५ कार्तिक २०८३, बुधबार
मुख्‍य समाचार राजनीति

जलवायु परिवर्तनमा नेपालको कुनै दोष र भूमिका छैन : मन्त्री ठकुरी

६ असोज, काठमाडौं । वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही ठकुरीले जलवायु परिवर्तनमा नेपालको कुनै दोष र भूमिका नभएपनि यसको असर भोगिरहेको बताएका छन् । आइतबार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारी विषयक छलफलमा सहभागी हुँदै मन्त्री शाहीले कोप–२९मा नेपालको सहभागितालाई […]

मुख्‍य समाचार राजनीति समाज

मह किसानको समस्या अध्ययन गर्न समिति गठन

६ असोज, काठमाडौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले  मह उत्पादक किसानहरुको समस्या  अध्ययन गर्न समिती  गठन गरेका छन् । आइतबार मन्त्रालयमा बसेको सरोकारवालाहरुको बैठकमा मन्त्री अधिकारीले मन्त्रालयका सहसचिब भोजराज सापकोटाको अध्यक्षतामा सरोकार पक्षको समेत  सहभागीता हुने गरि ९ सदस्यीय समिति गठन गरेका हुन् । समितीलाई १५ दिन भित्र प्रतिबेदन पेश गर्न कार्यादेश दिइएको […]

पर्यटन मुख्‍य समाचार समाज

मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित

६ असोज, म्याग्दी । ऐतिहासिक र धार्मिक महत्वको मुस्ताङको पृथक भू–बनोट, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधताले विश्वभरका पर्यटक आकर्षित हुँदै आएका छन् । शरद् यामसँगै खुल्न थालेको मौसम मुस्ताङ घुम्नका लागि उपयुक्त मानिन्छ । उजाड खैरो र रातो रङका पहाडमा चित्रकारले कोरेर बनाएका जस्ता देखिने कलाकृति । प्राचीनकालीन मानव सभ्यताको झल्को दिने पहाडभित्र रहेका गुफाहरु […]

मुख्‍य समाचार समाज

चार युवा मिलेर सुरु गरे व्यावसायिक बेसारखेती

६ असोज, डोटी । डोटीको दिपायलका चार युवाले व्यावसायिक बेसारखेती सुरु गरेका छन् । युवा तेज द्वारिया, कैलाश खड्का, दीपक साहु र शैलेन्द्र खड्काले दिपायल सिलगढी नगरपालिका–३ स्थित बान्नेकोटमा करिब १८ रोपनी जमिनमा बेसारखेती सुरु गरेका हुन् । वर्षौँदेखि बाँझो रहेको जमिनलाई उपयोगमा ल्याउँदै युवाले यस वर्षदेखि व्यावसायिक बेसारखेती सुरु गरेको जनाएका छन् । चारै […]

खेलकुद मुख्‍य समाचार समाज

मनाङमा खेलकुदसँगै हिउँचितुवा र याक संरक्षणको पहल

६ असोज, मनाङ । हिमाली जिल्ला मनाङमा अहिले खेलकुद भव्य रूपमा चलिरहेको छ । यहाँ ‘याक र हिउँचितुवा’को संरक्षणका लागि हाइअल्टिच्युडमा दोस्रो मैत्रीपूर्ण फुटबल खेल रौनकले मनाङवासी व्यस्त छन् । बायोकोस नेपाल (जैविक विविधता संरक्षण समाज नेपाल) र एन्ट फाउण्डेशनको संयुक्त आयोजनामा मनाङमा यस मैत्रीपूर्ण खेलले निरन्तरता पाइरहेको छ । मनाङको प्रकृतिको संरक्षणलाई प्राथमिकता दिएर […]

मुख्‍य समाचार समाज

विदेशिए गोठाला, हराए गोठ

६ असोज, म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेको बतासे डाँडाको लेकमा दुई दशक अघिसम्म बर्खाको तीन महिना ४० देखि ५० भेडी गोठ हुन्थे । म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको चरनक्षेत्र बतासेमा यसपालि १५ वटा मात्र गोठ थिए । बतासेको खर्कबाट गत हप्ता थासाङ–३ लेतेमा भेडागोठ झारेका म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीका नन्दबहादुर भण्डारीले बढ्दो […]

मुख्‍य समाचार राजनीति समाज

शहरको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण : मन्त्री सिंह

६ असाेज, काठमाडौं ।  उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल जग्गा तथा आवास विकास महासंघका प्रतिनिधिहरुसँग छलफल गरेका छन् । आइतबार मन्त्री सिंहले मन्त्रालयमै नेपाल जग्गा तथा आवास विकास महासंघका प्रतिनिधिहरुसँग छलफल गरेका हुन् । प्रतिनिधिहरुसँग छलफल गर्दै मन्त्री सिंहले शहरी क्षेत्रमा देखापरेका समस्यालाई  नीति नियम बनाएर समधान गरिने बताए । उनले सहरलाई व्यवस्थित […]

मुख्‍य समाचार समाज

मुआब्जा नपाएको भन्दै १०५ दिनदेखि अनसनमा अनवर अन्सारी

६ असाेज, काठमाडौं । बाराको तामागढी–सिम्रौनगढ सडक योजना निर्माण पूरा भएको लामो समय बित्दा पनि अधिग्रहण भएको जग्गाको मुआब्जा नदिएको भन्दै प्रभावित स्थानीयको आन्दोलन जारी राखेका छन् । तामागढी सिम्रौनगढ सहयोेग तथा मुआब्जा संर्घष समितिका अध्यक्ष अनवर अन्सारीलगायका व्यक्तिहरु आन्दोलनरत छन् । अध्यक्ष अन्सारीले काठमाडौंको माइतीघर मण्डलामा आइतबार पनि आफ्नो आमरण अनसन जारी राखेका छन् […]

मनोरन्जन समाज

चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक

६ असाेज, काठमाडौं । यही असोज ११ बाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक गरिएको छ । प्रदर्शन मिति आउन पाँच दिन बाँकी रहँदा निर्माण कम्पनी लामा सिनेमाजले झण्डै साढे दुई मिनेट लामो ट्रेलर युट्युव रिलिज गरेको हो । यसअघि सार्वजनिक टिजर र गीतलाई उत्कृष्ट प्रतिक्रिया मिल्दा निर्देशक जौन योन्जनले फिल्मको कथावस्तुलाई संक्षिप्त […]

मनोरन्जन मुख्‍य समाचार समाज

‘मिसेस नेपाल वर्ल्ड–२०२४’ मा २९ महिलाबीच प्रतिस्पर्धा हुने

६ असाेज, काठमाडौं । विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्ड २०२४ मा २९ महिलाबीच अन्तिम स्पर्धा हुने भएको छ । राजधानीमा हालै आयोजित अडिसनबाट मिसेस नेपाल वल्र्ड २०२४ को अन्तिम स्पर्धाका लागि २९ जना महिला छानिएका हुन् । यस वर्षको प्रतियोगितामा गृहिणीदेखि डक्टर, इन्जिनियर, बैंकर, मेनेजर, व्यवसायी, स्वास्थ्यसेवी, फेशन डिजाइनर, नर्स र २÷२ पटक […]

मुख्‍य समाचार समाज

दोलखा र सिन्धुपाल्चोक जोड्ने डासेँ खोलाको पुल उद्घाटन

६ असाेज, काठमाडौं । दोलखाको शैलुङ–१ र सिन्धुपाल्चोकको लिसंखुपाखर–१ जोड्ने डासेँ खोला पुल उद्घाटन गरिएको छ । दोलखा–सिन्धुपाल्चोक–रामेछाप–काभ्रेको संगमस्थल डाँसेखोलामा पक्की मोटर पुल निर्माण सम्पन्न भएपछि नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्य तथा पूर्वबागमती प्रदेश बन तथा वातावरण मन्त्री विशाल खड्काबाट पुल उदघाटन गरिएको हो । पुल उदघाटन पछि पूर्व वन मन्त्री खाड्काले पुल निर्माण पश्चात […]

अर्थ मुख्‍य समाचार समाज

सुनको मूल्य हालसम्मकै उच्च

६ असाेज, काठमाडौं  ।  साताको  पहिलो  कारोवार  दिन आइतबार  सुनको  मूल्य हालसम्मकै  उच्च बिन्दुमा पुगेको  छ । आज छापावाला सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको मूल्य १ हजार सात सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार […]