५ कार्तिक २०८३, बुधबार
मुख्‍य समाचार राजनीति समाचार

पार्टीमा संगठनात्मक एकता आवश्यक छ: महासचिव पोखरेल

११ असोज, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शंकर पोखरेलले पार्टीमा संगठनात्मक एकता आवश्यक रहेको बताएका छन् । एमाले पार्टी मुख्यालय ललितपुर, च्यासलमा आज आयोजित अखिल नेपाल महिला संघको चौथो बैठकमा उनले संगठनात्मक एकताले नै पार्टीमा देखिएका चुनौतीलाई समाधान गर्न सकिने बताए। महासचिव पोखरेलले पार्टीलाई बलियो बनाउन सबै तहका पार्टी संगठनका नेता कार्यकर्ता एकताबद्ध […]

मुख्‍य समाचार समाचार समाज

नारायणगढ-मुग्लिन सडक खण्ड रातिको समयमा बन्द हुने

११ असोज, चितवन । अविरल वर्षाका कारण हुने सम्भावित जोखिमलाई मध्यनजर गरी नारायणगढ-मुग्लिन सडक खण्ड रातिको समयमा बन्द गरिने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशनअनुसार अविरल वर्षाका कारण पहिरो खस्न सक्ने भन्दै सडक खण्ड रात्रिकालीन समयमा बन्द गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख भावेश्वर रिमालले आज र भोली यस सडक […]

मुख्‍य समाचार समाचार समाज

भरिन लाग्यो इन्द्र सरोबर ताल, सतर्कता अपनाउन आग्रह

११ असोज, काठमाडौँ । लगातारको वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलविद्युत आयोजनाको जलाशय (इन्द्र सरोबर ताल ) भरिने चरणमा पुगेको छ । कुलेखानी जलविद्युत् आयोजना (पहिलो) का प्रमुख तारादत्त भट्टका अनुसार अबको ७-८ घण्टामै कुलेखानी जलाशय भरिने सम्भावना देखिएको छ ।कुलेखानीको क्षमताभन्दा बढी पानी भरिएर जोखिम भए बाँधको गेट पनि खोल्न पर्ने हुनसक्ने भएकाले तल्ला तटीय […]

मुख्‍य समाचार राजनीति समाचार

चाडपर्व लक्षित सुरक्षाबारे सरकारलाई एमालेको चार बुँदे ध्यानाकर्षण

११ असोज, काठमाडौँ । नेकपा (एमाले) ले चाडपर्व लक्षित सुरक्षाबारे सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ । एमाले केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले नजिकिएका चाडपर्वका सन्दर्भमा सरकारलाई विभिन्न विषयमा चार बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो । शुक्रवार विभाग प्रमुख खिमलाल भट्टराई नेतृत्वको टोलीले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई भेटेर दसैँ, तिहार, नेपाल संवत्, छठ र इद जस्ता […]

मुख्‍य समाचार समाचार समाज

बैतडीका एक युवक महाकालीमा खसेर बेपत्ता

११ असोज, बैतडी । बैतडीका एक युवक महाकाली नदीमा खसेर बेपत्ता भएका छन् । दसैँ मनाउन भारतबाट घर फर्किने क्रममा पुर्चौडी नगरपालिका–५ कुवाकोटका ३३ वर्षीय अमर धामी महाकाली नदीमा खसेर बेपत्ता भएका हुन् । उनी शुक्रबार बिहान साढे ११ बजेतिर दशरथचन्द नगरपालिका–८ को झुलाघाट बजार नजिकै सडकबाट महाकाली नदीमा खसेको खुलेको सुदूरपश्चिमका प्रमुख प्रहरी नायब […]

मुख्‍य समाचार समाचार समाज

चाडपर्वलक्षित दुर्घटना न्युनीकरण विशेष अभियानमा जुट्यो प्रहरी

११ असोज, काठमाडौँ । नयाँ बसपार्कमा आज “चाड पर्व लक्षित दुर्घटना न्युनिकरण विशेष अभियान २०८१” को सुरुवात भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीकी प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक किरण बज्राचार्यले अभियानको उद्‌घाटन गरे । उद्‌घाटनमा प्रहरी अतिरीक्त महानिरीक्षक बज्राचार्यले सबैले आ आफ्नो क्षेत्रबाट सहयोग गरेर सुरक्षित पर्व मनाउन सकिने कुरामा जोड दिए । अभियान […]

मुख्‍य समाचार समाचार समाज

लेदो माटोले नौबिसे-नागढुङ्गा सडक अवरुद्ध

११ असोज, मलेखु । त्रिभुवन राजपथ अन्तर्गत नौबिसे-नागढुङ्गा सडकखण्ड लेदो माटोले अवरुद्ध बनेको छ । धुनिबेँसी नगरपालिका-९ सुरुङमार्ग नजिक सडकमाथिबाट खसेको लेदो माटोले सडक अवरुद्ध बनेको हो । निरन्तरको वर्षातसँगैको लेदोले सडक अवरुद्ध हुँदा सवारीसाधन रोकिएका छन् । काठमाडौँबाट पूर्व–पश्चिमका लागि छुटेका यात्रु बससहित सबै प्रकारका सवारी सडकमै रोकिएका हुन् । राजमार्गमा लेदो थुप्रिएकाले खुलाउन कठिन भएको […]

मुख्‍य समाचार समाचार समाज

१३ घण्टादेखि देशैभर भारी वर्षा

११ असोज, काठमाडौँ ।  पछिल्लो १३ घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखको विवरणमा सङ्घीय राजधानी काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा भारी वर्षा मापन गरिएको छ । महाशाखाका मौसमविद् विनु महर्जनका अनुसार काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । कोशी, मधेश, बागमती, गण्डकी […]

मुख्‍य समाचार समाचार समाज

उपत्यकाका विभिन्न खोला तथा नदीमा जलसतहले सतर्कता तह पार गर्‍यो

११ असोज, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले काठमाडौँ उपत्यकाका विभिन्न खोला तथा नदीमा जलसतहले सतर्कता तहपार गरेको जनाएको छ । मौसम विभागले सूचना मार्फत  उपत्यकास्थित बागमती नदीको खोकना, मनोहरा, गौरीघाट, बल्खु खोला बलम्बु र विष्णुमतीले गोंगबु जलमापन केन्द्रमा सतर्कता तहपार गरेको जनाएको छ । विभागले पानीको सतह निरन्तर बढिरहेकाले त्यस क्षेत्रका बासिन्दालाई सतर्कता […]

पर्यटन मुख्‍य समाचार समाज

सन्दर्भ विश्व पर्यटन दिवसः रिञ्जे नासामा घरबास प्रवर्द्धन

११ असोज, गण्डकी । ढुङ्गाले छाएका प्राचीन मौलिकताले सजिएका घरसँगै गाउँटोलको बाटो ढुङ्गैढुङ्गाले छपक्कै छापिएको छ । यहाँबाट आसपासका क्षेत्रमा देखिने दृश्यले जो कोही लोभिने गरेका छन् । पोखरा महानगरपालिका–१६ स्थित रिञ्जे नासा गाउँ यतिखेर घरबास पर्यटनको पुग्नैपर्ने गन्तव्यका रुपमा विकास हुँदै गएको छ । आज विश्वभर ४५औँ विश्व पर्यटन दिवस मनाइरहँदा गाउँ पर्यटन प्रवर्द्धन […]

मनोरन्जन मुख्‍य समाचार समाज

यसरी वीरगञ्जमा मनाइयो पर्यटन दिवस

११ असोज, वीरगञ्ज(पर्सा) । औद्योगिक तथा व्यापारिक नगरीको पहिचान बनाएको वीरगञ्जमा ४५ औँ अन्तर्राष्ट्रिय पर्यटन दिवस मनाइएको छ । वीरगञ्जका होटल तथा पर्यटन व्यवसायीले आज वीरगञ्ज भन्सार नाका हुँदै जनकपुरधाम र पशुपतिनाथ दर्शन गर्न आएका भारतीय पर्यटकलाई वीरगञ्जको शङ्कराचार्य गेटमा भव्य स्वागत गरेर दिवस मनाएका हुन् । होटल तथा पर्यटन व्यवसायी सङ्घ वीरगञ्जका अध्यक्ष हरि […]

पर्यटन मुख्‍य समाचार समाज

पर्यटकीय गतिविधि सञ्चालन गर्ने तयारीमा निकुञ्ज

११ असोज, चितवन । वर्षातका कारण गत असार १६ गते देखि रोकिएको निकुञ्जको सफारी सञ्चालनको तयारी थालिएको छ । चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारीका लागि बनेका सडक तथा पूर्वाधार मर्मत सुरु गरिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार निकुञ्जको पूर्वी क्षेत्र र पश्चिम क्षेत्रका रुटअन्तर्गतका संरचना मर्मत सुरु गरिएको छ । […]