१२ चैत्र २०८२, बिहीबार
कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

जाजरकोटको चौखामा विद्युत सबस्टेशन निर्माण

३० साउन, काँक्रेविहार । नेपाल विद्युत् प्राद्यिकरणको रु १० करोड लागतमा जाजरकोटको नलगाड नगरपालिका–१२ चौखामा ३३/११ केभी विद्युत् प्रसारण लाइन सबस्टेशन निर्माण भएको छ । प्राधिकरणसँग वाइबा इन्फ्राटेक प्रालिले उक्त सबस्टेशन निर्माण गर्न सम्झौता गरेको थियो । एक महिनाभित्र सबस्टेशन चार्जिङ गर्ने लक्ष्य रहेको वाइबा इन्फ्राटेकका वरिष्ठ सर्वेक्षक करुण शाहीले जानकारी दिए । जाजरकोटको कुदुबाट […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

‘डेङ्गीलाई सामान्य रुपले नसोचौँ’

३०साउन, गण्डकी । यही साउन १० गते तनहुँको व्यास नगरपालिकाका–७ का ४८ वर्षीय पुरुषको डेङ्गी सङ्क्रमणबाट निधन भयो । यसको दुईसातापछि गत शनिबार हल्दीबारी गाउँपालिका–३ झापाकी ४२ वर्षीया शिक्षिकाले डेङ्गीकै कारण ज्यान गुमाउनुपर्‍यो । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार गत वर्ष नेपालमा डेङ्गी सङ्क्रमणबाट २० जनाको मृत्यु भएको थियो । […]

मुख्‍य समाचार समाज

अरुणमा जलसतह बढेपछि सर्तकता अपनाउन आग्रह

३० साउन, खाँदबारी (सङ्खुवासभा) । रातभरिको वर्षाले अरुण नदीमा जलसतह बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन तल्लो तटका बासिन्दालाई अनुरोध गरेको छ । साथै, स्थानीय प्रशासनले खोला, नदीमा जलसतह बढेको खण्डमा स्थानीय प्रशासन वा नजिकको प्रहरीलाई खबर गर्न आग्रह गरेको छ । यसैबीच, निरन्तरको वर्षाले मकालु गाउँपालिकाका फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको बाँध भरिएर बगेको […]

मुख्‍य समाचार समाचार समाज

नारायणगढ–बुटवल सडक अवरुद्ध

३० साउन, मध्यविन्दु (नवलपरासी) । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा सोमबार सडक भासिएको स्थानमा गए राति लेदो खसेपछि सडक पुनः अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्तापूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार मङ्गलबार साँझदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको सडक गए रातिको वर्षापछि […]

मुख्‍य समाचार समाचार समाज

क्यान्सरपीडितलाई २७ लाख सहयोग

३० साउन, पाँचथर । सामाजिक सञ्जालको उपयोग गरी यहाँकी एक क्यान्सरपीडित महिलाको उपचारका लागि रु २७ लाखभन्दा बढी रकम सङ्कलन भएको छ । फालेलुङ गाउँपालिका–६ ओगेम्बाकी ३५ वर्षीया सजिना राईको उपचारका लागि फेसबुकबाट रु २७ लाख ११ हजार चार सय २९ सङ्कलन भरेको हो । स्तन क्यान्सर पीडित सजिनाको उपचारमा आर्थिक अभाव भएपछि दीपज्योति युवा […]

मुख्‍य समाचार समाचार समाज

गैरकानुनी रूपमा भित्र्याइएका सामान बरामद

३० साउन, वीरगञ्ज (पर्सा)। जिल्ला प्रहरी कार्यालयले भन्सार छलेर भित्र्याइएका रु आठ लाख ५८ हजार पाँच सय २० बराबरका लत्ताकपडा, खाद्यान्न र मोबाइलका पार्टस्लगायत सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीले बरामद भएका गरिएका सामान मङ्गबार वीरगञ्ज भन्सार कार्यालयलाई बुझाएको जानकारी दिए । प्रहरीले आर्थिक वर्ष २०८०/८१ मा रु […]

मुख्‍य समाचार समाचार समाज

तनहुँको आबुखैरेनीमा पक्की पुल निर्माण

३० साउन, तनहुँ। जिल्लाको आबुखैरेनी गाउँपालिका–२ र ३ को सिमानास्थित खहरेखोलामा रु दुई करोड ६२ लाख ५७ हजार सात सय ६७ मा पुल निर्माण सम्पन्न भएको छ । जिल्ला पूर्वाधार विकास कार्यालयका अनुसार निर्धारित मितिभन्दा ११ महिना अगावै निर्माण पूरा भएको हो । निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीका प्रतिनिधि शेरबहादुर गुरुङलाई भौतिक पूर्वाधार विकास तथा […]

अनौठो संसार मुख्‍य समाचार समाज

गुल्मीको रेसुङ्गा र मदानेमा भेटिए नयाँ प्रजातिका आठ चरा

३० साउन, गुल्मी। रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा आठ प्रकारका नयाँ प्रजातिका चरा फेला परेका छन् । नेपाल पक्षी संरक्षण सङ्घले गरेको सर्वेक्षणअनुसार मदाने र रेसुङ्गा संरक्षित वन क्षेत्रमा ती चरा फेलापरेका सङ्घका परियोजना अधिकृत भरत पन्थीले राससलाई जानकारी दिए । मदाने वन क्षेत्रमा भेटिएका थप नयाँ प्रजातिका चरामा चाकासूचक, कालोकण्ठे भुइँरोबिन, श्यामश्वेत अर्जुनक, […]

मुख्‍य समाचार राजनीति समाचार समाज

‘सुरक्षा जाँचका क्रममा नागरिकलाई सास्ती नहोस्’

३० साउन, कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सुरक्षा जाँचका क्रममा आम नागरिकले दुःख नपाउनभन्नेतर्फ सुरक्षा निकाय सधैँ सचेत रहनुपर्नेमा जोड दिँदै जनसेवालाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएको छ । यातायात क्षेत्रका समस्याबारे प्रदेशस्थित सुरक्षा निकाय र यातायात व्यवसायीलगायत सँग सम्बन्धित निकायका प्रतिनिधिहरूसँग मङ्गलबार भएको छलफलमा मुख्यमन्त्री कँडेलले सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी नागरिक […]

मुख्‍य समाचार समाज

तनहुँमा सिँचाइ सुविधा विस्तार

३० साउन, दमौली (तनहुँ)। जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले गत आर्थिक वर्षमा ५० हेक्टरमा सिँचाइ सुविधा विस्तार गरेको छ । यो सँगै जिल्लामा छ हजार सात सय ३४ हेक्टरमा सिँचाइ सुविधा उपलब्ध भएको छ । उक्त कार्यालयका प्रमुख प्रकाश लम्सालका अनुसार बन्दीपुर गाउँपालिका–४ स्थित देवीखोला खहरे सिँचाइ योजनाबाट ३० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार […]

मुख्‍य समाचार राजनीति

संसदीय विशेष समितिले दुई सहकारीका सञ्चालकसँग बयान लिँदै

३० साउन, काठमाडौं । सहकारी बचतकर्ताको बचत रकम अपचल सम्बन्धमा छानबिन गर्न  गठित संसदीय छानबिन विशेष समितिले दुई सहकारीका सञ्चालकसँग बयान लिँदैछ । कास्कीको पोखरास्थित जेलमा रहेका सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल र स्वर्णलक्ष्मी सहकारीका सञ्चालक भविश्वर अर्यालसँगको बयान लिइरहेको हो । यसका लागि बिहान ८ बजेदेखि बैठक जारी छ । समितिले जेलमा रहेका पाँचजनालाई […]

मुख्‍य समाचार समाचार समाज

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची

३० साउन, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । बुधबार रातो आलुको औसत मूल्य प्रतिकेजी ६८ रुपैयाँ रहेको छ । प्याज सुकेको ९७ रुपैयाँ ५० पैसा, लोकल गाजर १०५ रुपैयाँ, सेतो मूला हाइब्रीड २५ रुपैयाँ प्रति केजी रहेको छ । स्थानीय काउली ७६ रुपैयाँ, बन्दा […]