११ चैत्र २०८२, बुधबार
मुख्‍य समाचार विचार समाचार

राजनीतिक परिवर्तनको संवाहक माओवादी केन्द्र हो : नेता बस्नेत

२३ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बहादुर बस्नेतले राजनीतिक परिवर्तनको संवाहक माओवादी केन्द्र भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र हुम्लाको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले माओवादी केन्द्रले सबै जनतालाई उर्जा, चेतना र विश्वास दिएर सबै भौतिक  तागतलाई बद्लेर यो देशमा राजनीतिक परिवर्तन लिएको बताएका हुन् । उनले  भने, ‘नेकपा माओवादी […]

मुख्‍य समाचार राजनीति समाचार

प्रधानमन्त्री र युरोपियन युनियनका राजदूतबीच भेटवार्ता

२३ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले आज शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको उक्त भेटमा प्रधानमन्त्री ओलीले नेपालको आर्थिक तथा सामाजिक विकासमा युरोपियन युनियनको सहयोगप्रति प्रशंसा गर्दै शान्ति प्रक्रियाको बाँकी कामका रुपमा रहेको सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई राजनीतिक सहमतिका आधारमा टुङ्गो लगाउन […]

अर्थ मुख्‍य समाचार समाचार

विचारः शेयर बजारको उत्साह कायम रहला ?

२३ साउन (रासस), काठमाडौँ । शेयर बजारमा केही वर्ष अघिसम्म ८० प्रतिशतभन्दा ज्यादा हिस्सा बैङ्क–वित्तीय संस्था र इन्स्योरेन्स कम्पनीहरुले ओगटेको थिए । बैङ्क–इन्स्योरेन्स जस्तो मुद्राको मात्रै कारोबार गर्ने सेवामूलक क्षेत्रको शेयर बजारमा अहिले हिस्सा घटेर ६३.८ प्रतिशतमा झरेको नेपाल स्टक एक्चेन्जको (नेप्से) तथ्याङ्क छ । खासगरी शेयर बजारमा जलविद्युत् कम्पनीहरुको उपस्थिति बढिरहँदा बैङ्कहरुको हिस्सा घटेको […]

मुख्‍य समाचार समाचार समाज

धादिङमा सञ्चालित अधिकांश एम्बुलेन्स मापदण्ड विपरीत

२३ साउन, मलेखु (धादिङ) । जिल्लाका अधिकांश एम्बुलेन्स सरकारले निर्धारण गरेको मापदण्ड पूरा नगरी सञ्चालन भइरहेका छन् । विभिन्न संस्थाबाट जिल्लामा ६८ एम्बुलेन्सले सञ्चालन अनुमति लिएकामा दुईवटाले मात्रै वर्गअनुसार मापदण्ड पूरा गरेका छन् । बिग्रिएर थन्किएका बाहेक अन्य ५२ वटा एम्बुलेन्सले मापदण्ड पूरा नगरेको पाइएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । एम्बुलेन्समा साइरन हुनुपर्ने, रातो […]

मुख्‍य समाचार समाचार समाज

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

२३ साउन, जुम्ला । पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । अविरल वर्षासँगै आएको पहिरोले कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगनेखोला, एसमोड र कालेखोलामा क्षति पुर्‍याएपछि राजमार्ग अवरुद्ध भएको हो । शुभकालिका–१ स्थित गगनेखोला, एसमोड, कालेखोलालगायत विभिन्न स्थानमा सानाठूला पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए । आज […]

पर्यटन मुख्‍य समाचार समाचार

चार सय वर्ष पुरानो रक्तकाली मन्दिरको जिर्णोद्धार सम्पन्न

२३ साउन, भक्तपुर । मध्यपुरथिमि नगरपालिका‐५ कमेरोटारमा चार सय वर्ष पुरानो रक्तकालीको मन्दिरको जीर्णोद्धार सम्पन्न भएको छ । कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र पर्ने उक्त मन्दिरको जीर्णोद्धारका लागि आयोजनाको रु ४९ लाख र स्थानीय उपभोक्ता समितिको रु दुई लाख गरी कूल रु ५१ लाखमा निर्माण सम्पन्न भएको रक्तकाली पुनःनिर्माण समितिका अध्यक्ष मधु वनले बताए । विगत […]

मुख्‍य समाचार समाचार समाज

गण्डकीमा ९६ प्रतिशत रोपाइँ

२३ साउन, गण्डकी । गण्डकी प्रदेशको अधिकांश क्षेत्रमा रोपाइँ सकिएको छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्ममा ९६ प्रतिशतभन्दा बढी रोपाइँ भइसकेको छ । सबैभन्दा बढी पर्वतमा ९९ प्रतिशत र सबैभन्दा कम गोरखामा ८७ दशमलव २८ प्रतिशत रोपाइँ भएको निर्देशनालयका कृषि अधिकृत रञ्जना पोखरेलले जानकारी दिए । कास्कीमा ९८ दशमलव ५०, म्याग्दीमा ९८ दशमलव […]

मुख्‍य समाचार समाचार समाज

विपदमा मृत्यु भएका परिवारलाई तीन करोड ४० लाख रकम भुक्तानी

२३ साउन, भेरीगङ्गा (सुर्खेत) । कर्णाली प्रदेश सरकारले विभिन्न विपद्का घटनामा मृत्यु भएका व्यक्तिका परिवारका लागि राष्ट्रिय बीमा कम्पनीमार्फत रु तीन करोड ४० लाख रकम उपलब्ध गराएको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गत आर्थिक वर्ष २०८०÷८१ को साउनदेखि असारसम्म भूकम्प, बाढी–पहिरो, चट्याङ, आगलागीजस्ता विभिन्न विपद्बाट मृत्यु भएका परिवारका एक सय ७१ […]

मुख्‍य समाचार समाचार समाज

मन्दिर पुनःनिर्माण गर्न ‘हरेलो मेला’

२३ साउन, बलेवा (बागलुङ) । बलेवा कालभैरव मन्दिरको पुनःनिर्माण, प्रचारप्रसार, संरक्षण र प्रवर्द्धन गर्न ‘हरेलो मेला’ लाग्ने भएको छ । बागलुङ नगरपालिका–१२ अमलाचौरस्थित काल भैरवको मन्दिर परिसरमा हागामी भदौको पहिलो मङ्गलबार हरेलो मेला लाग्ने भएको हो । यसअघिका वर्षमा ऐतिहासिक मेलालाई निरन्तरता मात्रै दिइएका यस वर्ष मेलाबाट सङ्कलन भएको रकम वर्षौँ पुरानो मन्दिरको पुनःनिर्माणका योजना […]

मुख्‍य समाचार समाचार

सङ्क्रमणकालीन न्यायसम्बन्धी कार्यदलद्वारा शीर्ष नेतालाई प्रतिवेदन हस्तान्तरण

२३ साउन, काठमाडौँ । सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउने विषयमा कार्यदल तहमा भएको समझदारीको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन राजनीतिक दलका शीर्षनेतासमक्ष हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज प्रधानमन्त्री एवं नेकपा ९एमाले० का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री […]

मुख्‍य समाचार राजनीति समाचार समाज

टीआरसीमा सहमतिसहितको प्रतिवेदन नयाँ सरकारको राम्रो सुरुवात होः अध्यक्ष दाहाल

२२ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहजीकरणका लागि गठित राजनीतिक दलको कार्यदलले तयार पारेको सहमतिसहितको प्रतिवेदन तयार हुनु नयाँ सरकारको राम्रो सुरुवात भएको बताएका छन् । बुधबार प्रधानमन्त्री कार्यलयमा भएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी)मा प्रतिवेदन बुझाउने क्रममा उनले यसलाई एउटा राम्रो काम भन्ने ठानेको भन्दै सरकारलाई धन्यवाद दिएका […]

मुख्‍य समाचार राजनीति समाचार समाज

‘टिआरसीसम्बन्धि विधेयक संसद्को यसै अधिवेशनबाट पारित गर्छौं’

२२ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिप्रक्रियालाई कानुनी आधार दिन कुनै अन्योल र द्धुविधा नभएकाले संसद्को यसै अधिवेशनबाट सर्वसम्मतिका साथ विधेयक पारित गराउने प्रतिबद्धता जनाएका छन् । बुधबार प्रधानमन्त्री कार्यलयमा सहमतिको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा उनले  शान्ति प्रक्रियाको अन्तिम किस्ताका रुपमा यो सहमतिको प्रतिवेदन प्राप्त भएकाले अब कानुनी आधार दिन कुनै अन्योल र द्धुविधा […]