१२ चैत्र २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

दमौली अस्पताललाई एक करोड बराबरका उपकरण हस्तान्तरण

२९ साउन, तनहुँ । स्वास्थ्य सेवा विभागले सदरमुकामस्थित दमौली अस्पताललाई रु.एक करोड मूल्य बराबरका चारवटा प्रयोगशालायन्त्र प्रदान गरेको छ । विभागले हेमाटोलोजी एनालाइजर,अटोमेटेड युरिन एनालाइजर,फुल्ली अटोमेटिक इलेक्टोल्याट एनालाइजर र फुल्ली अटोमेटेड बाइक्यामेस्ट्री एनालाइजर प्रदान गरेको हो । पूर्वमन्त्री शङ्कर भण्डारीले अस्पताल विकास समितिका अध्यक्ष शान्तिरमण वाग्लेलाई ती उपकरण हस्तान्तरण गरेका हुन् । नयाँ उपकरण जडान […]

मुख्‍य समाचार समाचार समाज

वाल्मीकि आश्रम जोड्ने नारायणी नदीमा झोलुङ्गे पुल

२९ साउन, त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको त्रिवेणीस्थित नारायणी नदीमा निर्मित झोलुङ्गे पुल सञ्चालनमा आएको छ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६ र चितवनको माडी नगरपालिका–१, जोड्ने ‘लवकुश’ नामाकरण गरिएको झोलुङ्गे पुल निर्माण सम्पन्न भएको दुई वर्षपछि सञ्चालनमा आएको हो । माडी नगरपालिका–१ मा पर्ने वाल्मीकि आश्रमसम्म जान उक्त पुल निर्माण गरिएको हो । […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

युक्रेनी आक्रमणपछि रुसका ११ हजार बासिन्दालाई सुरक्षित स्थानमा सारियो

२९ साउन, रूस । रूस र युक्रेनबीच बढ्दो द्वन्द्वका बीच पछिल्लो समय युक्रेनले रूसी सीमा क्षेत्रमा आक्रमण बढाएको छ । युक्रेनको बढ्दो आक्रमक गतिविधिका कारण रुसको सिमावर्ती बेलगोरोड क्षेत्रको क्रास्नोयारुज्स्की जिल्लाबाट करिब ११ हजार मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको क्षेत्रीय गभर्नर व्याचेस्लाव ग्लेडकोभले मङ्गलबार जनाएका छन् । उनका अनुसार विस्थापित मध्ये लगभग एक हजार मानिसहरु […]

मुख्‍य समाचार समाचार सूचना प्रविधि

नेपालमा पहिलोपटक रोबोटिक शल्यक्रिया

२९ साउन, काठमाण्डौं । नेपालमा पहिलोपटक रोबोटिक शल्यक्रिया गरिएको छ । काठमाण्डौंमा रहेको बिएण्डबी अस्पतालले नेपालमै पहिलो पटक सफलतापूर्वक रोबोटिक शल्यक्रियाको सुरुवात गरेको हो । यस अत्याधुनिक शल्यक्रिया प्रविधिले सुक्ष्म शल्यक्रियाको प्रक्रियालाई पनि अत्यन्त सटीकताका साथ सम्भव बनाउँन, रिकभरी समय कम गर्न र बिरामीका लागि छिटो स्वास्थ्यलाभ हुने जनाइएको छ । बिएण्डबी अस्पतालका प्रा. डा. […]

मुख्‍य समाचार समाचार समाज

ट्रकमा च्यापिएर चालकको मृत्यु

२९ साउन, सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान भएको दुर्घटनामा ट्रक चालकको घटनास्थलमा नै मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ख ८१८१ नंको क्लिङ्कर लोड भएको १२ चक्के ट्रक दुर्घटना हुँदा सोही ट्रकका चालक मोरङको उर्लाबारी नगरपालिका–१ का २५ वर्षीय सबिन राईको मृत्यु भएको प्रहरीले जनाएको […]

मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

सिम्रौनगढका एकै घरका तीन बालबालिकाको विशाक्त खानाले मृत्यु

२९ साउन, वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिका–७ झवानीका टोलका नरेश रामका तीन छोराछोरीको विशाक्त खाना (फुड पोइजनिङ)का कारणले मृत्यु भएको छ । बारा प्रहरीका अनुसार फुड पोइजनिङका कारणले तीनको मृत्यु भएको आशङ्का गरिएको छ । मृत्यु हुनेमा सात वर्षीया लालिमा राम, सात वर्षीया पुष्पा राम र पाँच वर्षीय रामनन्दन राम रहेका छन् । जिल्ला प्रहरी […]

मुख्‍य समाचार समाचार

बढी भयो सरकारले हजयात्रीसँग उठाएको रकम, प्रति व्यक्ति २३ हजार फिर्ता हुने

२९ साउन, काठमाडौं । सन् २०२४ का हजयात्रीसँग खर्चबापत उठाएर बढी भएको रकम सरकारले फिर्ता गर्ने भएको छ । गृह मन्त्रालयअन्तर्गतको नेपाल हज समितिको साउन २४ गतेको बैठकले हज यात्रा गराउन उठाएर बढी भएको रकम फिर्ता गर्ने निर्णय गरेको हो । सरकारले सन् २०२४ को हजयात्रा शुल्कबापत प्रति व्यक्ति ४ लाख १५ हजार रूपैयाँ उठाएको थियो । जसमा […]

मुख्‍य समाचार समाचार समाज

आफ्नै ठाउँमा सेवा पाउन थालेपछि स्थानीय खुसी

२९ साउन, जलेश्वर । जिल्लाको गौशाला नगरपालिकामा मालपोत तथा नापी कार्यालयको कामकाज सुरु भएसँगै त्यस क्षेत्रका स्थानीय बासिन्दा खुसी भएका छन् । वर्षौंदेखि ४० किलोमिटर टाढा रहेको सदरमुकाम जलेश्वरस्थित मालपोत र नापी कार्यालयबाट भूमिसम्बन्धी सेवा लिन बाध्य रहेका त्यस क्षेत्रका बासिन्दा अब आजदेखि आफ्नै गाउँठाउँमा सेवा प्राप्त गर्न थालेपछि खुसी भएका छन् । महोत्तरीको गौशाला […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

मङ्गल ग्रहमा पानीको भण्डार रहेको पुष्टि

२९ साउन, एजेन्सी ।मङ्गल ग्रहमा पानीको भण्डार रहेको पुष्टि भएको छ । लामो समयदेखि भइरहेको वैज्ञानिक अनुसन्धानले मङ्गल ग्रहको चट्टानको गहिराइमा तरल पदार्थ अर्थात् पानीको भण्डार भेटिएको पुष्टि गरेको अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले जनाएको छ । वैज्ञानिकका अनुसार मङ्गल ग्रहको ध्रुवमा पानी जमेको र वायुमण्डलमा वाष्पको प्रमाण भएपनि ग्रहमा ठूलो परिमाणमा तरल पानी भेटिएको भने […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति

भारत र अष्ट्रेलियाबीच समुद्री सुरक्षा वार्ता

२९ साउन, भारत । भारत र अस्ट्रेलियाबीच छैटौँ सामुद्रिक सुरक्षा संवाद मङ्गलबार क्यानबेरामा सम्पन्न भएको विदेश मन्त्रालयले जनाएको छ । भारतीय प्रतिनिधिमण्डलको नेतृत्व विदेश मन्त्रालयको निशस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षा मामिलाका सहसचिव मुआनपुई साइआवीले गरेका थिए भने अष्ट्रेलियाली प्रतिनिधिमण्डलको नेतृत्व दक्षिण एसिया तथा मध्य एसिया डिभिजनका प्रथम सहायक सचिव सारा स्टोरीले गरेका थिए । दुवै पक्षबीच […]

अर्थ मुख्‍य समाचार समाचार समाज

सुनको मूल्य अकासियो, तोलाकै डेढ लाख बढी

२९ साउन, काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा भएको वृद्धिसँगै स्थानीय बजार पनि त्यसबाट प्रभावित भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु एक लाख ५० हजार ८०० कायम भएको छ । सोमबार प्रतितोला छापावाल सुन […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

कैलालीका केही सामुदायिक विद्यालयमा ४ कक्षामाथि मात्र परीक्षा

२९ साउन, कैलाली । कैलालीका केही सामुदायिक विद्यालयले कक्षा १ देखि ३ सम्म पूर्ण रूपमा निरन्तर मूल्याङ्कन प्रणाली कार्यान्वयनमा ल्याएका छन् । अब टीकापुर नगरपालिका र आसपासका पालिकाले कक्षा १ देखि ३ का लागि प्रश्नपत्र नबनाई निरन्तर मूल्याङ्कनका आधारमा विद्यार्थीको मूल्याङ्कन गर्ने भएका हुन् । टीकापुरले यसै वर्षदेखि पूर्ण रूपमा निरन्तर मूल्याङ्कन लागु गरेको छ […]