भारी वर्षाको सम्भावना

२७ भाद्र, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ । जसको प्रभावले हाल देशका पहाडी भू-भाग लगायत कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ। कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको […]

अर्थ मुख्‍य समाचार समाचार समाज

असोज १३ देखि २२ गतेसम्म सफा र सुकिलो नोट साट्न पाइने

२६ भाद्र, काठमाडौँ । नेपाल राष्ट्र बैंकले यसपटकको दसैँलाई लक्षितगरी सर्वसाधारणका लागि आगामी असोज १३ गतेदेखि २२ गतेसम्म सफा तथा सुकिला बैंक नोट सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै बडादसँैमा माग हुने साना दरका नोट सटही गर्न पाउने स्थान र समय तोकेको हो । “नेपाल राष्ट्र बैंकको मुद्रा […]

मुख्‍य समाचार समाचार समाज

‘मिस विभा २०२४’ को ताज प्रेमा लामगाढेलाई

२६ भाद्र, काठमाडौँ । उमङ्ग क्रियशनद्वारा आयोजित ‘मिस विभा २०२४’ को ताज प्रेमा लामगाढेले पहिरेकी छिन् । आज साँझ सम्पन्न फिनालेबाट पाँच प्रतिस्पर्धीलाई पछि पार्दै लामगाढेले ताज पहिरेकी हुन् । मिस विभाका इन्टरनेसनल डाइरेक्टर भूमि पाठकले विजेता प्रेमा लामगाढेलाई ताज पहिराउनुभयो । प्रतियोगिताको निर्णायकमा अनु श्रेष्ठ, अमनप्रताप अधिकारी, सरिता श्री ज्ञवाली, करण वैद्य र ईच्छा कार्की […]

मुख्‍य समाचार राजनीति समाचार

राजीनामा नदिए प्रक्रियाबाट हटाइने,राजधानी नछाड्न सांसदहरुलाई आग्रह

२६ भाद्र, काठमाडौँ । सत्ता गठबन्धन दलहरू नेपाली काँग्रेस र नेकपा एमालेले आफ्ना दलका सांसदहरुलाई राजधानी बाहिर नजान निर्देशन दिएका छन् । अर्कातर्फबाट उपसभामुख इन्दिरा रानाको राजीनामा विषयले सदनमा  सदन बाहिर बहस तातिदै गएको छ ।  नेकपा एमाले सांसदहरू उपसभामुख रानाको राजीनामाको विषय सदनमा उठाएको भोलिपल्ट नै सत्ताको अर्को घटक नेपाली काँग्रेसले पदाधिकारी बैठक बसेर उसभामुखको राजीनामा माग गरेको छ । आज बसेको पार्टी पदाधिकारी र […]

मुख्‍य समाचार समाचार समाज

जापानी इन्सेफ्लाइटिसबाट मृत्यु हुनेको संख्या ९ पुग्यो

२६ भाद्र, काठमाडौँ । यस वर्षको मनसुन सुरु भएयता जापानी इन्सेफ्लाइटिस (जेइ) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार १५ साउन यता जापानी इन्सेफ्लाइटिस सङ्क्रमितको संख्या ५३ पुगेको हो । गत वर्षको तुलनामा यस वर्ष मृत्यु संख्या बढेको देखिएको छ । गत वर्ष जापानी इन्सेफ्लाइटिस […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार

टी-ट्वान्टी विश्वकप एसिया छनोटका लागि खेलाडी छनोट

२६ भाद्र,  काठमाडौँ । आइसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटका लागि पहिलो चरणमा २९ खेलाडी छनोट भएका छन् । नेपाल  क्रिकेट संघ (क्यान)  ले आज सार्वजनिक गरेको प्रेस विज्ञप्ति अनुसार पूजा महतो, सोनी पाख्रिन, ऐली यादव, किरणकुमारी कुँवर, त्रिशना विक, मनिषा उपाध्याय, रिया शर्मा, करिश्मा गुरुङ, पुजा साउद, विपसा शाही, साना प्रविण, प्रतिमा शाह, […]

मुख्‍य समाचार समाचार समाज

दशैंका लागि १८०० खसीबोका र च्याङ्ग्रा ल्याइँदै

२६ भाद्र,  काठमाडौँ । सरकाले दशैंका लागि १ हजार ८०० वटा खसीबोका र च्याङ्ग्रा राजधानीमा ल्याउने तयारी गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो दशैंका लागि १ हजार ५०० वटा खसीबोका र  ३०० वटा च्याङ्ग्रा ल्याउने भएको हो । उक्त  खसीबोका तथा च्याङ्ग्रा घटस्थापनाको अघिल्लो दिनसम्म ल्याइसक्ने र सोही दिनदेखि बिक्री थाल्ने गरी […]

खेलकुद मुख्‍य समाचार समाचार

राखेपद्वारा एरिका र पलेशासहित १८ खेलकर्मी सम्मानित

२६ भाद्र,  काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले एसियन गेम्समा रजत पदक विजेता करातेकी एरिका गुरुङ र टेबलटेनिसका स्यान्टु श्रेष्ठ गरी कुल पाँच खेलाडीसहित १८ खेलकर्मीलाई सम्मान गरेको छ । भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको सभामण्डपमा बुधवार राखेपले आफ्नो ६१ औँ वार्षिकोत्सवका अवसरमा सिनियर महिलामा एरिका र पुरुषमा स्यान्टुलाई सम्मान गरेको हो । दुवै समान एक […]

मुख्‍य समाचार राजनीति समाचार

कोशीका पूर्वमुख्यमन्त्री कार्कीले तोडे अनशन

२६ भाद्र, विराटनगर । आमरण अनशनमा बसेका कोशीका पूर्व मुख्यमन्त्री केदार कार्कीले अनशन तोडेका छन् । नेपाली काँग्रेस कोशी प्रदेश सभापति तथा संसदीय दलका नेता उद्धव थापा, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला लगायतका नेताहरूको पहलमा उनले अनशन तोडेका हुन् । थापा र कोइरालासँग पूर्व मुख्यमन्त्रीका मागका विषयमा प्रदेश सरकारका मुख्यमन्त्री हिक्तम कार्कीले छलफल गरेका थिए । […]

मुख्‍य समाचार समाचार समाज

अष्ट्रेलियाको सिड्नीमा मृत अवस्थामा भेटिईन् नेपाली यूवती

२६ भाद्र, काठमाडौं । अस्ट्रेलियाको सिड्नीस्थित सेन्ट्रल क्षेत्रमा रहेको एक पार्कमा नेपाली युवती मृत अवस्थामा फेला परेकी छिन्। गएराति प्रहरीले उनीमाथि अनुसन्धान गर्दा सेन्ट्रल पार्कमा उनको मृत शरीर फेला परेको हो। अस्ट्रेलियास्थित नेपाली दूतावासले समेत घटनाको पुष्टि गरेको छ। कार्यवाहक राजदूत कुलराज मगरले युवतीको मृत्युको बारेमा जानकारी आएको बताए। त्यस्तै, एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले […]

मुख्‍य समाचार राजनीति समाचार

सुदूरपश्चिमको विकासका लागि लागिपर्ने छु : परराष्ट्रमन्त्री देउवा

२६ भाद्र, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सुदूरपश्चिम क्षेत्रको विकासका लागि आफू सधैं लागिपर्ने बताएकी छन् । सुदूरपश्चिमाञ्चल सरोकार मञ्च, नेपालका पदाधिकारी एवं सदस्य सम्मिलित प्रतिनिधिमण्डलसँग कुराकानी गर्दै उनले आफू विगत लामो समयदेखि सो क्षेत्रका नागरिकको स्वास्थ्य, महिला अधिकार, प्रजनन स्वास्थ्य तथा सुरक्षित मातृत्वलगायतका क्षेत्रमा काम गर्दै आएको बताइन । उनले यस क्षेत्रको […]