१८ श्रावण २०८३, सोमबार
समाचार समाज

कोशी ब्यारेजको पुलबाट सम्पूर्ण आवतजावत बन्द

१२ असाेज, सुनसरी । कोशी ब्यारेजको पुलबाट सम्पूर्ण आवतजावत बन्द गरिएको छ । सप्तकोशीमा पानीको बहाव खतराको तह पार गरेपछि उक्त पुलमा आवतजावतमा रोक लगाइएको हो । पूर्वी नेपालका पहाडी जिल्लामा तीन दिनदेखि लगातार वर्षा भइरहेको छ । सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलले आज एक विज्ञप्ति जारी गर्दै अहिले साँझ ४ः०० बजेदेखि अर्को […]

मुख्‍य समाचार समाचार समाज

नख्खु खोलाको उर्लँदो भेलमा चणिकलालको साहस : दुई जनाको जीवन रक्षा गरेर असल मानवताको उदाहरण प्रस्तुत

१२ असाेज,  काठमाडौँ । ललितपुरको सुगम बस्ती टोलमा शुक्रवारदेखि परेको अविरल वर्षाले नख्खु खोला उर्लिएको थियो, जसले गर्दा स्थानीय बासिन्दाहरू त्रसित थिए। यस्तो संकटको समयमा ३३ वर्षीय चणिकलाल तामाङले अदम्य साहस प्रस्तुत गर्दै नख्खु खोलाको उर्लंदो भेलमा हाम फालेर दुई जनाको जीवन बचाएका छन्। रौतहट घर भई ललितपुरको सुगम बस्तीमा बस्दै आएका ४३ वर्षीय राजु […]

समाचार समाज

बाढीपहिरोबाट भएको धनजनको क्षतिप्रति राष्ट्रपतिको चिन्ता

१२ असाेज,  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लगातार परेको भीषण वर्षाका कारण भएको जनधनको क्षतिबारे चासो र चिन्ता व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले गृहमन्त्री रमेश लेखकलाई टेलिफोन गरी भीषण वर्षाका कारण भएको जनधनको क्षतिबारे जानकारी लिएका हुन्। उनले देशका विभिन्न स्थानमा बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार तथा राहत कार्यमा […]

अन्तर्राष्ट्रिय समाचार समाज

जी-७७ र चीनलाई परराष्ट्रमन्त्री डा. राणाको आग्रह

१२ असाेज, काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विश्वका अतिकम विकसित एवं भूपरिवेष्टित देशहरू पछिल्ला वर्षहरूमा आर्थिक तथा अन्य समस्यामा परेका र ती देशहरूले ‘विकासको ‘एजेन्डा’ २०३०’ समेत पूरा गर्न सक्ने अवस्था नरहेकाले आवश्यक सहयोगका लागि जी-७७ समूहमा आबद्ध देशहरू र चीनलाई आग्रह गरेकी छन् । जी-७७ समूह र चीनको वार्षिक बैठकलाई आज न्युयोर्कमा […]

समाचार समाज

अपडेट : काठमाडौँ उपत्यकामा नौ महिने गर्भवतीसहित ३४ को मृत्यु (नामावली)

१२ असाेज, काठमाडौँ । बिहीबार रातिदेखिको अविरल वर्षापछिको बाढीपहिरोमा परी काठमाडौँ उपत्यकामा नौ महिनाकी गर्भवतीसहित ३४ जनाको मृत्यु भएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले ललितपुरमा १८, काठमाडौँमा ११ र भक्तपुरमा पाँच जनाको मृत्यु भएको पुष्टि गरेको छ । मृत्यु भएकामध्ये आज साँझसम्म २७ जनाको सनाखत भएको छ । अझै सात जनाको सनाखत हुन बाँकी […]

मुख्‍य समाचार समाचार समाज

अहिले सञ्चालन भइरहेका सबै तहको परीक्षा स्थगन गर्ने निर्णय

१२ असाेज, काठमाडौँ ।सरकारले तत्काललाई लागि अहिले सञ्चालन भइरहेका सबै तहको परीक्षा स्थगन गर्ने निर्णय गरेको छ। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले राखेको आकस्मिक बैठकले भारी वर्षाको कारणले अहिले देखिएको समस्याको कारणले परीक्षा थोरै समयका लागि स्थगन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए। भोलिदेखि काठमाडौंमा हुने मेडिकल काउन्सिलको परीक्षा पनि यो निर्णयसँगै रद्द भएको […]

राजनीति समाचार

द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली

१२ असाेज, बोस्टन (अमेरिका) । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायलाई टुङ्गो लगाउने क्रममा सशस्त्र द्वन्द्वकालमा भएका गम्भीर अपराधका घटनामा आममाफी नदिइने बताएका छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर आज अमेरिकाको न्युयोर्कबाट बोस्टन आइपुगेका प्रधानमन्त्री ओलीले हावर्ड विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै हालै संसदद्वारा पारित सङ्क्रमणकालीन न्यायसम्बन्धी  प्रक्रियाले कानुनी उपचारलगायत पीडितको अधिकार र हितको […]

मुख्‍य समाचार समाचार समाज

तामाकोशी जलविद्युत् आयोजनाका संरचनामा क्षति

१२ असाेज, काठमाडौँ । अविरल वर्षासँगे आएको पहिरोले दोलखाको बिगु गाउँपालिका-१ लामाबगरस्थित चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवर्क्स)मा क्षति भएको छ । माथिल्लो तामाकोशीमा पानीको बहाव उच्च भएपछि शुक्रबार साँझ ७ बजेदेखि विद्युत् उत्पादन बन्द गरिएको आयोजना कार्यालयले जनाएको छ । बाँधका सम्पूर्ण ढोकाहरू खुल्ला गरिएका छन् । बाँधस्थलभन्दा केही […]

मुख्‍य समाचार समाचार समाज

शनिबार बेलुकादेखि वर्षा मत्थर हुँदै जाने

१२ असाेज, काठमाडौँ । तीन दिनदेखि परिरहेको अविरल वर्षा आज बेलुकादेखि मत्थर हुँदै जाने अनुमान गरिएको छ । बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले पछिल्ला तीन दिनमा भइरहेको वर्षाको स्तर बेलुकादेखि बिस्तारै कम हुँदै जाने जानकारी दिए। “आज बेलुकादेखि नै वर्षा केही मत्थर हुन सुरु हुन्छ, तर ठ्याक्कै रोकिने होइन, भोलिसम्मै रहन सक्छ, जुन ‘इन्टेन्सिटी’मा वर्षा […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति

विदेशमा रहेका नेपालीको योगदान महत्त्वपूर्ण : परराष्ट्रमन्त्री डा. राणा

१२ असाेज, वासिङटन, डिसी । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले विभिन्न पेसा, व्यवसाय, अध्ययन तथा विविध कामको सिलसिलामा विदेशमा बस्दै आएका नेपालीले नेपाललाई ठूलो सहयोग गर्दै आएको बताएकी छन् । उनले नेपालमा आइपरेका अनेकन विपत्तिको घडीमा विदेशी भूमिमा रहेका नेपालीले महत्त्वपूर्ण सहयोग गर्दै आएको बताइन् । न्युयोर्कमा जनसम्पर्क समिति अमेरिकाले आयोजना गरेको छलफलमा मन्त्री राणाले भनिन्, “विदेशमा […]

मुख्‍य समाचार समाचार समाज

काभ्रेपलाञ्चोकको खानीखोलाका आठ घर बगे, विद्युत् सेवा बन्द

१२ असाेज, काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण बागमती खोलामा आएको बाढीले जिल्लाको डाँडापारिस्थित खानीखोला गाउँपालिका-६ मा आठ घर बगाएको छ । वडा नं ६ स्थित बागमती खोला किनार नजिक रहेका घर बाढीले बगाएको हो । स्थानीय धनबहादुर लामाले बाढीले नयाँ बस्तीका फुलबहादुर रुम्बा, हस्तबहादुर सिङ्तान, बुद्धि सिङ्तान, प्रकाश सिङ्तान, साजन सिङ्तान, देवराज सिङ्तान, विक्रम सिङ्तान र […]

मुख्‍य समाचार समाचार समाज

वर्षाजन्य विपद् भएको क्षतिप्रति काँग्रेस सभापतिद्वारा दुःख व्यक्त

१२ असाेज, काठमाडौँ । देशको अधिकांश भू-भागमा वर्षाका कारण बाढी पहिरो र डुबानमा परी भएको जनधनको क्षतिप्रति नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । अविरल वर्षाका कारण  व्यक्तिको मृत्यु र भौतिक सम्पत्तिको क्षति भएकामा उनले दुःख व्यक्त गरेका हुन्। “मानिसहरू बेपत्ता र घरबारविहीन भई विस्थापित हुनका साथै सयौँ व्यक्तिहरू घाइते भएका छन् । […]