५ कार्तिक २०८३, बुधबार
समाचार समाज

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

४ असोज, काठमाडौँ । यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।२०८१ सालको दशैं असोज १७ गतेदेखि सुरु हुन्छ । असोज १७ गते घटस्थापना हो । बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज जारी गरेको सूचनामा […]

खेलकुद समाचार समाज

एन्फा महिला लिगमा एपिएफ विजयी

४ असोज, काठमाडौँ । एन्फा महिला लिगमा एपिएफ विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा रश्मिकुमार घिसिङको ह्याट्रिकसहित एपिएफले कोसी प्रदेशमाथि ८(० को जित निकाल्यो । प्रतियोगितामा यो एपिएफको छैटौँ जित हो । पहिलो खेलमा भने एपिएफले विभागीय टोली नेपाल पुलिस क्लबसँग गोलरहित बराबरी खेलेको थियो । जारी प्रतियोगितामा सात खेलपछि […]

समाचार समाज

धादिङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

४ असोज, काठमाडौँ । शुक्रबार धादिङमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँझ ५ बजेर १६ मिनेटमा धादिङको चैनपुर आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस गरिएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए । ३.८ म्याग्निच्युडको भूकम्पको धक्का आसपासको क्षेत्रमा सामान्य महसुस भएको थियो ।

समाचार समाज

चाडपर्वको समय अस्वस्थ गतिविधि नियन्त्रण गर्न केन्द्रीय अनुगमन समितिको निर्देशन

४ असोज, काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार सम्पन्न केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको बैठकले चाडपर्वको समयमा हुन सक्ने कृत्रिम अभाव, कालोबजारी र मिसावट जस्ता अस्वस्थ गतिविधिहरूलाई नियन्त्रण गर्न कडा निर्देशन दिएको छ। मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा बसेको बैठकले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र प्रमुख जिल्ला अधिकारीहरूलाई स्थानीय स्तरमा अनुगमन र समन्वय गर्न […]

मुख्‍य समाचार समाचार समाज

घटस्थापना अघि नागढुंगा-मुग्लिन सडक मर्मत गरिसक्ने सहमति

४ असोज, काठमाडौँ । नागढुंगा-नौबिसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन तीन वटै तहका सरकार र निर्माण व्यवसायीबीच ६ बुँदे सहमति भएको छ । शुक्रबार भौतिक पूर्वाधार तथा  यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलमा उक्त सहमति भएको हो । आयोजनामा देखिएका समस्या समाधान गरी निर्माणलाई गति दिन तीनै तहका सरकार, निर्माण व्यवसायी तथा सम्बद्ध पक्षबीच सहमति भएको हो । […]

समाचार समाज

डोटीमा भिरबाट लडेर एक महिलाको मृत्यु

४ असोज, डोटी । डोटीमा भीरबाट लडेर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । जिल्लाको जोरायल गाउँपालिका-४ नक्कुकी ३४ बर्सिया रोहिता बोहराको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । शुक्रवार दिउँसो साढे १२ बजेतिर जोरायल गाउँपालिका वडा नम्बर ४ स्थित पत्थरखानी भिरबाट लडेर घाइते भएकी बोहराको उपचारका क्रममा निसर्ग अस्पताल धनगढीमा […]

अन्तर्राष्ट्रिय समाचार समाज

ईपीएसको उत्पादनमुलक तर्फको सीप परीक्षणमा ८ हजार जना पास

४ असोज, काठमाडौँ । वैदेशिक रोजगार विभाग अन्तरगतको ईपीएस कोरिया शाखाले उत्पादनमूलकतर्फको कोरियन भाषा (ईपीएस टोपिक २०२३ यूबीटी)को स्किल (सीप) र कम्पिटेन्सी (प्रतिस्पर्धी क्षमता) टेस्टको नतिजा सार्वजनिक गरेको छ । यो परीक्षामा ८ हजार १५१ जना परीक्षार्थी पास भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय कोरियाको श्रम तथा रोजगार मन्त्रालयबीच भएको भएको समझदारीअनुरूप रोजगार […]

समाचार समाज

कञ्चनपुरमा पानीमा डुबेर एक जनाको मृत्यु

४ असोज, कञ्चनपुर । कञ्चनपुरमा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका–४ पिपलाडीका ३६ वर्षीय राजकुमार डगौराको पानीमा डुबेर मृत्यु भएको हो । उनको शुक्लाफाँटा–११ दीपनगरमा सडकको नालीमा जम्मा भएको पानीमा डुबेर मृत्यु भएको प्रहरीले बताएको छ । माछा मार्ने क्रममा बुधबार बिहान डुबेर अशक्त भएका उनको भारतको भोजपुरास्थित अस्पतालमा थप उपचारको क्रममा […]

समाचार समाज

होटेलमा एक जना मृत फेला

४ असोज, कैलाली। कैलालीको अत्तरियामा होटेलभित्र एक जना मृत फेला परेका छन् । गोदावरी नगरपालिका-२ रिङरोडस्थित बैतडी–पुर्चौडी होटेलमा डडेल्धुराको पर्शुराम नगरपालिका–२ घर भएका ७२ वर्षीय काशीसिंह बोहरा शुक्रबार मृत फेला परेका हुन् । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

खेलकुद मुख्‍य समाचार समाचार समाज

भारतविरुद्ध बंगलादेश टेस्ट : रोहित र विराट असफल, एकै दिनमा १७ विकेटको पतन

४ असोज, काठमाडौं । भारतका दुई प्रमुख ब्याटर रोहित शर्मा र विराट कोहली बंगलादेशविरुद्ध पहिलो टेस्ट खेलमा रन बनाउन असफल बनेका छन् । दोस्रो दिनको खेल सकिँदा घरेलु टोली भारत दोस्रो इनिङमा ८१–३ को अवस्थामा छ । पहिलो इनिङमै २२७ रनले अघि भएको भारतले समग्रमा ३०८ रनको अग्रता लिएकोछ । पहिलो इनिङमा ६ रनमा आउट […]

मनोरन्जन मुख्‍य समाचार राजनीति समाचार समाज

कला, साहित्यले समाजलाई सभ्य बनाउँछ : मन्त्री भण्डारी

४ असोज, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मौलिक कला संस्कृतिहरुले समाजलाई सभ्य बनाउने बताएका छन् । उपमा सञ्चार समूहले काठमाडौंमा आयोजना गरेको श्रष्ठा सम्मान कार्यक्रममा बोल्दै उनले कलाकारहरुका राम्रा श्रृजनाले समाजलाई सहि बाटोमा डोहोर्याउन मदत पुर्याएको बताएका हुन् । उनले भने, ‘कलाकारका श्रृजनाहरुलाई सबैले मन पराउँछन् । तपाईहरुका कयौं प्रतिभाहरु उच्च प्रशंसा […]

मुख्‍य समाचार समाचार समाज

संयुक्त अभ्यासको लागि नेपाली सेनाको टोली चीन प्रस्थान

४ असोज, काठमाडौं ।  संयुक्त अभ्यासको लागि नेपाली सेनाको टोली चीन प्रस्थान गरेको छ । नेपाली सेनाले विपद् व्यवस्थापन, मानवीय सहयोग, संयुक्त राष्ट्र संघीय शान्ति मिसन लगायतका विषयहरूमा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले चीन प्रस्थान गरेको हो । नेपाली सेनाले विभिन्न देशका सेनासँग द्विपक्षीय तथा बहुपक्षीय अभ्यास एवं विभिन्न प्रकारका पेसागत प्रतियोगिताहरूमा सहभागिता जनाउँदै आइरहेको छ […]