१२ चैत्र २०८२, बिहीबार
मुख्‍य समाचार राजनीति समाचार

हवाई क्षेत्रलाई सुरक्षित बनाउन नियामक र सेवा प्रदायक छुट्याउनुपर्छ : सोबिता गौतम

२९ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले नेपालको हवाई क्षेत्रमा गम्भीर समस्या देखिएको बताएकी छन् । मंगलबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर बोल्दै उनले हवाई क्षेत्रलाई सुरक्षित बनाउन नियामक र सेवा प्रदायक छुट्याउने विधेयक छिटो अगाडि बढाउनुपर्ने बताइन् । साउन २३ गते नुवाकोटमा भएको हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु भएको […]

मुख्‍य समाचार समाचार

केहीबेरको वर्षामै बुटवलको अमरपथ जलमग्न

२९ साउन, बुटवल । केहीबेरको वर्षाले बुटवलको मुख्य ब्यापारिक क्षेत्र अमरपथ जलमग्न बनेको छ । नालीको उचित निकास र व्यवस्थापन नहुँदा बुटवलको लक्ष्मीनगर क्षेत्रबाट आएको भलले अमरपथ र हाटबजार क्षेत्र जलमग्न भएको हो । लेदो माटोसहितको भलले अमरपथ क्षेत्रमा केही समय सवारी साधन चलाउन र आवागमनमा समस्या भएको थियो । स्थानीयले नालीमा जम्मा भएका प्लास्टिक […]

मुख्‍य समाचार समाचार समाज

कर्मचारी तलबबारे मन्त्रिपरिषद्‍मा डेढ घण्टा बहस

२९ साउन, काठमाडौं । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकका प्रमुख एजेण्डा थियो, १० असारमा सर्वोच्च अदालतले मर्यादाक्रमका आधारमा कर्मचारीको तलबमान निर्धारण गर्न दिएको परमादेशको कार्यान्वयन गर्ने । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लगेको यो प्रस्ताव बैठकमा पेश भएपछि सर्वोच्चको फैसलाबारे मन्त्रीहरुले चासो देखाए । स्रोतका अनुसार बैठकमा मुख्यसचिव लीलादेवी गड्तौलालाई परमादेश (फैसला) को पूर्णपाठ वाचन गरेर सुनाइन् […]

मुख्‍य समाचार समाचार समाज

प्रहरी–सशस्त्रमा घट्दो छ शान्ति मिसनमा जाने अवसर

२९ साउन, काठमाडौं । संयुक्त राष्ट्रसंघले दुई महिनाअघि सार्वजनिक गरेको सूची अनुसार, शान्ति मिसनमा सहभागी हुने फौजमा नेपाली सेना पहिलो स्थानमा छ । राष्ट्रसंघको न्यूयोर्कस्थित हेडक्वार्टरले नेपाली सेनालाई सैनिक सल्लाहकारमा उम्मेदवारी दिनसमेत प्रस्ताव गरेको थियो । यदि नेपाली सेनाले यो भूमिका पाएको भए शान्ति सेनामा नेपालीको उपस्थिति हालसम्मकै उच्च तहमा पुग्ने थियो । नेपाली सेना […]

अर्थ मुख्‍य समाचार समाचार

घट्यो सेयर बजार, साढे २१ अर्बमा खुम्चियो कारोबार

२९ साउन, काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से घटेको छ । अघिल्लो दिनको तुलनामा यस दिन ८.१८ अंकले नेप्से घटेसँगै २९२३ अंकमा कायम भएको छ । कुल २१ अर्ब ५१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि हिजो २७ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । ८० कम्पनीको मूल्य बढ्दा १५७ […]

मुख्‍य समाचार राजनीति समाचार

ठूलो दल बनेर सरकार चलाएर देखाउन गगन थापाको रास्वपालाई चुनौती

२९ साउन, काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले राज्यको कोषको एक रुपैयाँ पनि तलमाथि हुन दिन नहुने बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले बिजुली प्रयोग गर्नेको बक्यौता जसरी पनि उठाउनु पर्ने भन्दै यस विषयमा कसैलाई अन्याय नहुने हिसाबले काम गर्नुपर्ने बताए । उनले भने, ‘जसले बिजुली प्रयोग गरेको छ, […]

मुख्‍य समाचार समाचार समाज

मौरिसस पुर्या‍ई मानब बेचबिखन गर्ने व्यक्ति पक्राउ

२९ साउन, काठमाडौं । प्रहरीले ग्रीनकार्डको प्रलोभन मा पारी मौरिसस पुर्या‍ई मानब बेचबिखन गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा कमल गाउँपालिका–१ घर भएका ५४ वर्षीय बुद्धिराज न्यौपानेलाई रहेका छन् । प्रहरीका अनुसार पीडितगत असार २० गते नेपाल फर्किई उजुरी दिए पश्चात मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहल बाट खटिएको प्रहरीले उनलाई […]

मुख्‍य समाचार राजनीति समाचार समाज

सातै प्रदेशमा मानव अंगप्रत्यारोपण उप केन्द्र बनाइने मन्त्री पौडेलको घोषणा

२९ साउन, काठमाडौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सातवटै प्रदेश मा मानव अंगप्रत्यारोपणका लागि उप केन्द्र खोलिने घोषणा गरेका छन् । विश्व अंगदान दिवसकाअवसरमा भक्तपुर स्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अंगदान गर्नेहरुलाई सम्मानगर्दै मन्त्रीपौडेलले आफूले हालै सार्वजनिक गरेको कार्ययोजना मा पनि यो विषय समेटिएको बताए । उनले भने,‘मानव अंगदानका लागि सबै प्रदेशमा यसै […]

मुख्‍य समाचार राजनीति समाचार समाज

‘प्रधानमन्त्रीले विद्युत लाइन जोड्न जस्तै महसुल उठाउन पनि निर्देशन दिनुपर्छ’

२९ साउन, काठमाडौं । रास्वपा सांसद हरि ढकालले प्रधानमन्त्री केपीशर्मा ओलीलाई ओलीलाई विद्युत लाइन जोड्न निर्देशन दिए जस्तो महसुल उठाउन पनि निर्देशन दिन आग्रह गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मिटर जडान गरिएको ठाउँको महसुल उठाउन को लागि यो हालत छ भने मिटर नभएका भन्सारमा के हालत हुन्छ भन्र्दै प्रश्न समेत गरे । उनले भने, […]

मुख्‍य समाचार राजनीति समाचार समाज

सबै प्रदेशमा मानव अङ्ग प्रत्यारोपण उपकेन्द्र स्थापना गर्ने मन्त्री पौडेलको घोषणा

२९ साउन, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशमा मानव अङ्ग प्रत्यारोपण केन्द्र स्थापना गर्ने घोषणा गरेका छन्। विश्व अङ्गदान दिवसका अवसरमा भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अङ्गदान गर्नेहरुलाई आज सम्मान गर्दै मन्त्री पौडेलले आफूले हालै सार्वजनिक गरेको कार्ययोजनामा पनि अङ्गदान केन्द्र स्थापनाको विषय समेटिएको बताए । “मानव अंगदानका लागि सबै प्रदेशमा […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार

भरतपुरका सबै वडामा ‘सिसी क्यामेरा’

२९ साउन, चितवन । भरतपुर महानगरपालिकाका २९ वटा वडाका संवेदनशील क्षेत्रहरुमा सिसी क्यामेरा जडान गरिने भएको छ । महानगरपालिकाले बोलपत्र आह्वान गरी क्यामेरा जडानको प्रक्रिया अघि बढाएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलका अनुसार चार अटोमेटिक नम्बर प्लेट रिकोनाइजेसन (एएनपिआर) सहित चार सय १८ उच्च क्षमताका क्यामेरा जडान गर्न लागिएको हो । उहाँका […]

मुख्‍य समाचार समाचार समाज

तीर्थयात्रीको उपचारका लागि गोसाइँकुण्डमा चिकित्सक टोली

२९ साउन, काठमाडौँ । रसुवाको उत्तरी क्षेत्रमा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमा मेलामा पुगेका तीर्थयात्रीको उपचारका लागि विशेषज्ञ चिकित्सकको टोली त्यसतर्फ गएको छ । बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय र हिमालय उद्धार सङ्घ काठमाडौँको सहकार्यमा गोसाइँकुण्डमा मेला भर्न गएका तीर्थयात्रीलाई लेक लाग्नेलगायत विविध समस्याको उपचारका लागि चिकित्सकसहित आठजनाको समूह गोसाइँकुण्ड गएको हो […]