बझाङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु
३ भाद्र,काठमाडौँ । अविरल वर्षासँगै बझाङको बुङ्गल नगरपालिका–१० स्थित टुमेडा गाउँमा पहिरो जाँदा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुङ्गल–१० का टुमेडाका काली धामी, गोल्की धामी, आकृति धामी, लक्ष्मी धामी रहेका सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिए । गए राति गएको पहिरोमा घर पुरिँदा चार जनाको मृत्यु भएको उनले बताए । […]











