११ चैत्र २०८२, बुधबार
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

करेन्ट लागेर एक महिला घाइते

२४ साउन, धनगढी । कैलालीमा करेन्ट लागेर एक महिला घाइते भएकी छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–१ मा घर निर्माण गरिरहेका बेला करेन्ट लागेर धनगढी–७ की ४५ वर्षीया कृष्णा कुवँर बुधवार घाइते भएकी हुन। उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

मुख्‍य समाचार समाचार समाज

बिरामी बढेपछि तनहुँका चार विद्यालय बन्द

२४ साउन, तनहुँ । डेंगु सङ्क्रमणको बिरामी बढेपछि नियन्त्रणको प्रयास स्वरूप आँबुखैरेनीका गाउँपालिकाका चार विद्यालयहरू बन्द गरिएको छ । आँबुखैरेनी बजार र आसपासका क्षेत्रमा डेङ्गुका बिरामी बढ्दै गएकाले विद्यालय बन्द गरिएको आँबुखैरेनी गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख अगमराज उपाध्यायले जानकारी दिनुभयो । उपाध्यायका अनुसार वडा नम्बर ३ मा रहेका रामशाह माध्यमिक विद्यालय, मर्स्याङ्दी बालज्योती अङ्ग्रेजी बोडिङ […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

जिप दुर्घटना हुँदा ४ जना घाइते

२४ साउन, डडेल्धुरा । डडेल्धुरा सदरमुकामस्थित बसपार्क नजिकै जिप दुर्घटना भएको छ। बिहीबार अपराह्न सदरमुकामबाट गन्यापधुरा गाउँपालिका गइरहेको सुपप्र ०४००१ च ०१३४ नम्बरको जिप नालीमा खसेर दुर्घटना भएको हो। दुर्घटनामा ४ जना घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घाइतेमध्ये एकको गम्भीर रहेको बताइएको छ। उनीहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ। दुर्घटनाबारे विस्तृत विवरण […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

भोलि पनि सार्वजनिक बिदा

२४ साउन, धनगढी । कैलालीको धनगगढी उपमहानरपालिकाले पनि भोलि (शुक्रबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ । उपमहानगरपालिकाले गुरही पर्व र नाग पञ्चमीको अवसरमा विदा दिने निर्णय गरेको हो । प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र बहादुर खातीद्धारा जारी सूचनामा उपमहानगरपालिका अन्तरगतका सम्पुर्ण सरकारी कार्यालय, शैक्षिक संस्थाहरु एवम् संघ सस्थाहरुमा विदा दिइएको उल्लेख छ । यसअघि कैलाली मै […]

मुख्‍य समाचार समाचार

फेक आइडीको भर पर्दा किशोरीमाथि सामूहिक बलात्कार

२४ साउन, काठमाडौं । कैलालीमा फेसबुकमा फेक आइडीको भर पर्दा एक किशोरी सामूहिक बलात्कारको सिकार भएकी छन् । गोदावरीकी १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कारको सिकार भएकी हुन । प्रहरीका अनुसार फेक फेसबुक आइडी बनाएर किशोरीसँग कुराकानी गर्दै जंगल लगेर बलात्कार गरेको आरोपमा गोदावरी नगरपालिका–१० का पदम थापालाई पक्राउ गरिएको छ । थापाले ९ साउनको राति […]

खेलकुद मुख्‍य समाचार समाचार

दशरथ रंगशालाले पायो अन्तर्राष्ट्रिय मान्यता

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले संरक्षण गर्न थालेपछि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न एशियाली फुटबल महासंघले अनुमति दिएको छ । राष्ट्रिय खेलकुद परिषद्ले एन्फालाई एएफसीको आधिकारिक जवाफ माग गरेसंगै एन्फाको जवाफ अनुसार दशरथ रंगशालालाई एएफसीबाट योग्य रहेको रिर्पोट प्राप्त भएको छ । विभिन्न प्रश्न उठाउँदै एफसीले  केही समयदेखि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय स्तरका फुटबल […]

मुख्‍य समाचार समाचार

बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म १६८ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बिहीबार दिउँसोसम्म १ सय ६८ जनाको मृत्यु भएको छ । बाढी, पहिरोलगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा ५३ जना, लुम्बिनी प्रदेशमा ३३ […]

मुख्‍य समाचार समाचार समाज

प्रहरी अतिरिक्त महानिरीक्षक रामदत्त जोशी दर्ज्यानी चिन्हद्वारा सुशोभित

२४ साउन, काठमाडौं ।  नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ साउन २२ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षक रामदत्त जोशी दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहकाबीच उनलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् । साथै नेपाल सरकार […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

एभरेष्ट महिला भलिबलका लागि टोलीहरू घोषणा

२४ साउन, काठमाडौँ । एभरेष्ट महिला फ्रेन्चाइज भलिबल लिगको पहिलो सिजनका लागि ६ सहभागी टोलीहरूको घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले प्रतिस्पर्धी ६ टोली र प्रवर्द्धकहरूको घोषणा गरेको हो । प्रतियोगितामा सहभागी हुने टिममा लिगको पहिलो सिजनमा टिम काठमाडौँ, टिम ललितपुर, टिम मधेश, टिम गण्डकी, टिम चितवन र […]

मुख्‍य समाचार समाचार समाज

विश्व सम्पदा सम्बन्धी ऐनहरु संशोधन नभएको गुनासो

२४ साउन, काठमाडौं । पुरातत्त्व विभागका महानिर्देशक, सौभाग्य प्रधानाङ्गले पुरानो ऐनलाई टेकेर नयाँ कार्यविधिहरु बनाएर अघि बढिरहेको अवस्था रहेको बताएकी छन् । बिहीबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा भएको छलफलमा उनले विश्व सम्पदा र अन्य सबै विषयलाई समेटेर ऐन कानूनलाई संशोधनको लागि २०७४ सालमा नै पेश गरेपनि अझै संशोधन हुन नसकेको भन्दै पुरानै कानून […]

जीवनशैली मुख्‍य समाचार राजनीति समाचार समाज

स्व.नेम्वाङको स्मृतिमा राष्ट्रिय मुटकोर्ट प्रतियोगिता हुने

२४ साउन, काठमाडाैं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कानून तथा संघीय मामिला विभागले संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका तत्कालीन उपाध्यक्ष नेता सुवासचन्द्र नेम्वाङको स्मृतिमा राष्ट्रिय स्तरको मुटकोर्ट प्रतियोगिता २०८१ आयोजना गर्ने भएको छ । बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी नेम्वाङको स्मृतिमा समर्पित राष्ट्रिय स्तरको मुट कोर्ट प्रतियोगिता यही २०८१ साल भाद्र २६, […]

मुख्‍य समाचार समाचार

प्रधान सेनापतिको कार्यभार रथी सिग्देललाई

१७ साउन, काठमाडौँ । प्रधान सेनापति प्रभूराम शर्माले बलाधिकृत रथी अशोकराज सिग्देललाई आफ्नो कार्यभार हस्तान्तरण गरेको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित विशेष समारोहमा प्रधान सेनापति शर्माले भोलिदेखि सम्हाल्ने गरी वरिष्ठतम् रथी सिग्देललाई प्रधान सेनापतिको कार्यभार बुझबुझारथ गरेको हो । मुलुकको प्रमुख सुरक्षा सङ्गठन नेपाली सेनाको ४५औँ प्रधान सेनापतिका रूपमा बलाधिकृत रथी सिग्देलले […]