१८ श्रावण २०८३, सोमबार
मुख्‍य समाचार समाचार समाज

विपदमा देशभर ४९ जनाको मृत्यु, ४० जना बेपत्ता

१२ असाेज, काठमाडौँ । दुई दिनदेखिको लगातारको वर्षाका कारण भएका विपद्का घटनामा देशभर अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ । त्यसमध्ये उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौँमा मात्रै ३२ जनाले ज्यान गुमाएका छन् । नेपाल प्रहरीका सहप्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार विपद्का घटनामा परेर हालसम्म ३४ जना घाइते भएका तथा ४० जना सम्पर्कविहीन भएका […]

मुख्‍य समाचार समाचार समाज

विद्यालयहरुलाई ‘बुक फ्री फ्राइडे’ मनाउन भीमदत्त नगरपालिकाको निर्देशन

११ असोज, महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले ‘बुक फ्री फ्राइडे’ कार्यक्रम लागु गर्न मातहतका विद्यालयहरुलाई निर्देशन दिएको छ । विद्यार्थीहरुमा निहित प्रतिभा प्रस्फुटन, व्यवहारिक ज्ञान तथा व्यक्तित्व विकासका लागि नगरपालिकाले मातहतका विद्यालयहरुमा प्रत्येक शुक्रबार ‘बुक फ्री फ्राइडे’ मनाउन निर्देशन दिएको हो । ‘बुक फ्री फ्राइडे’ मा प्रत्येक शुक्रबार विद्यालयहरुमा हाजिरी जवाफ प्रतियोगिता, वक्तृत्वकला, चित्रकला, नृत्य, […]

मुख्‍य समाचार समाचार

कैलालीमा सर्पले टोकेर एक युवती घाइते

११ असोज, काठमाडौँ । कैलालीमा सर्पले टोकेर एक युवती घाइते भएकी छन् । शुक्रबार बिहान घरमा सुतिरहेका बेला टीकापुर नगरपालिका–३ शंकरपुर बस्ने २२ वर्षीया ममता विकलाई सर्पले टोकेको हो । सर्पको टोकाइबाट गम्भीर घाइते भएकी विकको टीकापुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहोराले बताए ।

मनोरन्जन मुख्‍य समाचार समाचार

निखिल उप्रेतीले गरे कपाल प्रत्यारोपण

११ असोज, काठमाडौँ । अभिनेता निखिल उप्रेतीले कपाल प्रत्यारोपण (हेयर ट्रान्सप्लान्ट) गरेका छन् । दरबारमार्गस्थित आवरण स्किन एन्ड हेयर क्लिनिकमा सर्जन डा।रूपक घिमिरे मार्फत निखिलले नयाँ हेयर ट्रान्सप्लान्ट गरेका हुन् । आधुनिक प्रविधि र विशेषज्ञ डाक्टरहरूको निगरानीमा उनले कपाल रोपेका हुन् ।  फिल्मको छायांकनमा जाँदा लाइट, मेकअपका सामग्रीमा हुने रसायनसहित धुवाँ, धुलो, घाम पसिनाले कपालमा […]

मुख्‍य समाचार समाचार समाज

बागमती नदीले खतराको तह पार गर्‍यो, सतर्कता अपनाउन आग्रह

११ असोज, काठमाडौँ । बागमती नदीले खतराको तह पार गरेको छ । उपत्यकाको खोकना जलमापन केन्द्रमा हालको जलसतह खतरा तहभन्दा धेरैमाथि पुगेको मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सार्वजनिक सूचना जारी गरी जनाएको छ । यहाँ खतराको तह ४ मिटर रहे पनि बाढी बढेर करिब पाँच मिटरमा पुगेको छ । अझै बढ्दो क्रममा रहेकाले नदीको […]

मुख्‍य समाचार समाचार

सर्वोच्च अदालतमा दुई न्यायाधीश सिफारिस

११ असोज, काठमाडौँ । न्याय परिषद्को बैठकले सर्वोच्च अदालतका लागि दुई न्यायाधीश सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानन्यायाधीश तथा न्याय परिषद्का अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो । परिषद्को बैठकले उच्च अदालतका […]

मुख्‍य समाचार समाचार समाज

भोलि बिहानसम्मका लागि आन्तरिकतर्फका सबै उडान स्थगित

११ असोज, काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौसममा आएको खराबीका कारण आज साँझ ७ बजेदेखि भोलि बिहानसम्मका लागि आन्तरिकतर्फका सबै उडान स्थगित गरेको छ । निरन्तरको वर्षाका कारण भिजिबिलिटी कमजोर हुने भएकाले आन्तरिकतर्फका सबै उडान स्थगित गरिएको क्यानले जनाएको छ । प्राधिकरणले आज साँझ एक सूचना जारी गर्दै प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय […]

Rato Kagaj Logo मुख्‍य समाचार समाचार समाज

बनस्थली ढुङ्गेधारास्थित खोलामा मोटरसाइकल खस्दा चालक बेपत्ता

११ असोज, काठमाडौँ । बनस्थली ढुङ्गेधारा नजिक मोटरसाइकल खोलामा खस्दा एक जना बेपत्ता भएका छन् । बुधबार कामपा १५  ढुङ्गेधारा नजिक रहेको  अन्नपूर्ण चोक स्थित खोलामा बा प्र.–०२–०१८ प २९७३  नम्बरको मोटरसाइकल खसेको र चालक वेपत्ता रहेको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता बिनोद घिमिरेले नेपालटिभीअनलाइनलाई जानकारी दिनुभयो । मोटरसाइकलमा सवार सिन्धुपालचोक घर भइ हाल रानिवन बस्ने १९ […]

मुख्‍य समाचार समाचार समाज

सुपर त्रिशूली हाइड्रोपावरको टिप्पर नदीले बगायो

११ असोज,  काठमाडौँ । सुपर त्रिशूली हाइड्रोपावरको एउटा टिप्पर त्रिशूली नदीले बगाएको छ । दुई दिनदेखि परेको वर्षाका कारण त्रिशूली नदीमा बाढी उर्लिँदा जलविद्युत् आयोजनाका चार वटा टिप्पर र दुई वटा एक्स्काभेटर नदीको बीच भागमा फसेका थिए । सुपर त्रिशूली आयोजना निर्माणका क्रममा नदीलाई दुई भँगालो बनाएर खडा गरिएको कृत्रिम टापुमा ती सवारीसाधन राखिएको थियो । […]

मुख्‍य समाचार राजनीति

प्रतिकूल मौसमका कारण सबै आन्तरिक उडान स्थगित

११ असोज,  काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौसममा आएको खराबीका कारण आज साँझ ७ बजेदेखि भोलि बिहानसम्मका लागि आन्तरिकतर्फका सबै उडान स्थगित गरेको छ । निरन्तरको वर्षाका कारण भिजिबिलिटी कमजोर हुने भएकाले आन्तरिकतर्फका सबै उडान स्थगित गरिएको क्यानले जनाएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आज साँझदेखि भोलि बिहान ६ बजेसम्मका लागि […]

खेलकुद मुख्‍य समाचार समाचार

एन्फा महिला लिगमा एपीएफसँग बागमती ७ गोलले पराजित

११ असोज, काठमाडौँ ।  एन्फा महिला लिगको शीर्ष स्थानमा रहेको विभागीय टोली नेपाल एपीएफ क्लबले बागमती युवा क्लबलाई पराजित गरेको छ। सातदोबाटोस्थीत एन्फा कम्प्लेक्समा शुक्रवार भएको खेलमा सुपर लिगमा प्रवेश गरिसकेको एपीएफले बागमतीलाई ७–० गोल अन्तरले पराजित गरेको हो। एपीएफको जितमा रश्मीकुमारी घिसिङले खेलको ३५, ५७, ८२ र ८८ औं मिनेटमा गोल गरिन्। त्यस्तै अनिता […]

मुख्‍य समाचार राजनीति समाचार

पार्टीमा संगठनात्मक एकता आवश्यक छ: महासचिव पोखरेल

११ असोज, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शंकर पोखरेलले पार्टीमा संगठनात्मक एकता आवश्यक रहेको बताएका छन् । एमाले पार्टी मुख्यालय ललितपुर, च्यासलमा आज आयोजित अखिल नेपाल महिला संघको चौथो बैठकमा उनले संगठनात्मक एकताले नै पार्टीमा देखिएका चुनौतीलाई समाधान गर्न सकिने बताए। महासचिव पोखरेलले पार्टीलाई बलियो बनाउन सबै तहका पार्टी संगठनका नेता कार्यकर्ता एकताबद्ध […]