५ कार्तिक २०८३, बुधबार
समाचार समाज

जुम्लाको सिञ्जा गाउँपालिकामा ९६ प्रतिशत साक्षर

४ असाेज, जुम्ला । जुम्लाको सिञ्जा गाउँपालिकाका ९६ दशमलव दुई प्रतिशत जनता साक्षर भएका छन् । पालिकामा बसोबास गर्ने अधिकांश जनता साक्षर भएसँगै शिक्षा दिवसका अवसरमा पालिकालाई साक्षर घोषणा गरिएको छ । साक्षरताका १२ वटा सूचकमध्ये हस्ताक्षर गर्न सक्ने, मोबाइल चलाउन सक्ने, समय हेर्न र भन्न सक्ने, सामान्य लेखपढ गर्न सक्ने, एकदेखि १० सम्म अङ्क […]

मुख्‍य समाचार राजनीति समाचार

प्रधानमन्त्री ओली आज अमेरिका प्रस्थान गर्दै

४ असाेज, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज अमेरिका प्रस्थान गर्दै छन् । अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओली त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् । उनले असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । महासभाको यस […]

समाचार समाज

देशभर मनसुनी वायुको प्रभाव कायम

४ असाेज, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको बताएको छ । कोशी र बागमती प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही केही स्थानमा हल्का वर्षा भइरहेको छ भने बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया […]

समाचार समाज

काठमाडौँवासीलाई घटस्थापना अघि मेलम्चीको पानी

३ असोज, काठमाडौँ । काठमाडौँवासीले दसैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने भएका छन् । काठमाडौँमा मेलम्चीको पानी पथान्तरणका लागि अहिले सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । दसैँ अगाडि नै मेलम्चीको पानी उपलब्ध गराउन खानेपानीमन्त्री प्रदीप यादवले निर्देशन दिएका छन् । सोही अनुसार अहिले मेलम्ची खानेपानी विकास समितिले काम गरिरहेको छ । मेलम्ची खानेपानी […]

मुख्‍य समाचार समाचार

खाद्य सुरक्षासम्बन्धी मौलिक हक कार्यान्वयनका लागि सुपथ मूल्य पसल : मन्त्री भण्डारी

३ असोज, काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले संविधानमा खाद्यसुरक्षा र सम्प्रभुता मौलिक हकका रूपमा राखिएकाले त्यसको कार्यान्वयनमा सरकार लागेको बताएका छन् । विजयादशमी, नेपाल संवत्, शुभ दीपावली र छठलगायत चाड पर्वका अवसरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथलीस्थित प्राङ्गणमा सुरु भएको सुपथ मूल्य पसल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले संविधानमा गरिएका व्यवस्था […]

मुख्‍य समाचार राजनीति समाचार

राष्ट्रपति पौडेलद्वारा रात्रिभोज आयोजना

३ असोज, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा रात्रिभोज आयोजना गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित भोज तथा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई उपस्थित छन् । मन्त्रीहरू, विदेशी राजदूतलगायतको पनि सहभागिता छ । विशिष्ट अतिथिहरूमाझ विभिन्न […]

मुख्‍य समाचार समाचार समाज

आइतबारसम्मका लागि बुक भयो धरहराको टिकट

३ असोज, काठमाडौँ । आजदेखि सर्वसाधारणका लागि खुला गरिएको धरहराको टिकट आइतबारसम्मका लागि बुक भएको छ । सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुख कोषनाथ अधिकारीले धरहरा चढ्नका लागि आइतबारसम्मका लागि टिकट बुक भइसकेको जानकारी दिए । सरकारले संविधान दिवसका अवसरमा आजदेखि धरहरा अस्थायी रूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । एकाइका […]

मुख्‍य समाचार समाचार समाज

एक करोड बढी मूल्यको अवैध कपडा सहित दुई भारतीय पक्राउ

३ असोज, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाबाट भन्सार छली ल्याएको एक करोड बढी मूल्यको अवैध लत्ताकपडा सहित भारतीय नागरिक पक्राउ परेका छन् । मकवानपुर प्रहरीले बुधवार १५ नम्बर वडाको रातोमाटेबाट अवैध कपडा नियन्त्रणमा लिएको थियो । रातोमाटे भारतीय सीमावर्ती बजार रक्सौलसँग जोडिएको बीरगञ्जबाट हेटौँडा प्रवेश गर्ने प्रमुख नाका हो । पूर्व-पश्चिम राजमार्ग हुँदै सुनसरीबाट हेटौँडादेखि काठमाडौँसम्म लैजान […]

मुख्‍य समाचार समाचार

बागमती सरकारले पलेशालाई दियो १० लाख, एरिकालाई ५ लाख

३ असोज, काठमाडौँ । पेरिस पारालिम्पिक्समा ऐतिहासिक कांस्य विजेता पलेशा गोवर्द्धन र एसियाली खेलकुदमा रजत विजेता एरिका गुरुङलाई बागमती प्रदेश सरकारले नगदसहित सम्मान गरेको छ । हेटौँडामा आयोजित कार्यक्रममा नेपालको लागि अहिलेसम्मकै ठूलो पदक विजेता पलेशालाई नगद १० लाख प्रदान गरी सम्मान गरिएको हो । प्रशिक्षक कविराज नेगी लामालाई २ लाख प्रदान गरिएको छ । […]

मुख्‍य समाचार समाचार समाज

‘दलितलाई खै’ भन्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन

३ असोज, काठमाडौँ । असोज ३ गते बिहीबार देशभर संविधान दिवसका अवसरमा विभिन्न कार्यक्रम तथा खुसीयाली मनाइरहँदा राजधानी काठमाडौँको माइतिघरदेखि नयाँ बानेश्वरसम्म भने ‘दलितलाई खै’ भन्दै प्रदर्शन भएको छ । संविधानले दलित समुदायको अधिकारका लागि विभिन्न हक र अधिकारको व्यवस्था गरे पनि सरकारले त्यसको कार्यान्वयन नगरेको भन्दै ‘दलितका लागि दलित अभियान नेपाल’को अगुवाइमा माइतीघरदेखि नयाँ बानेश्वरसम्म […]

मुख्‍य समाचार राजनीति समाचार

संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री ओली सहभागी

३ असोज, काठमाडौँ । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना गरिएको ‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका छन् । उनीसँगै कार्यक्रममा सरकारका अन्य मन्त्रीहरू पनि सहभागी भए । कन्सर्टमा प्रधानमन्त्री ओलीले राष्ट्रिय झण्डा हल्लाएर सहभागीहरूसँग संविधान दिवसको खुसी साटे । प्रधानमन्त्री ओलीले संविधान एवं राष्ट्रिय दिवसको सबैमा शुभकामना दिए । नागरिक र […]

खेलकुद समाचार

एसिया कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने क्रिकेटर खड्का गृहजिल्ला बझाङमा सम्मानित

३ असोज, बझाङ । एसिया कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने क्रिकेटर सम्झना खड्कालाई गृहजिल्लामा सम्मान गरिएको छ । बझाङको जयपृथ्वी नगरपालिका–९, की स्थानीय खड्कालाई बझाङ क्रिकेट संघले सम्मान गरेको हो । संघको साधारणसभामा जयपृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजाल र बझाङ क्रिकेट संघका अध्यक्ष प्रविन्द्र धामीले प्रमाणपत्र र क्रिकेट किटसहित सम्मान गरेका हुन् । महिला […]