१२ चैत्र २०८२, बिहीबार
कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

मेची भन्सारको राजस्व वृद्धि

४ भदौ, भद्रपुर । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा रु एक अर्ब २९ करोड पाँच लाख ३९ हजार राजस्व सङ्कलन गरेको छ । गत आव २०८०/८१ को सोही अवधिको तुलनामा यो १५ दशमलव ९३ प्रतिशतले बढी हो । मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी गणपति कँडेलका अनुसार गत आवको साउनमा रु […]

अर्थ मुख्‍य समाचार समाचार समाज

स्वास्थ्य बीमाबाट भरतपुर अस्पतालले पायो एक अर्ब ८९ करोड

४ भदौ, चितवन । स्वास्थ्य बीमाको व्यवस्थापनमा अग्रणी रहेको भरतपुर अस्पतालले बीमा कार्यक्रम लागू भएयता रु एक अर्ब ८८ करोड ९६ लाख ७८ हजार एक सय ५८ प्राप्त गरेको छ । यो अवधिमा बिमितले १० लाख ३५ हजार एक सय १५ पटक सेवा पाएका छन् । सेवा दिएबापत अस्पतालले बीमा बोर्डबाट सो रकम प्राप्त गरेको […]

अर्थ प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार

वीरगञ्ज भन्सारद्वारा साउनमा १२ अर्ब १६ करोड राजस्व सङ्कलन

४ भदौ, वीरगञ्ज । प्रमुख भन्सार नाका मानिने वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा रु १२ अर्ब १६ करोड ३२ लाख ५८ हजार राजस्व सङ्कलन गरेको छ । साउनमा १६ अर्ब ८६ करोड ८७ लाख ४० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो तर कार्यालयले लक्ष्यको ७२ दशमलव ११ प्रतिशत सङ्कलन […]

मुख्‍य समाचार समाचार समाज

प्रतिकूल मौसमले उडान प्रभावित

४ भदौ, काठमाडौँ । प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार खराब मौसम तथा कम ‘भिजिविलिटी’का कारण पोखरा र भरतपुर गन्तव्यमा उडान प्रभावित भएको हो । विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले आन्तरिक उडान सामान्य प्रभावित रहे पनि अन्तर्राष्ट्रिय उडान नियमित भइरहेको जानकारी दिए । “मौसम खराब रहेकाले […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

कालीगण्डकी करिडोर र डुम्रे–बेंसीसहर सडक अवरुद्ध

४ भदौ, मध्यविन्दु । कालीगण्डकी करिडोरअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) खण्ड अवरुद्ध भएको छ । गएरातिदेखिको अविरल वर्षाले बौदीकाली गाउँपालिका–३ स्थित जन्ती पहिरोमा लेदोसहितको पहिरो खस्दा सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । पहिरोले आज बिहान ७ः३० बजेदेखि सडक बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए । यस खण्डमा अहिले लगातार वर्षा […]

मुख्‍य समाचार समाचार समाज

पृथ्वीराजमार्ग एकतर्फी खुल्यो

४ भदौ, मुग्लिन । पहिरोका कारण पृथ्वीराजमार्ग एकतर्फी रुपमा सञ्चालन भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार आज बिहान ६ : ३५ बजे पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोला र फिस्लिङको बीचमा लेदोसहित पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध बनेको हो । पानी परिरहेकाले पहिरो पन्छाउन कठिनाइ भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला […]

खेलकुद मुख्‍य समाचार राजनीति समाचार

जापान जाने खेलाडीलाई अध्यक्ष प्रचण्डले गरे विदाई

४ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले जापानमा हुने वादोरियो कराते डोअन्तर्राष्ट्रिय प्रतियोगिता २०२४ मा सहभागी हुने खेलाडीलाई बिदाई गरेका छन् । उनिहरूलाई मंगलबार अध्यक्ष प्रचण्डले खुमलटारमा आयोजित एक कार्यक्रममाकाबिच बिदाई गरेका हुन् । अगस्ट २४ र २५ तारिखका दिन जापान टोकियोमा हुने ‘नवौं वादोरियो कराते डो […]

मनोरन्जन मुख्‍य समाचार समाचार समाज

‘कार्साङ’को छायांकन सकियो

४ भदौ, काठमाडौं । फिल्म ‘कार्साङ’को छायांकन सकिएको छ । यम शेर्पाको निर्देशनमा निर्माण भएको फिल्मको छायांकन २२ दिन लगाएर पुरा भएको हो । फिल्मको सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका क्षेत्रमा र बाँकी एक दृश्य खिचिएसँगै सम्पूर्ण छायांकन सकिएको निर्माण पक्षले जनाएको छ । ‘फिल्मको सम्पूर्ण टिम राम्रो रहेकाले सबैको मेहनतका साथ समयमै छायांकन सम्पन्न […]

मुख्‍य समाचार समाचार समाज

देशभर सुरक्षित र व्यवस्थित शहर बनाउने प्रयास भइरहेको छः मन्त्री सिंह

४ भदौ, काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सुरक्षित र व्यवस्थित शहर बनाउन शहरी विकास मन्त्रालयले काम गरिरहेको बताएका छन् । मंगलबार काठमाडौं क्षेत्र नं १ मा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् । उनले मन्त्रालयले शहरी विकास र पूर्वाधार निर्माणको काम शहर र ग्रामिण क्षेत्र दुवैलाई प्राथमिकतामा राखेर गर्ने पनि बताए […]

अर्थ मुख्‍य समाचार समाचार समाज

यस्तो छ आजको तरकारीको बजार भाउ

४ भदौ, काठमाडौं । कालीमाटी तरकारी तथा फलफूल विकास समितिले मंगलबार नेपाली ठूलो गोलभेडाको प्रतिकिलो ९० देखि १०० रुपैयाँ मूल्य रहेको जनाएको छ । त्यस्तै, स्थानीय सानो गोलभेडाको मूल्य प्रतिकिलो ४० देखि ५० रुपैयाँ रहेको छ । कालीमाटी तरकारी तथा फलफूल विकास समितिका अनुसार रातो आलुको मूल्य आज ६५ देखि ७० रुपैयाँ रहेको छ । […]

मुख्‍य समाचार राजनीति

रास्वपाको केन्द्रीय समिति बैठक भोलि, यस्ता छन् बैठकका एजेण्डा

४ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक बुधबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने भएको हो । बैठकमा पार्टीले राजधानीमा गर्ने भनेको राष्ट्रिय भेला, कर्णाली विषेश अभियान, संगठन निर्माण सम्बन्धी कार्यविधीबारे छलफल हुने पार्टी सहप्रवक्ता मनिष झाले जानकारी दिए । त्यस्तै, बैठकमा रास्वपाले सातवटै प्रदेशको […]