११ चैत्र २०८२, बुधबार
मुख्‍य समाचार समाज

म्याग्दीका ग्रामीण भेगमा बिजुलीको उज्यालो

२४ साउन, म्याग्दी । मालिका गाउँपालिका–१ निस्कोटका तीनवटा बस्तीका एक सय ३४ घर विद्युतीकरण भएका छन् । पालिकाका साङबोट, खहरे, बतासे, घोर्सी, छिस, रिठेचौर र कोदालीवाङमा केन्द्रीय प्रसारण लाइनबाट बिजुली आपूर्ति भएको हो । मालिका गाउँपालिका–१ निस्कोटका वडाध्यक्ष टङ्कप्रसाद पुनले काम थालेको छ वर्षपछि वत्ती बालिएको बताए । उसले भने, “घोर्सी, छिसका ५७, साङबोट, खहरे, […]

मुख्‍य समाचार राजनीति समाचार समाज

हवाई सुरक्षाका लागि पूर्वाधार निर्माणमा सरकार गम्भीर हुनुपर्ने

२४ साउन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको हवाई सुरक्षाका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकार गम्भीर बन्नुपर्ने बताएको छ । अध्यक्ष नेपालले बुधबार राति एक विज्ञप्ति जारी गर्दै “देशमा पछिल्लो समय हिमाली दृश्यावलोकन, ढुवानी र उद्धारका लागि हेलिकप्टरको प्रयोग बढ्दो छ, तर उच्च पहाडी भूभागको मौसम पूर्वानुमानका लागि पर्याप्त पूर्वाधार […]

मुख्‍य समाचार समाचार समाज

हवाई सुरक्षाका निम्ति आजैदेखि सुधारका प्रयास थाल्ने पर्यटनमन्त्रीको प्रतिबद्धता

२४ साउन, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १५ दिनको अवधिमा दुईवटा हवाई दुर्घटना हुनु दुर्भाग्यपूर्ण भएको बताउँदै हवाई सुरक्षालाई उच्चतम प्राथिमकतामा राखेर आजैदेखि तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुधारका पहल थालनी गरेको जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बुधबार राति एक विज्ञप्ति जारी गर्दै अतिजरुरीबाहेक सबै पूर्वनिर्धारित कार्यक्रम स्थगन […]

मुख्‍य समाचार समाचार समाज

‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह

२४ साउन, काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी कार्यालयलाई ‘लामखुट्टे खोज र नष्ट गर’अभियान सञ्चालन गर्न आग्रह गरेको छ । उक्त मन्त्रालयले डेङ्गीको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालय र अस्पताल परिसरमा सरसफाइ गर्नाका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरिएको मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिए । […]

अर्थ मुख्‍य समाचार समाचार समाज

दूध उत्पादक किसानलाई तीन करोड अनुदान

२४ साउन, कास्की । गण्डकी प्रदेश सरकारले दुग्ध उत्पादक किसानलाई आर्थिक वर्ष २०८०/८१ मा दूध उत्पादनका आधारमा रु तीन करोड नौ लाख छ हजार अनुदान प्रदान गरेको छ । कृषि तथा भूमि व्यवस्था मन्त्रालयमातहतको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहमा उत्पादनमा आधारित प्रोत्साहन सहयोग कार्यक्रम सञ्चालन गरिएको जनाएको छ । […]

मुख्‍य समाचार समाचार समाज

स्थानीय प्रशासनः कोशी प्रदेशको कार्यसम्पादनमा तेह्रथुम उत्कृष्ट

२४ साउन, तेह्रथुम । कोशी प्रदेशभरिका प्रशासन कार्यालयमध्ये तेह्रथुम उत्कुष्ट घोषित भएको छ । गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीसँग कार्यसम्पादन सम्झौता गरेअनुसार मूल्याङ्कनका आधारमा तेह्रथुम ९६ दशमलव आठ सय ७५ अङ्क प्राप्त गरी उत्कृष्ट ठहरिएको हो । जिल्लमा शान्ति, सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, विकास निर्माण […]

मुख्‍य समाचार समाचार समाज

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा धेरै वर्षा हुने

२४ साउन, काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास भएको जनाउदै जल तथा मौसम विज्ञान विभागले आज पनि देशका विभिन्न स्थानमा बदली र वर्षाको पूर्वानुमान गरेको छ । विभागले जारी गरेको मौसम बुलेटिनअनुसार हाल कोशी, मधेस र बागमती प्रदेशमा साधारणदेखि पूर्ण बदली भएको छभने बाँकी प्रदेशमा आंशिकदेखि साधारण […]

मुख्‍य समाचार समाचार समाज

काठमाडौँमा राजदूतावास स्थापना गर्न ओमानसँग आग्रह

२४ साउन, काठमाडौँ । सरकारले ओमान सरकारसँग काठमाडौँमा राजदूतावास स्थापना गर्न आग्रह गरेको छ । परराष्ट्र सचिव सेवा लम्सालले बुधबार ओमानका उच्च अधिकारीहरूसँग मस्कटमा भएको भेटमा त्यस्तो आग्रह गरेको हो । नेपाल–ओमान द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठकमा परराष्ट्र सचिव लम्सालले २१ हजारभन्दा बढी नेपाली ओमानमा कार्यरत रहेका बताउँदै पारस्परिक हितका क्षेत्रमा सहकार्य गर्न आवश्यक भएको […]

मुख्‍य समाचार समाचार समाज

टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’

२४ साउन, काठमाडौँ । स्तनबुलबाट आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ । फ्लाइट राडरका अनुसार बिहान ६:१० मा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि अवतरण भएको थियो । ‘मिस एप्रोच’ भएर उक्त विमानले ओभरसुट गरेको विमानस्थल कार्यालयले जनाएको छ । एक एयर ट्राफिक कन्ट्रोलर (एटिसी)का […]

मुख्‍य समाचार समाचार समाज

दश लाख खर्चेर पञ्चायत घर जीर्णोद्धार

२४ साउन, ढोरपाटन (बागलुङ) । तमानखोला गाउँपालिकाले तमान गाउँमा रहेको पञ्चायत घर रु १० लाख खर्चेर जीर्णोद्धार गरेको छ । स्थानीय स्रोत प्रयोग गरी जीर्णोद्धार भएको यो घरलाई सङ्ग्रहालय र पुस्तकालयका रूपमा विकास गरिने भएको हो । तमानखोला गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा विनियोजन गरेको रु दश लाख र स्थानीयको श्रमदानबाट जीर्णोद्धार भएको यो घरलाई […]

मुख्‍य समाचार समाचार समाज

तामाङ बस्तीमा हिन्दुकी देवी, तामाङहरूले नै गर्छन् संरक्षण

२४ साउन,  रामेछाप । सिङ्गो बस्तीमा एक घर पनि ब्राह्मण क्षेत्रीको छैन । पुरै बस्ती तामाङ समुदायको, सबै बौद्ध धर्मालम्बि । तर गाउँको बिचमा मन्दिर भने हिन्दु धर्मालम्बिको महाकाली देवीको । नेपालमा धार्मिक तथा जातीय सहिष्णुता कति प्रगाढ छ भन्ने उदाहरण हो रामेछापको खाँडादेवी–८ गागलको महाकाली मन्दिर । तामाङ बस्तीको बिचमा रहेको यो मन्दिर स्थानीयको […]

मुख्‍य समाचार राजनीति समाचार

कांग्रेस केन्द्रीय समिति आज पनि बस्ने

२४ साउन, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । बुधवारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठक आज पनि बस्न लागेको हो । बैठकमा सय दिने सङ्गठनात्मक अभियान भदौ १५ देखि मङ्सिर २५ सम्म सञ्चालन गर्ने प्रस्ताव, भ्रातृ सङ्गठनहरूको अधिवेशनका लागि दिइएको समय निर्देशक समिति बनाउने निर्णय बनाउने प्रस्ताव लगायतका […]