१८ श्रावण २०८३, सोमबार
मुख्‍य समाचार समाज

वर्षाले झापामा पाँच करोड २१ लाख बढीको क्षति

१७ असोज, बनियानी । अविरल वर्षाका कारण झापाको कृषि क्षेत्रमा रु पाँच करोड २१ लाखभन्दा बढीको क्षति भएको छ । वर्षाले जिल्लाका विभिन्न स्थानमा लगाइएको अन्नबाली नष्ट हुँदा रु पाँच करोड २१ लाख ५१ हजार ९०० बराबरको क्षति भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । झापा गाउँपालिका ४० दशमलव पाँच हेक्टरमा लगाएको धानबाली नष्ट हुँदा […]

मुख्‍य समाचार समाज

सडक दुर्घटना नियन्त्रण प्रयासःछाडा चौपायाका घाँटीमा ‘रिफ्लेक्टर’

१७ असोज, नेपालगन्ज । छाडा चौपायाका कारण सडक दुर्घटना नहोस् भन्ने उद्देश्यले नेपालगन्जका छाडा चौपायाको घाँटीमा ‘रिफ्लेक्टर’ लगाइएको छ । छाडा चौपायाका कारण राति बढी दुर्घटना हुन थालेपछि प्रहरीले छाडा चौपायालाई रिफ्लेक्टर लगाएको वडा प्रहरी कार्यालयका प्रमुख अरुण बमले बताए । नेपालगन्ज उपमहानगरपालिका–४, ५ र ६ का सडकमा अधिक छाडा चौपाया भेटिने गरेका बताउँदै उसले […]

मुख्‍य समाचार समाज

गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो

१७ असोज, गोरखा । गोरखा दरबारको दसैँघरमा आज विधिपूर्वक जमरा राखिएको छ । नवरात्रको पहिलो दिन घटस्थापनाका अवसरमा मूलदरबारस्थित दसैँघर, कालिका र गोरखनाथ मन्दिरमा बिहान ९:१६ बजेको साइतमा जमरा राखिएको गोरखकाली मन्दिरका मूल पुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिए । परम्पराअनुसार बिहान सबेरै गोरखकाली मन्दिरको कैलाश कोठाबाट देवी भगवतीलाई मूल दरबारको गर्भगृह (पूजाकोठा) मा पदस्थापना गराइ […]

मुख्‍य समाचार समाज

पोखराका शक्तिपीठमा दुर्गा महोत्सव

१७ असोज, गण्डकी । पोखरा र आसपासका शक्तिपीठमा नवदुुर्गा महोत्सव सुरु भएको छ । कास्कीकोट दरबारमा रहेको गुप्तकालीमा राष्ट्रशान्तिको कामना गर्दै महोत्सव आरम्भ भएको छ । गुप्तकाली कश्यप धार्मिक क्षेत्रविकास समितिले महोत्सव आयोजना गरेको हो । नवरात्र प्रारम्भ भएसँगै यहाँका देवीस्थान र कोटहरूमा महोत्सव आयोजना भएका हुन् । परापूर्वकालदेखि तान्त्रिक तथा वैदिक विधिबाट पूजा हुँदै […]

मुख्‍य समाचार समाज

म्याग्दीको मुदीमा स्वास्थ्यचौकी भवन निर्माण

१७ असोज, म्याग्दी । धवलागिरि गाउँपालिका–४ मुदीमा रु ८९ लाखको लागतमा सात कोठाको दुईतले स्वास्थ्यचौकी भवन निर्माण भएको छ । स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका वडाअध्यक्ष यामप्रसाद घर्तीले नयाँ भवनबाट सेवा सञ्चालन गरिएको जानकारी दिए । “वडा कार्यालय र स्वास्थ्यचौकी साँघुरो भवनबाट सञ्चालन गर्दा सेवा प्रवाहमा समस्या भएको थियो,” उसले भने, “स्वास्थ्यचौकी निर्माण भएपछि […]

मुख्‍य समाचार समाज

नेपालको बिजुली बङ्गलादेश निर्यात, आज त्रिपक्षीय सम्झौता

१७ असोज, काठमाडौँ । लामो गृहकार्य र छलफलपछि अन्ततः नेपालको बिजुली बङ्गलादेश जाने भएको छ । भारतपछि नेपालको बिजुली पहिलोपटक तेस्रो मुलुक निर्यात गर्ने गरी सम्झौता भएको छ । आज दुई देशका उच्च अधिकारीबीच विद्युत् खरिद बिक्री सम्झौतामा हस्ताक्षर गर्ने सहमति भएपछि लामो छलफलपछिको प्रयास सफल हुन लागेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवं […]

मुख्‍य समाचार समाज

वैकल्पिक मार्ग खोलेर मन्थली–काठमाडौँ आवागमन

१७ असोज, मन्थली (रामेछाप) । मन्थलीबाट दोलखाको किर्नेटार–चरिकोट हुँदै काठमाडौँसम्मको आवागमन बुधबार साँझदेखि खुलेको छ । गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण गएको बाढीले किर्नेटार हाइड्रोपावर नजिक तामाकोशी नदीले कटान गरेको थियो । पाँच दिनपछि अस्थायी रूपमा किर्नेटारमा रहेको खिम्ती प्रोजेक्ट स्कुलको बीच भाग हुँदै नेपाली सेनाको क्याम्प क्षेत्रको भित्री भागबाट ट्रयाक खोलेर सडक […]

खेलकुद समाज

बेन्फिकाले एट्लेटिको मड्रिडलाई फराकिलो अन्तरले हरायो

१७ असोज,  काठमाडौं । बेन्फिकाले बुधबार राति एट्लेटिको मड्रिडलाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगमा लगातार दोस्रो जित हासिल गरेको छ । लिस्बनमा भएको खेलमा ब्रुनो लागेको टोलीले उत्कृष्ट प्रदर्शन गर्दै एट्लेटिको मड्रिडको बचाउलाई धरासायी बनायो । केरम अक्तुरकोग्लु, एन्जल डी मारिया, अलेक्जेन्डर बाह र ओरकुन कोक्चुले गोल गर्दै बेन्फिकालाई महत्त्वपूर्ण जित दिलाए । […]

खेलकुद समाज

एस्टन भिल्लाको एतिहासिक जित

१७ असोज,  काठमाडौं । एस्टन भिल्लाले बायर्न म्युनिखलाई १–० ले हराउँदै ऐतिहासिक जित हात पारेको छ । कोलम्बियन स्ट्राइकर जोन डुरानले खेलको अन्तिम ११ मिनेटमा म्यानुएल नुयरलाई चकित पार्दै गोल गरे, जसले ४१ वर्षपछि च्याम्पियन्स लिगमा फर्किएको भिल्लालाई दुई खेलमा लगातार जित दिलायो । बायर्नले भिल्ला पार्कमा अपराजित यात्रा कायम राख्दै उच्च फर्ममा प्रवेश गरेको थियो […]

खेलकुद समाज

युक्रेनी क्लब शख्तर डोनेस्कमाथि एटलान्टा ३–० गोल अन्तरले विजयी

१७ असोज,  काठमाडौं । युइएफए च्याम्पियन्स लिगमा इटालियन क्ल्ब एटलान्टाले युक्रेनी क्लब शख्तर डोनेस्कलाई ३–० ले हराउँदै सन् २०१९ को नतिजा दोहोर्याएको छ । पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै खेल जित्ने आधार तयार गरेको थियो । डिम्सिटी, लुकम्यान र बेलानोवाकाले एक एक गोल गर्दा एटलान्टाले तीन अंक हासिल गर्दै आफ्नो अपराजित यात्रा जारी राखेको छ […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाज

च्याम्पियन्स लिगमा फेयेनुर्ड विजयी

१७ असोज, काठमाडौं । युइएफए च्याम्पियन्स लिग फुटबलमा नेदरल्याण्ड्सको फेयेनुर्ड विजयी भएको छ । स्पेनिस क्लब जिरोनाकै मैदानमा फेयेनुर्डले ३–२ गोलको पुनरागमन जीत दर्ता गरेको हो । निर्धारित समयमा मिस पेनाल्टी र आत्मघाती गोलहरूले खेललाई थप नाटकीय भने बनाएको थियो । पहिलो हाफको तीव्र गति दोस्रो हाफमा पनि जारी रह्यो । जिरोनाले बराबरीको अवसर पाएको […]

मुख्‍य समाचार समाज

उपत्यकाव्यापी कराते आज

१७ असोज, काठमाडौं । विद्या आर्जन सितोरियो शाखा डोजोको आयोजनामा पाँचौं उपत्यकाव्यापी कराते प्रतियोगिता आज हुने भएको छ । प्रतियोगितामा एकल कातासहित पुरुषमा ११ र महिलामा १० गरी जम्मा २१ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक डोजोका अध्यक्ष एवं प्रमुख सूर्यबहादुर तामाङले जनाएका छन् । प्रतियोगितामा करिब २ सय खेलाडीको सहभागिता रहने बताइएको छ । शीर्ष ३ […]