१९ श्रावण २०८३, मंगलवार
मुख्‍य समाचार राजनीति समाचार

समायोजन जटिलता देखिएका स्वास्थ्य कर्मचारीको व्यवस्थापन कार्यविधि स्वीकृत

२७ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजनका क्रममा जटिलता देखिएका स्वास्थ्यकर्मीको समायोजनका लागि नीतिगत निर्णय गरेको छ । यसअनुसार फाजिल वा दरबन्दी नभएको तहमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई उनीहरुकै मागबमोजिम समायोजन संसोधन हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दरबन्दी नभएका तहमा कार्यरत स्वास्थ्यकर्मीहरुको समस्या समाधानका लागि चालु आर्थिक वर्षभित्र एक पटकका लागि त्यस्तो […]

मुख्‍य समाचार राजनीति समाचार

राजन भट्टराईको निर्देशन : मोजमस्ती र रमाइलो गर्नेहरु नेतृत्वमा नबस्नुस्

२७ भदौ, काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य डा.राजन भट्टराईले सरकारबारे भइरहेको गलत प्रचारको खण्डनमा उत्रन पार्टी पंक्तिलाई निर्देशन दिएका छन् । बागमती प्रदेश इन्चार्ज रहेका भट्टराईले सिन्धुली एमालेको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै सरकारको रक्षार्थ उभिन पार्टी पंक्तिलाई निर्देशन दिएका हुन् । ‘सरकारमा रहँदा केही नगर्ने र सरकारबाट बाहिरिनासाथ विभिन्न खालका गलत प्रचार […]

मुख्‍य समाचार समाचार समाज

वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी

२७ भदौ, काठमाडौं । वसन्तपुर दरबार स्क्वायरमा इन्द्रजात्राको तयारी भइरहेको छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो जात्राका लागि रथ निर्माण, सरसफाइ लगायतका काम भइरहेको छ । दरबार स्क्वायर परिसरमा रहेका काष्ठमण्डप, कुमारी घर, शिवपार्वती मन्दिर लगायत सम्पदामा रङरोगन गर्ने र रातो ध्वजा फेर्ने काम भइरहेको छ । नेवारी समुदायले मनाउने यो […]

मुख्‍य समाचार समाचार समाज

भाषा परीक्षा पास गरेकाहरुलाई छिटो कोरिया पठाइदिन माग

२७ भदौ, काठमाडौं । कोरियामा पानीजहाज निर्माण क्षेत्र (सिप बिल्डिङ) को लागि भाषा परीक्षा पास भएका नेपालीले आफूहरुलाई छिटो पठाइदिन माग गरेका छन् । ईपीएस कोरिया शाखादेखि वैदेशिक रोजगार विभागसम्म पुगेर उनीहरुले दुई वर्षभित्र उत्तीर्ण सबैले जान पाउने गरी व्यवस्था गर्न माग गरेका छन् । सन् २०२३ मा पानीजहाज निर्माण क्षेत्रमा जान करिब चार हजार […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

नेपालजस्ता गरिब देशले विश्व व्यापारबाट किन लाभ लिन सकेनन् ?

२७ भदौ, जेनेभा । विश्व व्यापार संगठन (डब्लूटीओ) ३० वर्ष पुगेको अवसरमा स्विट्जरल्यान्डको जेनेभामा ‘डब्लूटीओ पब्लिक फोरम-२०२४’ जारी छ । जहाँ डब्लूटीओले हासिल गरेका उपलब्धि तथा कमजोरीका विषयमा गरमागरम बहस चलिहेका छन् । कतिपयले डब्लूटीओको औचित्य समाप्त भइसकेको घोषणा गरेका छन् भने कतिपयले भने यसको सान्दर्भिकता अझै रहेको र यसलाई बलियो बनाउनुपर्ने धारणा राखेका छन् […]

मुख्‍य समाचार राजनीति समाचार

धरौटी बुझाउन नसक्नेलाई ६ महिनाभन्दा बढी नथुन्‍नू

२७ भदौ, काठमाडौं । सर्वोच्च अदालतले जरिवाना बापतको धरौटी बुझाउन नसकेर थुनामा रहेकाहरुलाई ६ महिनाभन्दा बढी कैदमा नराख्नू भनी फैसला गरेको छ । बैंकिङ कसुरको मुद्दामा कैद अवधि भुक्तान गरेर जरिवाना बुझाउन नसकेका कारण थुनामा रहेका एक व्यक्तिको मुद्दाको व्याख्याका क्रममा सर्वोच्च अदालतले त्यस्ता मुद्दा ६ महिनाभित्र फैसला हुन नसके उनीहरुलाई थुनामुक्त गर्नु भनी आदेश […]

मुख्‍य समाचार राजनीति समाचार

गृहमन्त्रीलाई प्रहरीको ब्रिफिङ : रविकै कारण जीबी ल्याउन गाह्रो भयो

२७ भदौ, काठमाडौं । मलेसिया पुगेर फर्किएको प्रहरी टोलीले गृहमन्त्री रमेश लेखकसामु सहकारी ठगी प्रकरणका आरोपी जीबी राईलाई नेपाल ल्याउन नसक्नुको कारण ब्रिफिङ गरेको छ । मन्त्रालय उच्च स्रोतका अनुसार, केही दिनअघि भएको ब्रिफिङमा प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरसहित मलेसिया गएका प्रहरी उपरीक्षक (एसपी) सहितका अधिकारी सहभागी थिए । त्यसक्रममा प्रहरीले राईलाई फिर्ता ल्याउन पूर्वगृहमन्त्री […]

मुख्‍य समाचार राजनीति समाचार समाज

स्पेन र श्रीलंकाका प्रस्तावित राजदूतका यस्ता छन् प्रतिवद्धता

२७ भदौ, काठमाडौं । संसदीय सुनुवाइ समितिले स्पेन, श्रीलंकालगायतका देशका लागि प्रस्तावित राजदूतहरुको सुनुवाई सकिएको छ । बिहीबार सिंहदरबारमा बसेको समिति बैठकले स्पेनका लागि प्रस्तावित राजदूत शनिल नेपाल, श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईलगायतका प्रस्तावित राजदूतको सुनुवाई गरेको हो  । सुनुवाईका क्रममा स्पेनका लागि प्रस्तावित राजदूत शनिल नेपालले दुईदेशको उच्चस्तरीय राजनीतिक भ्रमणका लागि पहल गर्ने […]

मुख्‍य समाचार राजनीति समाचार

साल्ट ट्रेडिङ्गलाई अझ व्यवसायिक र उन्नत बनाउनुपर्छ : मन्त्री भण्डारी

२७ भदौ, काठमाडौं । उद्योग तथा वाणिज्य आपूर्तिमन्त्री दामोदर भण्डारीले साल्ट ट्रेडिङ्गलाई अझ व्यवसायिक र उन्नत बनाउन आवश्यक रहेको बताएका छन् । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको ६२ औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले साल्ट ट्रेडिङ्गलाई अझ व्यवसायिक र उन्नत बनाउन आवश्यक रहेको भन्दै कतिपय मिसावट खाद्य वस्तुहरु पनि बजारमा रहेका भन्दै मन्त्रालयले त्यसको नियमन अनुगमन गरिरहेको […]

मुख्‍य समाचार राजनीति समाचार समाज स्वास्थ्य

मानव स्वास्थ्यसँग सम्बन्धित विषयमा नीतिगत समन्वय जरुरी

२७ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मानव स्वास्थ्यसँग सम्बन्धित विषयमा नीतिगत समन्वय गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार मन्त्रालयमा बसेको राष्ट्रिय जनस्वास्थ्य समितिको बैठकमा बोल्दै मन्त्री पौडेलले सबै पक्षबीच नीतिगत समन्वय प्रभावकारी रुपले कार्यान्वयन नभएको कारण सरकारले नागरिकप्रति निर्वाह गर्नुपर्ने दायित्व प्रभावकारी ढंगले निर्वाह नभएको बताए । उनले भने, ‘स्वास्थ्य मन्त्रालय […]

मुख्‍य समाचार राजनीति समाचार समाज

विश्वस्तरको प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति तयार गर्नुहोला : प्रधानमन्त्री

२७ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वस्तरको प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति तयार गर्न राजर्षिजनक विश्वविद्यालयलाई आग्रह गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा विहीबार भएको विश्वविद्यालयको आठौँ साधारणसभा बैठकमा प्रधानमन्त्री एवं कुलपति ओलीले सक्षम जनशक्ति तयारीका लागि देखिएका समस्याको समाधानका लागि संयुक्तरुपमा प्रयास केन्द्रित गर्नुपर्नेमा जोड दिएका हुन् । प्रधानमन्त्री ओलीले गौरवपूर्ण इतिहास र […]

मुख्‍य समाचार समाचार समाज

हज यात्रा जानेहरुका लागि सरकारले विशेष सुविधा उपलब्ध गराउने

२७ भदौ, काठमाडौं । नेपाल हज समितिका अध्यक्ष इश्रा मुल्ला मियाँले हज(तिर्थाटन) यात्रामा जानेहरुका लागि सहजीकरण गरिरहेको जनाएका छन् । यात्रा गर्ने सबैका लागि ओहोर दोहोर प्लेनको सुविधा हुने बताएका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष मियाँले होटेलदेखी मक्का मस्जिदसम्म गाडीको व्यवस्था समेत गरिने बताएका हुन् । उनले  भने, ‘हज यात्रा गर्ने यात्रुका […]