५ कार्तिक २०८३, बुधबार
मुख्‍य समाचार राजनीति समाज

समाजमा एकरुपता ल्याउनका लागि समावेशी अभ्यास अपरिहार्यः सञ्चारमन्त्री गुरुङ

४ कात्तिक, काठमाडौँ  । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले विविधतायुक्त समाजमा एकरुपता ल्याउन समावेशी अभ्यास अपरिहार्य रहेको बताएको छ । राष्ट्रिय समाचार समिति (रासस)सँगको अन्तर्वार्ताका क्रममा उहाँले समावेशी अभ्यास बलियो हुँदा समाजमा सबै वर्गले अपनत्व महसुस गर्न पाउने बताए । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले शान्त, समृद्ध, सुसभ्य, र विवादरहित समाज निर्माण गर्न […]

मुख्‍य समाचार समाचार समाज

कुवामा डुबेर एकजनाको मृत्यु

४ कात्तिक, तुलसीपुर (दाङ) । कुवामा डुबेर एकजनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–२ कुमलगडी निवासी २९ वर्षीय रजमान चौधरीको आज बिहान कुवामा डुबेर मृत्यु भएको हो । आफ्नै घरको कुवामा डुबेको अवस्थामा चौधरी मृत फेला परेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । चौधरीकी भाउजु आँसी चौधरीले कुवाबाट पानी तान्ने […]

अर्थ मुख्‍य समाचार समाज

नेप्से परिसूचक ४७ दशमलव ४४ अङ्कले घट्दा आठ अर्बभन्दा बढीको कारोबार

४ कात्तिक, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज एक दशमलव ७२ प्रतिशत अर्थात् ४७ दशमलव ४४ अङ्कले घटेर दुई हजार छ सय ९१ दशमलव ९१ अङ्कमा झरेको छ । नेप्सेका अनुसार आज विभिन्न कम्पनीका दुई करोड आठ लाख ६८ हजार नौ सय १९ कित्ता सेयर रु आठ अर्ब १८ करोड दुई लाख ६२ […]

मुख्‍य समाचार समाज

उपचार खर्च बेहोर्न नसक्ने जलनपीडितको निःशुल्क उपचार गर्ने निर्णय

४ असोज, काठमाडौँ । सरकारले उपचार खर्च गर्न बेहोर्न नसक्नेलाई जलनपीडितको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ । आज मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले कस्मेटिकबाहेकको जलन उपचारको व्यवस्था निःशुल्क गर्ने निर्णय भएको जानकारी दिए । सरकारले कोशी प्रदेशमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेस प्रदेशमा […]

मुख्‍य समाचार समाज

अर्थमन्त्रालय व्यावसायिक र औद्योगिक वातवारण सिर्जनामा केन्द्रित हुने

४ कात्तिक, काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालय आगामी दिनमा व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रित हुने बताएको छ । अर्थ मन्त्रालयमा आज बसेको उच्च व्यवस्थापन समूहको बैठकमा उसले मन्त्रालयले थप पुँजी परिचालन गरी लगानी वृद्धि गर्नका लागि व्यावसायिक र औद्योगिक वातावरण बनाउँदै जाने बताए । अर्थमन्त्री पौडेलले राजस्व सङ्कलन र पुँजीगत […]

मुख्‍य समाचार राजनीति समाज

शान्तिपूर्ण आन्दोलमा सुरक्षा गर्नुपर्ने प्रहरी प्रशासनबाटै दमन भयो : तोसिमा कार्की

४ कात्तिक,  काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले प्रहरी प्रशासनले शान्तिपूर्ण आन्दोलमा दमन गरेको बताएकी छन् । आइतबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले शान्तिपूर्ण आन्दोलनमा लाठ्ठि चार्ज गरेर पानीको फोहोरा प्रहार गर्नु शान्तिपूर्ण आन्दोललाई दमन गरेको बताएकी हुन् । उनले  भनिन्, ‘पानीको फोहोरा प्रहार गर्नु, लाठ्ठि चार्ज गरेर शान्तिपूर्ण  आन्दोलनको दमन गर्नु प्रहरी […]

मुख्‍य समाचार राजनीति समाज

सरकारले गर्यो सदर चिडियाखाना प्रकृति संरक्षण कोषलाई हस्तान्तरण

४ कात्तिक, काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले २३ वटा निर्णयहरु सार्वजनिक गरेको छ । आइतबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले २३ वटा निर्णयहरु सार्वजनिक गरेका हुन् । सार्वजनिक निर्णयहरुमा सरकारले संक्रमणकालीन न्याय (टीआरसी)सम्बन्धी आयोगहरू बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्यको नियुक्तिका लागि सिफारिस […]

मुख्‍य समाचार राजनीति समाचार

झुटा मुद्दामा मान्छेलाई फसाउने काम ओली सरकारले निरन्तर गरिरहेको छ : रवि लामिछाने

काठमाडौं । सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी ओली सरकारमा रहिरहने हो भने देशले धेरै दुःख पाउने बताएका छन् । आइतबार कास्की जिल्ला अदालतमा प्रहरीले उपस्थित गराउँदा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले यो सरकारले झुटा मुद्दामा मान्छेलाई फसाउने काम निरन्तर गरिरहेको भन्दै  कडा आलोचना गरेका हुन् । […]

मुख्‍य समाचार समाचार

रवि लामिछानेलाई अदालत पुर्याइयो

४ कात्तिक, पोखरा । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई िजल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ। शुक्रबार काठमाडौंबाट पक्राउ परेका रविलाई शनिबार बिहान पोखरा ल्याइएको थियो । शनिबार अदालत बन्द भएपछि रविलाई आज अदालतमा उपस्थित गराइएको हो । लामिछानेलाई अदालत लगिँदा बाहिर भने नेता कार्यकर्ताको चर्को […]

मुख्‍य समाचार राजनीति

सहरी विकास मन्त्रालयका एक सय दिनको प्रगति विवरण सार्वजनिक

४ कात्तिक, काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आफूले मन्त्रालय सम्हालेको एकसय दिनको काम र आगामी योजना सार्वजनिक गरेको छ । आज मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी उसले सार्वजनिक गर्नुभएको विवरणमा एक सय दिनमा धरहरा सञ्चालनदेखि मन्त्री आवास र २५ वटा स्थानीय तहको प्रशासकीय भवन निर्माण गरिएको उल्लेख छ । मन्त्रालयले उक्त अवधिमा […]

मुख्‍य समाचार राजनीति समाज

तीन वटै तहको समन्वयमा राहत विवरण हुन्छः मुख्यमन्त्री लामा

४ कात्तिक, पाटन (ललितपुर) । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वयमा राहत वितरणलाई प्रभावकारी बनाइने बताएको छ । नेपाली कांग्रेस ललितपुर प्रतिनिधिसभा क्षेत्र नं २ समितिले बाढीपहिरोले पु¥याएको क्षति र यसपछिको राहत, पुनःस्थापना, पुनःनिर्माणका विषयलाई सम्बोधन गर्न माग गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै आज उहाँले तीन वटै तहले दिने राहतका […]

मुख्‍य समाचार समाज

पर्यटन व्यवसायी वसन्तराज मिश्रको निधनप्रति गहिरो दुःख व्यक्त

४ कात्तिक, काठमाडौँ । पर्यटन व्यवसायी वसन्तराज मिश्रको निधनप्रति विभिन्न सङ्घ संस्थाले शोक वक्तव्य निकालेर गहिरो दुःख व्यक्त गरेका छन् । नेपाल उद्योग परिसङ्घ र प्यासिफिक एसिया ट्राभल एशोसिएश्न (पाटा ) नेपाल च्याप्टरलगायत संस्थाले स्वर्गीय मिश्रप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना अर्पण गरेका हुन् । साथै उसको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै […]