१८ श्रावण २०८३, सोमबार
मुख्‍य समाचार राजनीति समाचार

उपनिर्वाचन बारे छलफल गर्न रास्वपाले डाक्यो केन्द्रीय समितिको बैठक

११ असाेज, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आइतबार बस्ने भएको छ । बैठक बिहान ११:३० बजेका लागि डाकिएको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठकमा स्थानीय तहको उपनिर्वाचन, प्रथम राष्ट्रिय भेलाको समीक्षा लगायत समसामयिक राजनीतिक गतिविधिमा छलफल हुनेछ । यसै गरी रास्वपा नेताहरूको चीन भ्रमण र […]

मुख्‍य समाचार समाचार समाज

मौसमका कारण आन्तरिक उडान प्रभावित, अधिकांश विमानस्थल बन्द हुँदा काठमाडौँमा यात्रुको चाप

११ असाेज, काठमाडौँ । मौसमका कारण आन्तरिक उडान प्रभावित भएको छ । खराब मौसम र कम भिजिबिलिटीका कारण आज (शुक्रवार)का उडानहरू प्रभावित भएका हुन् । खराब मौसमका कारण पोखरा, विराटनगर, सिमरा, सुर्खेत, जनकपुर विमानस्थल बन्द छन् । मौसमका कारण बुद्ध एयरको सिमरा गएको जहाज डाइभर्ट भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अन्तर्राष्ट्रिय उडानमा कुनै समस्या […]

अर्थ मुख्‍य समाचार समाचार

सुनको मूल्य हालसम्मकै उच्च, आज कतिमा हुँदैछ कारोबार ?

१ असाेज,  काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । आज छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर १ लाख ६१ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ७०० रुपैयाँ कायम भएको थियो । यस्तै, आज […]

मुख्‍य समाचार समाचार समाज

बैतडीमा जिप दुर्घटना

११ असाेज, बैतडी । बैतडीमा जिप दुर्घटना भएको छ । बैतडीको छेलाबाट दशरथचन्द नगरपालिका-३ दुर्गाभवानी जाँदै गरेको से १ ज ३२० नम्बरको जिप बिहीबार राति डुवापानी भन्ने स्थानमा दुर्घटना भएको हो । जिपमा ८ जना सवार रहेका बताइएको छ । दुर्घटनामा चालकसहित ६ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जना जिल्ला अस्पताल बैतडीमा उपचार […]

मुख्‍य समाचार राजनीति समाचार

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार

११ असाेज, काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही असोज १३ गते आइतबार बस्ने भएको छ । काँग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीका अनुसार बैठक आइतबार दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने बताइएको छ । […]

मुख्‍य समाचार समाचार

कालीगण्डकी करीडोर : जोमसोम-कागबेनी खण्डमा कालोपत्र

११ असाेज, म्याग्दी । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करीडोरअन्तर्गत मुस्ताङको सदरमुकाम जोमसोमदेखि मुक्ति क्षेत्र गाउँपालिकाको केन्द्र कागबेनीसम्म १३ किलोमिटरसडक कालोपत्र भएको छ । जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गरिएको हो । बेनी-जोमसोम-कोरला सडक आयोजनाअन्तर्गत जोमसोम-कागबेनी खण्डमा कालोपत्र गर्न रु. २८ करोड १४ लाखमा ठेक्का सम्झौता गरेको थियो । बेनी-जोमसोम-कोरला सडक आयोजनाका […]

अर्थ मुख्‍य समाचार समाज

कति छ शुक्रबारको विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३४ रुपैयाँ १४ पैसा कायम भएको छ । त्यस्तै, आज युरो एकको खरिददर १४८ रुपैयाँ ९३ पैसा र बिक्रीदर १४९ रुपैयाँ ६० पैसा रहेको छ । त्यसैगरी, साउदी […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

प्रधानमन्त्री ओली अमेरिकी राष्ट्रपति बाइडेनद्वारा आयोजित स्वागत समारोहमा सहभागी

११ असाेज, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा आयोजित स्वागत समारोहमा सहभागी भएका छन् । संयुक्त राष्ट्रसंघको ७९ औँ महासभाका क्रममा राष्ट्रपतिले आयोजना गरेको समारोहमा प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्य सहभागी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मुख्‍य समाचार समाचार समाज

पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जाँदै

११ असाेज, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जाने भएका छन् । निजी भ्रमणको सिलसिलामा उनी भुटान जान लागेका उनको सचिवालयले जानकारी दिएको छ । संवाद सचिवालयको सचिव डा.फणीन्द्र पाठकले आगामी हप्ता शाह भुटान जान लागेको जानकारी दिएका छन् । उनको भ्रमणबारे थप विवरण भने खुलाइएको छैन ।

मुख्‍य समाचार राजनीति समाचार

आज दुईवटा संसदीय समितिको बैठक बस्दै

११ असाेज, काठमाडौँ । काठमाडौँ । संघीय संसद्अन्तर्गत दुईवटा संसदीय समितिको बैठक आज बस्दै छ । जसअनुसार बिहान ११ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ । बैठकमा लाङटाङ राष्ट्रिय निकुञ्जको अनुगमन कार्यक्रमको समीक्षा, शुक्ला फाँटा, बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकन सम्बन्धमा छलफल हुनेछ । यस्तै, दिउँसो १ बजे बस्ने विधायन […]

समाचार समाज

यस्तो रहेको छ आजको राशिफल

११ असाेज, काठमाडौँ ।  मेष : बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला । बौद्धिक विकास होला । धार्मिक यात्राको योग पनि छ ।   मिथुन : आज शुभकार्यको चर्चा चल्नेछ । परोपकारमा रुचि बढ्नेछ । चलाखीपूर्ण बोलीले काम बन्न सक्छ र बन्धु बान्धवबाट सहयोग पनि मिल्नेछ ।   सिंह : आज […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन कैलाली प्रशासनको आग्रह

११ असाेज, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय कैलालीले नदी किनार र तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । प्रशासनले जिल्लामा जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाबाट जारी भएको बुलेटिन अनुसार आइतवार सम्म मेघ गर्जन–चट्याङ्ग सहितको अति भारी वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको जनाएको छ । प्रशासनद्धारा जारी सूचनामा नदी […]