१८ बैशाख २०८३, शुक्रबार
मुख्‍य समाचार राजनीति समाचार

२०–३० वर्षको उमेरमा बिहे गर्न प्रधानमन्त्रीको सुझाव

३० साउन, काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले जनसंख्याको आवश्यकता र भविष्यमा हुन सक्ने डेमोग्राफिक्स डिसअर्डरबारे अहिलेदेखि नै गम्भीर हुनुपर्ने बताएका छन् । सोमबार अन्तर्राष्ट्रिय युवा दिवस समारोहमा उनले युवाहरूलाई २०–३० वर्षको उमेरतिर बिहे गर्न सुझाएका हुन् ।

‘२०–३० वर्षको उमेरतिर बिहे गर्नुस्, छिट्टै बच्चाबच्ची पाइहाल्नुस्, त्यसो गरेपछि जबमा लागे पनि भो, जेमा लागे पनि भो, बाहिरफेर घुमाइफिराइ गरे पनि केही भएन, छोराछोरी हुर्कंदै गर्छन्,’ उनले भने, ‘५० वर्षपछि नेपाल ज्येष्ठ नागरिकहरूको देश हुने खतरा छ, गीत गाउँछन् ४० कटेसी रमाउँला भनेर, उमेर छउन्जेल विदेशतिर गइराख्या हुन्छ, फ्युचर जेनेरेसनको कुरा गर्ने, अनि फ्युचर भनेको पैसा हो ? पैसाले फ्युचर हुन्छ ? त्यसका लागि बालबच्चा चाहियो होला ।’

प्रधानमन्त्री ओलीले उद्यमशीलताको विकास गर्ने र भविष्यबारे सोच्न सचेतसमेत गराए । एकातिर रोजगारीकै समस्या छ, बालबच्चा पाल्ने कसरी भन्ने समस्या त छँदै छ, त्यसकारण एकातिर हामीले उद्यमशीलताको विकास गर्नुप¥यो,’ उनले भने

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि