१९ श्रावण २०८३, मंगलवार
मुख्‍य समाचार समाचार

लागूऔषध बिक्री वितरण गरेको आरोपमा पूर्वसांसद ढाकाकुमार पक्राउ

२७ भदौ,  काठमाडौं । प्रनितिधि सभाका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ लागूऔषध बिक्री वितरण गरेको आरोपमा पक्राउ परेका छन् । दिया फार्मेसीको सञ्चालकसमेत रहेका श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय कास्कीले बिहीबार पक्राउ गरेको हो । यसअघि लागुऔषधसहित पक्राउ परेका व्यक्ति वयानका क्रममा ढाकाकुमारको फार्मेसीबाट खरिद गरेको बताएपछि प्रहरीले ढाकाकुमारलाई पक्राउ गरेको हो ।यसअघि साउन ३ गते प्रहरीले रोल्पा […]

मुख्‍य समाचार समाचार समाज

दरबन्दी नभएका तहमा कार्यरत स्वास्थ्यकर्मीको समायोजन हुने

२७ भदौ,  काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले समायोजनका क्रममा जटिलता देखिएका स्वास्थ्यकर्मीको समायोजनका लागि नीतिगत निर्णय गरेको छ । फाजिल वा दरबन्दी नभएको तहमा कार्यरत स्वास्थ्यकर्मीलाई उनीहरुको मागबमोजिम समायोजनसम्बन्धी नीति संशोधन हुने व्यवस्था गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्मचारी समायोजनका क्रममा जटिलता देखिएका स्वास्थ्यकर्मीको समायोजनका लागि नीतिगत निर्णय गरेको हो ।  मन्त्रालयले समायोजनका […]

मुख्‍य समाचार समाचार समाज

दार्चुलामा जिप अनियन्त्रित भइ नालीमा खस्दा ९ जना घाइते

२७ भदौ,  धनगढी। गोकुलेश्वरबाट दार्चुला सदरमुकामतर्फ गइरहेको से १ ज १०२२ नम्बरको जिप मालिकार्जुन गाउँपालिका–७ धामीगडामा दुर्घटनामा परेको हो।जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। बिहिवार साढे १२ बजेको समयमा जिप अनियन्त्रित भइ नालीमा खस्दा जिपमा सवार ९ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। उनीहरूको जिल्ला अस्पताल दार्चुलामा उपचार भएको र उपचारपछि […]

मुख्‍य समाचार समाचार समाज

कञ्चनपुरमा हावाहुरीसँगै आएको वर्षाले उखु र धानबालीमा क्षति

२७ भदौ,  कञ्चनपुर । कञ्चनपुरमा हावाहुरीसँगै आएको वर्षाले उखु र धानबालीमा क्षति पुर्‍याएको छ । बिहीबार रातिदेखि हावाहुरीसँगैको वर्षाले किसानले लगाएका उखु र धानबालीमा क्षति पुर्‍याएको हो । पसाउने क्रममा रहेका धानको लागि पानी पर्दा केही राहत भए पनि हावाहुरीले पसाएको धान ढलाउँदा किसान चिन्तित बनेका छन् । हावाहुरीले उखुमा पनि क्षति पुर्‍याएको छ । […]

मुख्‍य समाचार समाचार समाज

करेन्ट लागेर एक बालकको मृत्यु

२७ भदौ, काठमाडौं । करेन्ट लागेर कैलालीको गोदावरीमा एक बालकको मृत्यु भएको छ । गोदावरी नगरपालिका–८ बस्ने टेकबहादुर बोहराको ५ वर्षीय छोरा रितिक बोहराको करेन्ट लागेर बिहीवार बिहान मृत्यु भएको हो । घरमा खेल्ने क्रममा नाङ्गो तार छोइदा करेन्ट लागेर गम्भीर घाइते भएका बालकको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले […]

मुख्‍य समाचार समाचार समाज

विभिन्न चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

२७ भदौ, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न चार मुलुकका नवनियुक्त गैरआवासीय राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा बिहीबार आयोजित छुट्टाछुट्टै विशेष समारोहमा नेपालका लागि क्यानमारका आवसीय राजदुत म्यो मिन्ट माउङ, अष्ट्रेलियाका आवसीय राजदुत लीन एलिजाबेथजोनस्टन ,फ्रान्सका आवसीय राजदुत भर्जिनिया फसल  र जाम्बियाका गैरआवसीय राजदुत पर्सी प्यासन चन्दले […]

मुख्‍य समाचार समाचार

भूपरिवेष्ठित अवस्थिती देशको पूर्वाधार विकासको मुख्य चुनौती’

२७ भदौ, काठमाडौं ।  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूपरिवेष्ठित अवस्थिती र जटिल भू–वनौट देशको पूर्वाधार विकासको मुख्य चुनौती रहेको बताएका छन् । बिहीबार काठमाडौंमा सिएनआइले आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन २०२४ लाई  सम्बोधन गर्दै उनले पूर्वाधार विकासमा पर्याप्त लगानी जुटाउन तथा निजी क्षेत्रलाई आकर्षित गरी पुँजी परिचालन गर्न नीतिगत तथा प्रक्रियागत सुधार गर्नु आवश्यक […]

मुख्‍य समाचार समाचार समाज

प्रधानमन्त्री ओली र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता

२७ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरुले आज कार्यसम्पादन सम्झौता गरेका छन् । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा उक्त सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदानप्रदान गरिएको छ । यसैगरी प्रधानमन्त्री र नेपाल सरकारका मुख्यसचिबीच  कार्यसम्पादन सम्झौता भएको […]

मुख्‍य समाचार समाचार

इन्द्रजात्राका औपचारिक कार्यक्रमहरु सुरु : महानगरपालिकाद्वारा सांस्कृतिक कार्यक्रम थप

२७ भदौ, काठमाडौं । देशकै पहिचान जोडिएको हनुमानढोका दरबार क्षेत्र र आसपासमा धुमधामसँग मनाइने यैयाः (इन्द्रजात्रा) का औपचारिक कार्यक्रमहरु सुरु भइसकेका छन् । काठमाडौं महानगरपालिकाको अनुसार भदौ ३० गते विहान ८ बजेर २६ मिनेटको शुभसाइतमा यःसिं उठाइनेछ । यसपछि जात्राका औपचारिक कार्यक्रम सुरु हुनेछन् । जात्राको उल्लासलाई थप गर्न महानगरपालिकाले यस वर्ष शिव पार्वती डबलीमा […]

मुख्‍य समाचार राजनीति समाचार

पर्यटनमन्त्री पाण्डेद्वारा विभिन्न देशका मन्त्रीहरुसँग भेट

२७ भदौ, काठमाडौं । भारत भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल र भारतबीच थप हवाई प्रवेश मार्ग तथा दुई देशका विभिन्न शहरहरुबीच सिधा हवाई सम्पर्क स्थापना गर्ने विषयमा छलफल गरेका छन् । भारतको नयाँ दिल्लीमा बुधबारबाट जारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन ( आईकाओ) को एशिया प्रशान्त क्षेत्रको मन्त्रीस्तरीय दोस्रो सम्मेलनको साइडलाइन […]

मुख्‍य समाचार राजनीति समाचार

रास्वपाको राष्ट्रिय भेला असोज १ र २ गते

२७ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय भेला २ दिन अगाडि सारिएको छ । बिहीबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले प्राविधिक कारण र उपयुक्त भेन्युको कारणले गत केन्द्रीय समितिको बैठकबाट बन्द कार्यशालाले प्रस्तावित गरेको मितिभन्दा अझ २ दिन अगाडि राष्ट्रिय भेला गर्न लागेको जानकारी गराए । उनले भने, ‘रास्वपाको […]

मुख्‍य समाचार समाचार समाज

मन्त्रालयको मुख्य समस्या नै बेजट हो : मन्त्री चौधरी

२७ भदौ, काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजु लाल चौधरीले मन्त्रालयसँग सम्बन्धित ऐन र नीतिहरुमाथि काम भइरहेको भएपनि बजेट अभावका कारण पूर्वाधार निर्माण रोकिएको गुनासो गरेका छन् । बिहीबार शिक्षा विज्ञान एवं सूचना प्रविधि समितिको बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विद्यमान अवस्था, भए गरेका कामकारबाही, समस्या तथा चुनौती र भावी कार्यदिशाका सन्दर्भमा सांसदहरुले राखेका जिज्ञासाहरुको […]