१९ श्रावण २०८३, मंगलवार
मुख्‍य समाचार राजनीति समाचार

एमालेको सचिवालय बैठक बस्दै

२८ भदौ, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठक मध्याह्न १२ः३० बजेका लागि बोलाइएको छ । बैठकमा वार्षिक कार्ययोजनाबारे छलफल हुने कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए । भदौ १८ र १९ गते बसेको पोलिट्ब्युरो बैठकले वार्षिक कार्ययोजनाबारे सुझाव दिएको थियो । आएका सुझावहरू समेटेर कार्ययोजनाको अन्तिम […]

मुख्‍य समाचार समाचार समाज

धरहरा असोज ३ गतेदेखि सञ्चालन हुने

२८ भदौ, काठमाडौं । काठमाडौंको सुन्धारास्थित धरहरा आउँदो असोज ३ गतेदेखि सञ्चालन हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि धरहरा अस्थायी रुपमा सञ्चालनमा ल्याउने निर्णय गरेको हो । धरहरा सञ्चालनको जिम्मेवारी संघीय सरकारको शहरी विकास मन्त्रालयलाई दिइएको छ । २०७२ सालको भूकम्पले ढलेको धरहरा आधुनिक र सुविधायुक्त […]

मुख्‍य समाचार राजनीति समाचार

संवैधानिक परिषद्को बैठक बस्दै : प्रधानन्यायाधीश नियुक्तिको सिफारिस हुने

२८ भदौ, काठमाडौं । संवैधानिक परिषदको बैठक शुक्रबार बस्दैछ । प्रधानमन्त्री एवं नेकपा एमलेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्नेगरि बैठक बोलाएका हुन् । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज १९ मा अवकाशमा जाँदैछन् । त्यसकारण सर्वोच्चको नयाँ प्रधानन्यायाधीश सिफारिसको तयारी गर्न लागिएको हो । संवैधानिक प्रावधान अनुसार […]

मुख्‍य समाचार राजनीति समाचार

तीनवटा संसदीय समितिको बैठक बस्दै

२८ भदौ, काठमाडौं । संघीय संसदअन्तर्गत शुक्रबार तीनवटा समितिको बैठक बस्दै छ । संघीय संसद् सचिवालयका अनुसार आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ को विषयमा छलफल हुनेछ । त्यस्तै, बिहान साढे […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार

गिरीबन्धु टि–स्टेट नजिकै बिस्फोट भएको कुकर बम फेला

२८ भदौ, झापा ।  बिर्तामोडको गिरीबन्धु टि–स्टेट नजिकै बिस्फोट भएको प्रेसर कुकर बम फेला परेको छ । बिर्तामोड ६ स्यालडागी  स्थित, गिरीबन्धु टि स्टेट प्रालिभित्र रहेको शम्सेर एण्ड गंगादेबी टि–स्टेटको कम्पाउण्डको वाल बाहिर विस्फोट भएको कुकर फेला परेको प्रहरीले जनाएको छ । छत्रबाबु गिरीले संचालन गर्दै आएको सो टि–स्टेटको  कम्पाउन्ड वाल बाहिर नेकपा (माओवादी) पूर्वी […]

समाचार समाज

खुटिया नदीले पार गर्यो सतर्कता तह

२८ भाद्र,  काठमाडौं ।  कैलालीको खुटिया नदीले जल सतर्कता तह पार गरेको छ।मुडीभर जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। तल्लो नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा रहेका नागरिकलाई भोलि बिहान सम्म सचेत रहन विभागले आग्रह गरेको छ। सुदूरपश्चिममा बिहीबारदेखि भारी वर्षा […]

मुख्‍य समाचार समाचार समाज

कोरियाको आम्दानी ‘ड्रागन फ्रुट’मा लगानी

२८ भाद्र,  गलकोट । कोरियाबाट फर्केका काठेखोला गाउँपालिका–१ पालाका प्रतिमान थापा स्वादिलो फल ‘ड्रागन फ्रुट’को व्यावसायिक उत्पादनमा व्यस्त छन् । विसं २०७७ मा ड्रागन फ्रुटका एक हजार पाँच सय बिरुवा लगाएका थापाले १५ महिनामा फल टिप्न थालेको बताए । कोरोनाकालमा कोरियाबाट गाउँ फर्केका थापाले युट्युवमा भिडियो हेरेकै आधारमा गरेको ड्रागन फ्रुटले व्यावसायिक उत्पादन दिन थालेपछि उनी […]

मुख्‍य समाचार राजनीति समाचार

एमाले सचिवालय बैठक बस्दै

२८ भाद्र,  काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक केन्द्रीय कार्यालय च्यासलमा मध्याह्न साढे १२ बजे बस्नेछ । बैठकले एक वर्षे कार्ययोजना पारित गर्नेछ । यसअघि भदौ १८ र १९ गते बसेको एमाले पोलिटब्युरो बैठकले ‘राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’ पारित गरेको थियो ।

मुख्‍य समाचार समाचार समाज

नेपाल आयल निगमले माग्यो ३५ कर्मचारी

२८ भाद्र,  काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले विभिन्न पदमा ३५जना नयाँ कर्मचारीका लागि आवेदन माग गरेको छ । निगमले आज एक सूचना जारी गर्दै खुला तथा समावेशी रूपमा पदपूर्ति गर्ने गरी विभिन्न तहमा ३५ कर्मचारी माग गरेको हो । यी सबै पदको लागि सूचना प्रकाशित भएको २१ दिनभित्र दरखास्त दिनुपर्ने छ । म्याद सकिएको दिनदेखि […]

मुख्‍य समाचार समाचार समाज

उडान कम हुँदा भोजपुरबाट काठमाडौँ जाने यात्रु मारमा

२८ भाद्र,  भोजपुर । भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको जिल्लाको एकमात्र विमानस्थल कालोपत्र भएको छ । सदरमुकामबाट विमानस्थल पुग्ने सडक पनि कालोपत्र भइसकेको छ । तर पनि यो विमानस्थलमा उडान भने हाल हप्तामा दुई दिनमात्र हुने गरेको छ । विसं २०३५ मा निर्माण सम्पन्न भएर प्रयोगमा आएको विमानस्थलमा कुनै समय हप्तामा सात दिन नै उडान हुने गर्दथ्यो […]

मुख्‍य समाचार समाचार समाज

धरहरा असोज ३ गतेदेखि सञ्चालनमा आउने

२८ भाद्र,  काठमाडौँ । काठमाडौँको सुनधारास्थित नवनिर्मित धरहरा ३ असोजदेखि अस्थायी रूपमा सञ्चालन हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संविधान दिवसको अवसर पारेर ३ असोजदेखि धरहरा अस्थायी रूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार धरहरा सञ्चालनको जिम्मेवारी संघीय सरकारको शहरी विकास मन्त्रालयलाई दिइएको छ ।

मुख्‍य समाचार समाचार समाज

घुससहित पक्राउ परेका २ इन्जिनियर दोषी ठहर

२८ भाद्र, काठमाडौँ । घुससहित पक्राउ परेका पर्यटन विकास आयोजना इकाई कार्यालयका इन्जिनियरहरू दोषी ठहर भएका छन् । सब-इन्जिनियरहरू राजनप्रसाद भट्टराई र सञ्जय अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७ हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो । विशेष अदालतका न्यायाधीशहरू टेकनारायण कुँवर, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले बिहीबार उनीहरूलाई दोषी ठहर गर्दै जनही ३ महिना […]