१३ चैत्र २०८२, शुक्रबार
मुख्‍य समाचार

गोसाइँकुण्ड गएका दुई तीर्थयात्री लडेर घाइते

५ भदौ, रसुवा । गोसाइँकुण्ड गएका दुई तीर्थयात्री लडेर घाइते भएका छन् । रसुवा जिल्ला अस्पताल धुञ्चेका डा अमितकुमार शाहका अनुसार घाइते हुनेमा हेटौँडा निवासी ३२ वर्षिय विपीन बर्तौवाल र पोखरा निवासी ६२ वर्षिय हरिबहादुर तिवारी छन् । उनीहरूलाई रसुवा प्रहरीको सहयोगमा घटनास्थलबाट उद्धार गरी अस्पताल ल्याइएको थियो । गोसाइँकुण्डबाट फर्कंदै गर्दा मङ्गलबार दिउँसो ओरालो […]

मुख्‍य समाचार समाचार समाज

रेडपाण्डा संरक्षणमा दुई करोड बजेट खर्च गरिँदै

५ भदौं, फुङ्लिङ(ताप्लेजुङ) । संरक्षण क्षेत्रमा काम गर्दै आएको संस्था हिमाली संरक्षण मञ्चले ताप्लेजुङमा चालु आर्थिक वर्षमा रेडपाण्डा संरक्षणमा झन्डै रु दुई करोड खर्चने योजना बनाएको छ । रेड पाण्डा संरक्षण गर्न सो बराबरको बजेट खर्च गर्न लागिएको हो । हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईका अनुसार रेडपाण्डा नेटवर्कको सहयोगमा ४१ कार्यक्रम सञ्चालन गर्ने […]

मुख्‍य समाचार समाचार समाज

लेक लागेर एक वर्षमा २१ जनाको मृत्यु

५ भदौ, गण्डकी । पदयात्राका लागि लोकप्रिय गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा गत आव २०८०- ८१ मा २१ जना पर्यटकको लेक लागेर मृत्यु भएको छ । तीमध्ये छ जना नेपाली रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । आयोजना प्रमुख डा रविन कडरियाका अनुसार लेक लागेर मृत्यु हुनेमा ११ जना भारतीय, मलेसियाका दुई, युक्रेनका एक […]

मुख्‍य समाचार समाचार समाज

गुडिरहेको माइक्रोबसमा ढुङ्गा खस्दा दुईजना घाइते

५ भदौ, भरतपुर । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा गुडिरहेको माइक्रोबसमा माथिबाट ढुङ्गा खस्दा दुईजना घाइते भएका छन् । भरतपुर महानगरपालिका–२९ स्थित १७ किलोमा काठमाडौँबाट नारायणगढतर्फ आइरहेको बा प्र ०१–००६ ख ६४१४ नम्बरको माइक्रोबसमा ढुङ्गा खस्दा देबचुली नगरपालिका–१३ का ३० वर्षीया कल्पना परियार र उनकी आठ वर्षीया छोरी कन्चन परियार घाइते भएका हुन् । दुवैजना सोही माइक्रोबसका […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

दूध नपाउँदा ‘चितवन मिल्क’ चार महिनादेखि बन्द

५ भदौ, चितवन । दुग्ध उत्पादक सहकारी संस्था र फार्महरुको दूध प्रशोधन गर्दै आएको चितवन मिल्क उद्योग चार महिनादेखि बन्द भएको छ । भरतपुर महानगरपालिका–१ ठिमुरामा सञ्चालित उक्त उद्योगले गत वैशाखदेखि दूध नपाएपछि बन्द भएको हो । उद्योगले दूध ल्याएर प्रशोधन गरी नौनी घ्यू (बटर) र धुलो दूध उत्पादन गर्दै आएको थियो । उद्योगका प्रबन्धक […]

मुख्‍य समाचार समाचार

खराब मौसमका कारण उडान प्रभावित

५ भदौ, काठमाडौँ । प्रतिकूल मौसमका कारण मुलुकभरका विमानस्थलमा उडान प्रभावित भएको छ । खराब मौसम तथा कम भिजिबिलिटीका कारण आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार निरन्तरको वर्षाले केही उडान प्रभावित भएका छन् । मौसम खराब रहेकाले भिजिबिलिटी कमजोर हुँदा पोखरामा उडान स्थगित […]

अर्थ मुख्‍य समाचार राजनीति समाचार

युवाहरुका लागि स्टार्ट अप कार्यक्रम सुरु गर्नुपर्छः अर्थमन्त्री पौडेल

५ भदौ, काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले युवाहरुका लागि स्टार्ट अप कार्यक्रम सुरु गर्नुपर्ने बताएका छन् । बुधबार राजधानीमा आयोजित स्टार्टअप नेसनलाई सम्बोधन गर्दै उनले सृजनशील युवाहरुलाई राष्ट्रिय उत्पादनमा प्रयोग गनुपर्ने आजको आवश्यकता भएको  बताएका हुन् । उनले  भने, ‘सृजनशील युवाहरुलाई राष्ट्रिय उत्पादनमा प्रयोग गनुपर्ने आजको आवश्यकता छ, यसका लागि स्टार्ट अप कार्यक्रम सुरु गर्नुपर्ने […]

मुख्‍य समाचार समाचार समाज

नागढुङ्गा नजिक पहिरो खस्यो, यातायात सेवा अवरुद्ध

५ भदौ, काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गामा पहिरो खस्दा अहिले सो क्षेत्रमा यातायात सेवा अवरुद्ध भएको छ । पहिरो खसेका कारण सडक आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार नागढुङ्गा चोकबाट केही मिटर पर नागमन्दिर नजिकै पहिरो खसेको हो । काठमाडौँ भित्रिने […]

मुख्‍य समाचार राजनीति समाचार समाज

पहिचान भएका विषयहरुलाई निष्कर्षमा पुर्याउन ढिँलाई गर्नु हुँदैनः गृहमन्त्री लेखक

५ भदौ, काठमाडौं ।  गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार निवारण ऐन २०५९लाई समितिबाट छिट्टै पारित गर्न आग्रह गरेका छन् । बुधबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐनमाथिको छलफलमा सांसदले राखेका जिज्ञासाहरुको जवाफ दिँदै गृहमन्त्री लेखकले ऐनलाई संशोधन गर्न पहिचान भएका विषयहरुलाई निष्कर्षमा पुर्याउनुपर्ने बताए । उनले भने , ‘भ्रष्टाचार नियन्त्रणसँग जुन ऐन […]

मुख्‍य समाचार समाचार समाज

बुढासुब्बामा भक्तजनको घुइँचो

५ भदौ, धरान (सुनसरी) । बोलबम मेला सकिएसँगै सुनसरीको धरान उपमहानगरपालिका– १४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा बलि चढाउन आउने भक्तजनको घुइँचो लागेको छ । बुढासुब्बामा साउन महिनाभर भाकल पूरा गर्न र बलि चढाउन बन्द गरिएको थियो । विराटनगरकी सुमना खत्री साउनमा बलि चढाउन नमिल्ने भएकोले भाकल पूरा गर्न भदौ लागे लगत्तै आएको बताए । इलामका अतित […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

नासिँदै मौलिक सम्पदा

५ भदौ, ढोरपाटन (बागलुङ) । ग्रामीण क्षेत्रमा जथाभावी निर्माण भएका सडकले मौलिक सम्पदा मासिँदै गएका छन् । आधुनिक भौतिक संरचना तथा सडक निर्माण हुँदा गाउँका डाँडा, भञ्ज्याङ, बाटो छेउमा रहेका चौतारा, धर्मशाला र देउराली मासिँदै गएका हुन् । भरिया, स्थानीयले थकाइ मेटाउने चौतारा, बटुवाले बास बस्ने पाटीपौवा र धर्मशालाको अस्तित्व समाप्त हुँदै गएपछि बुढापाकाले चिन्ता […]

पर्यटन मुख्‍य समाचार समाचार

ताराखसे पोखरी बन्यो पर्यटकीय गन्तव्य

५ भदौ, धुलिखेल (काभ्रेपलाञ्चोक) । यहाँको रोशी गाउँपालिका–३ स्थित ताराखसे पोखरी पर्यटकीय गन्तव्य बनेको छ । स्थानीय सरकारले पोखरी वरपर भौतिक संरचना निर्माण गरेपछि लेकको शीरमा रहेको पोखरी हेर्न पर्यटक आउन थालेका छन् । स्थानीय गङ्गाबहादुर तामाङका अनुसार ताराखसे पोखरी हेर्न र घुम्नकै लागि पर्यटक आउन थालेका हुन् । यहाँ आउने पर्यटकहरुले पोखरी छेवैमा रहेको […]