१२ चैत्र २०८२, बिहीबार
मुख्‍य समाचार राजनीति समाचार समाज

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

३० साउन, काठमाडौं । संघीय संसदको राष्ट्रिय सभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बुधबार बस्दैछ । बिहान सवा ११ बजेका लागि बोलाइएको बैठक सिंहदरबारस्थित समितिको कार्यकक्षमा बस्नेछ । बैठकमा लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणका लागि अनिवार्य शर्त रहेको ‘सुशासन र यसको प्रवर्द्धन गर्न राष्ट्रिय सदाचार नीति’ जारी गर्ने सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने कार्यसूची रहेको […]

मुख्‍य समाचार राजनीति समाचार

प्रतिनिधिसभा बैठक बस्दै, ‘टीआरसी’ विधेयकमाथि छलफल हुने

३० साउन, काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक नयाँबानेश्वरस्थित संसद भवनमा बस्नेछ । आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले  कानून, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) विधेयक, २०७९० माथि […]

अर्थ मुख्‍य समाचार समाचार समाज

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर र कतारी रियालको विदेशी विनिमय दर स्थिर हुँदा बेलायती पाउण्ड र यूरोको विदेशी विनिमय दर बढेको छ । अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०६ पैसा र बिक्री दर १३४ रुपैयाँ ६६ पैसा पुगेको […]

मुख्‍य समाचार साहित्य/ समाचार

लारः कथा भित्रका कथाहरु (समीक्षा) 

वास्तविक घटनाहरुमा आधारित एवम् प्रेरित, मनोवैज्ञानिक कथा लेख्ने सर्जक मुना चौधरीद्वारा लिखित ‘लार’ कथासङ्ग्रह समाजको ऐनाको रुपमा देखिएको छ । ‘लार’ कथा सङ्ग्रहमा त्यस्ता कथाहरु कथिएको छ जुन हाम्रो समाजमा उहिलेदेखि अहिलेसम्म चलिआएका कथ्यहरु छन् । गाउँ समाजमा देखिने र सुनिने परिदृश्यलाई कथाको प्रसङ्गले सत्यलाई उजागर गर्दा व्यक्ति एवं समाज समयसँग हिँड्नुपर्ने पाठ सिकाउँछ । […]

मुख्‍य समाचार समाचार समाज

लामो नङ हुनेहरूलाई टाइपिङ गर्न सजिलो

३० साउन, काठमाडौं । लामो नङ राख्नु कसै कसैका लागि शोखको विषय हुन सक्छ । तर, लामो नङले धेरै काम गर्न भने बाधा पुर्‍याइरहेको हुन्छ । उदाहरणका लागि, टाइपिङ । लामो नङ भएका व्यक्तिले तुलनात्मक रूपमा ढिलो टाइप गर्छन् । ‍अनि, उनीहरूले धेरै समयसम्म टाइप गरी रहन सक्दैनन् । चाहे स्मार्टफोनमा होस् अथवा भौतिक किबोर्डमा […]

मुख्‍य समाचार राजनीति समाचार

२०–३० वर्षको उमेरमा बिहे गर्न प्रधानमन्त्रीको सुझाव

३० साउन, काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले जनसंख्याको आवश्यकता र भविष्यमा हुन सक्ने डेमोग्राफिक्स डिसअर्डरबारे अहिलेदेखि नै गम्भीर हुनुपर्ने बताएका छन् । सोमबार अन्तर्राष्ट्रिय युवा दिवस समारोहमा उनले युवाहरूलाई २०–३० वर्षको उमेरतिर बिहे गर्न सुझाएका हुन् । ‘२०–३० वर्षको उमेरतिर बिहे गर्नुस्, छिट्टै बच्चाबच्ची पाइहाल्नुस्, त्यसो गरेपछि जबमा लागे पनि भो, जेमा लागे पनि भो, बाहिरफेर घुमाइफिराइ […]

मुख्‍य समाचार राजनीति समाचार

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

३० साउन, काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने भएको छन् । गत असार १८ गते मुख्यमन्त्री दीर्घ सोडारीले पदबाट राजीनामा दिएपछि २० गते काँग्रेस एमालेको समर्थनमा शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएको ३० दिन भित्रै विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री शाहले आज विश्वासको मत लिन […]

मुख्‍य समाचार समाचार

चार प्रदेशमा भारी वर्षाको सम्भावना

३० साउन, काठमाडौँ ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधरणतया बदली रहने छ। सबै प्रदेशका […]

मुख्‍य समाचार समाचार

नेपालमा समाज बिथोल्ने खालका कुनै पनि आन्दोलन सम्भव छैन : प्रधानमन्त्री

२९ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा समाज बिथोल्ने खालका कुनै पनि आन्दोलन सम्भव नरहेको बताएका छन् । मंगलबार महान्यायाधिवक्ताको कार्यालय अवलोकनपछि उनले सरकारबाट देशद्रोही, जनविरोधी र अलोकतान्त्रिक कुनै काम नहुने भएकाले त्यस प्रकारको आन्दोलन सम्भव नभएको बताए । सरकारी वकिलहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकार सुशासन कायम गर्दै समृद्धि हासिल गर्ने बाटोमा […]

मुख्‍य समाचार समाचार

लजमा जुवा खेलिरहेका आठजना समातिए

२९ साउन, काठमाडौं । सुनसरीमा जुवातास खेलिरहेको अवस्थामा आठजनालाई प्रहरीले पक्राउ गरेको छ । धरान उपमहानगरपालिका–८, भोटेपुलस्थित कञ्चनजंघा होटेल एन्ड लजको ३०३ नम्बर कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा उक्त होटेल सञ्चालक धरान–१६ की ४९ वर्षीया प्रमिला योङदेनसहित आठजना छन् । सोमबार (हिजो) राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान […]

मुख्‍य समाचार समाचार

कुलमानको सम्पत्ति छानबिनसहितको अनुसन्धान माग गर्दै अख्तियारमा उजुरी

२९ साउन, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नेपाल प्रहरीका पूर्वडीआईजी तथा हाल एन्टी कर्प्स नेटवर्कका निर्देशक रमेश खरेलले अख्तियारमा मंगलबार उजुरी दिएका हुन् । उनले कुलमानले नेपाल विद्युत् प्राधिकरणबाट अकुत सम्पत्ति आर्जन गरेको र आफ्ना चार भाइको नाममा सम्पत्ति लुकाएको भन्दै छानबिन माग […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

इजरायलको आक्रमणबाट गाजामा ज्यान गुमाउनेको संख्या ४० हजार पुग्यो

२९ साउन, काठमाडौं । पूर्वी खान युनिसको अबसान अल काबिरा क्षेत्रमा रहेको एउटा घरमा भएको इजरायली आक्रमणबाट कम्तीमा १० जनाको मृत्यु भएको छ । अन्य धेरै घाइते भएको अल्जजिराले जनाएको छ । पछिल्लो २४ घण्टामा ३२ प्यालेस्टाइनी मारिएका छन् भने ८८ जना घाइते भएका छन् । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा इजरायलको आक्रमणबाट कम्तीमा ३९ हजार […]