इजरायलले लेबनानमा हवाई हमला गर्दा ८ जनाको मृत्यु
५ असाेज, काठमाडौँ । इजरायलले लेबनानमा पछिल्लो २४ घण्टामा दोस्रो पटक हवाई आक्रमण गरेको छ। लेबनानमा इजरायलले गरेको यो दोस्रो आक्रमण हो। राजधानी बेरुतको दहियाह क्षेत्रमा आक्रमण हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। साथै दर्जनौं घाइते भएको जनाइएको छ। यो हमलामा हिजबुल्लाहको शीर्ष सैन्य इकाई जिहाद काउन्सिलका सदस्य इब्राहिम अकिल पनि परेको […]











