४ कार्तिक २०८३, मंगलवार
मुख्‍य समाचार समाज

ग्रामीण बस्तीमा कालोपत्र सडक

६ कात्तिक, नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका र खजुरा गाउँपालिकाका भित्री सडक कालोपत्र भएपछि ग्रामीण क्षेत्रका बस्ती सुगम भएका छन् । जानकी गाउँपालिका–२ बेलभारदेखि वडा नं १ को शिवपुरीलगायत ग्रामीण क्षेत्र र खजुरा गाउँपालिका–१ जलपोखरी, सैनिक टोललगायत ग्रामीण भेगका बस्तीमा सडक कालोपत्र भएपछि आवागमन सहज भएको हो । सडक पूर्वाधार कार्यालय र स्थानीय सरकारको साझेदारीमा […]

मुख्‍य समाचार राजनीति समाज

जाजरकोटका दलले बुझाए मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षणपत्र

६ कात्तिक, काँक्रेविहार (सुर्खेत) । जाजरकोटका राजनीतिक दलहरुले कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई १० बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् । भूकम्प गएको एक वर्ष पुग्न लाग्दासमेत अस्थायी आवास बापतको रकम प्राप्त नभएकाले यहाँका राजनीतिक दलका प्रतिनिधिले मुख्यमन्त्रीसँग गुनासोसहित ध्यानाकर्षण पत्र बुझाएका हुन् । सङ्घीय सरकारले निर्माण गरिरहेको मध्यपहाडी राजमार्गको मन्ताभीर खण्ड निर्माण नभएको, भूकम्पपछिको पुनःनिर्माण, सहुलियत […]

मुख्‍य समाचार राजनीति समाज

जनप्रतिनिधिलाई नेतृत्व विकास तालिम

६ कात्तिक, तुलसीपुर (दाङ) । तुलसीपुर उपमहानगरपालिकाले जनप्रतिनिधिलाई नेतृत्व विकास तालिम प्रदान गरेको छ । उपप्रमुख स्यानी चौधरीका अनुसार तुलसीपुरका सबै वडा सदस्यलाई नेतृत्व विकास तालिम दिइएको हो । “जनप्रतिनिधिको नेतृत्व विकास आवश्यक छ”, उसले भने, “सोहीअनुसार नियमित यस्ता तालिम दिइरहनुपर्छ ।” जनताको सबैभन्दा नजिकको सरकार वडा भएकाले नेतृत्वमा हुनुपर्ने गुण, वडाको बजेट परिचालन गर्ने […]

मुख्‍य समाचार समाज

स्वास्थ्य बिमामा आकर्षण बढ्दै

६ कात्तिक, गलकोट (बागलुङ) । स्वास्थ्य बिमा कार्यक्रममा यहाँका एक लाख २६ हजार तीन सय ९९ जना आबद्ध भएका छन् । विसं २०७३ आसरदेखि जिल्लामा लागू भएको स्वास्थ्य बिमा कार्यक्रममा क्रमशः आबद्ध हुनेको सङ्ख्या वृद्धि भएको हो । यहाँको धौलागिरि अस्पताल, बागलुङ नगर अस्पताल, गलकोट नगर अस्पताल, जैमिनी नगर अस्पताल र ढोरपाटन नगर अस्पतालबाट स्वास्थ्य […]

मुख्‍य समाचार समाज

बाढीले कुरुप र क्षतविक्षत च्यासल रंगशाला : छैन् सरकारी चासो

६ कात्तिक,  काठमाडौं । दशरथ रंगशालाको विकल्पको रुपमा निर्माण गरिएको च्यासल रंगशाला गत असोजमा परेको अविरल वर्षापछि आएको बाढीले क्षतीग्रस्त बनेको छ । गत असोज दोस्रो साता परेको अविरल वर्षापछि च्यासल रंगशाला पोखरीमा परिणत भएको छ । बाढीका कारण मैदान भत्किनुका साथै अन्य भौतिक संरचनाहरुमा समेत क्षति पुगेको छ । क्षति विवरण संकलनका लागि समिति […]

मुख्‍य समाचार समाज

प्रत्यारोपण केन्द्रमा पुनः आन्दोलन चर्कियो, डा.श्रेष्ठलाई तत्काल बर्खास्तको माग

६ कात्तिक,  भक्तपुर । भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भएको अनियमितताविरुद्ध स्थानीयबासीले आन्दोलनका कार्यक्रम पुनः सुरु गरेका छन् । दशैं अघि एक महिना दिनसम्म चलेको आन्दोलन दशैंपछि पुनः सुरु भएको हो । सोमबारदेखि सुरु भएको आन्दोलनको कार्यक्रम मंगलबार पनि जारी रह्यो । भक्तपुर नागरिक सरोकार समाज सेवा सुचारु संघर्ष समितिको अगुवाइमा जारी आन्दोलन मंगलबार […]

मुख्‍य समाचार समाज

तिहारमा ३८ करोड रुपैयाँ बराबरको माला खपत हुने अनुमान

६ कात्तिक, काठमाडौं । यसपालीको तिहारमा ३८ करोड रुपैयाँ बराबरको फुलको माला खपत हुने अनुमान गरिएको छ । फ्लोरिकल्चर एसोसिएसनका अनुसार सयपत्री, मखमली र गोदावरी गरेर उक्त मूल्य बराबरको माला खपत हुने अनुमान छ । एसोसिएसनका निवर्तमान अध्यक्ष मीनबहादुर तामाङले तिहारबेला प्रत्येक बर्ष फुल र मालाको माग १० प्रतिशतले बढ्दै गएको बताए । यसबर्ष ४५ […]

मुख्‍य समाचार समाज

विश्वबन्धुत्वको सन्देश लिएर राष्ट्रगान यात्री नेपाली भारत यात्रामा

६ कात्तिक, गण्डकी । विश्वबन्धुत्व, सांस्कृतिक पर्यटन र सद्भावनाको सन्देशसहित विश्व राष्ट्रगान यात्री रामजी नेपाली भारत यात्रामा निस्केको छ । सोमबार पोखरादेखि बुटवल हुँदै उ भारतको देहरादुनतर्फ लागेको हो । नेपालीले एक सय ६० देशका राष्ट्रगान गाउँदै आएको छ । चन्द्र–सूर्य अङ्कित झन्डासहित देहरादुन, दिल्लीलगायत भारतका विभिन्न सहरको यात्रा गर्ने उसले बताए । “केही समय […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाज

विविध कार्यक्रमका साथ जङ्गी अड्डामा राष्ट्रसङ्घ स्थापना दिवस मनाइँदै

६ कात्तिक, काठमाडौँ । विश्वभर शान्ति,एकता,मैत्री र मेलमिलाप प्रवर्धन गर्ने उद्देश्यले स्थापना भएको संयुक्त राष्ट्रसङ्घको ७९ औँ वार्षिकोत्सव पर्सी बिहीबार विविध कार्यक्रमका साथ जङ्गी अड्डामा मनाइँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा हुने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको टोलीद्वारा शान्ति मार्च पास, झाँकी प्रदर्शन, तेक्वान्दोसहितका विभिन्न खेल र संयुक्त […]

खेलकुद मुख्‍य समाचार समाज

पाल्पामा भलिबल खेलाडीबीच प्रतिस्पर्धात्मक खेल हुँदै

६ कात्तिक, रामपुर (पाल्पा) । पाल्पामा खेलकुदका क्रियाकलाप बढ्दै गएका छन् । खेलकुदमा खेलाडीको मनोबल बढाउन प्रतिस्पर्धात्मक रुपमा विभिन्न खेल सञ्चालन भइरहेका छन् । मण्डली स्पोर्टस क्लब पूर्वखोला–१ सिलुवाको आयोजनामा पाल्पामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल खेलाडीबीच प्रतिस्पर्धात्मक रुपमा खेल हुने भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल खेलाडीबीच प्रतिस्पर्धात्मक हुनेगरी खुल्ला क्लबस्तरीय पुरुष तथा महिला […]

मुख्‍य समाचार समाज

नारायणगढ–मुग्लिन सडकको खहरेबाहेकका सबै पुल यसै महिना सञ्चालनमा आउने

६ कात्तिक, चितवन । नारायणगढ–मुग्लिन सडकमा निर्माणाधीन १४ पुल यसै महिनाको मसान्तसम्ममा सञ्चालनमा ल्याइने भएको छ । खहरे खोलाको पुलको पहुँच सडक सम्पन्न गर्न थप दुई महिना लाग्ने भए पनि अन्य पुल यसै महिनाभित्र सञ्चालनमा ल्याउन लागिएको हो । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर कृष्ण आचार्यका अनुसार मुग्लिन बजार नजिकैको काली खोलाको […]

मुख्‍य समाचार समाज

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

६ कात्तिक, वाशिङ्गटन डिसी (अमेरिका) । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरी ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी व्लिङ्केनले चौधरीसहित छ देशका सामाजिक अभियन्तालाई सोमबार यहाँ आयोजित कार्यक्रममा उक्त अवार्ड प्रदान गरेको थियो । स्टेट डिापर्टमेन्टले सार्वजिनक गरेको विवरणमा चौधरी छ वर्षको उमेरमा कमलरीको रूपमा मालिकको घरमा पुगेको थियो । […]