१८ श्रावण २०८३, सोमबार
मुख्‍य समाचार राजनीति समाज

२१ वर्षपछि पशुपतिनाथको सम्पत्ति फिर्ता, नौ बुँदे सम्झौता खारेज

१७ असोज,  काठमाडौं । भगवान पशुपतिनाथको सम्पत्ति पशुपति गौशाला धर्मशाला २१ वर्षपछि फिर्ता भएको छ । काठमाडौँ जिल्ला अदालतले २०६० मा श्रीपशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) र मारवाडी सेवा समितिबिच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएको हो । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले २०८० साउन १७ गते मारवाडी […]

मुख्‍य समाचार

राष्ट्रपति पौडेलद्धारा शीतलनिवासमा घटस्थापना

१७ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैँको पहिलो दिन वैदिक विधिपूर्वक विश्व शान्ति र नेपाली जनताको समृद्धिको संकल्पसहित शीतलनिवासमा घटस्थापना गरेका छन् । राष्ट्रकल्याण र सम्पूर्ण नेपाली जनताको उन्नति र सुखी जीवनका लागि पूजासहित जमरा राखेको उनको सचिवालयले जनाएको छ । बिहान ९ बजेर १६ मिनेटको शुभ साइतमा नवदुर्गाको प्रतीकका रुपमा कलश स्थापना गरी दियो […]

मुख्‍य समाचार राजनीति

विचार:विपद् र हाम्रो बिग्रिएको बानी

१७ असोज, काठमाडौँ । हरेक वर्षा ऋतुमा मनसुन आउँछ, भारी वर्षात् हुन्छ, बाढीपहिरो डुवानले सताउँछ, अनाहकमा जनधनको क्षति हुन्छ, दुई÷चार दिन मिडियामा कोकोहोलो मच्चाइन्छ, अनि विस्तारै हामी त्यस विपद्लाई बिर्सन्छौंँ र अर्को विपद्को मौन प्रतीक्षा गर्न थाल्छौंँ । तर एक पटकको विपद्बाट पाठ सिकेर अर्को विपद्मा क्षति न्यूनीकरण गर्ने सद्बुद्धि हामीलाई अहिलेसम्म आएको छैन, तथ्यले […]

मुख्‍य समाचार समाज

हनुमानढोकास्थित दसैँ घरमा जमरा राखियो

१७ असोज, काठमाडौँ । दुर्गा पक्षको पहिलो दिन हनुमानढोका दरबारस्थित दसैँ घरमा विधिपूर्वक घटस्थापना गरी जमरा राखिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको बिहान ९:१६ बजेको साइतमा हनुमानढोका दरबार क्षेत्रको दसैँ घरमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखिएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दिप खनालले राससलाई जानकारी दिए । हनुमानढोका दरबारमा रहेको […]

मुख्‍य समाचार समाज

बागलुङ कालिकामा दर्शनार्थीको घुइँचो

१७ असोज, बलेवा (बागलुङ) । दसैँको पहिलो दिन घटस्थापनाका अवसरमा आज बागलुङ कालिका भगवती मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । प्रसिद्ध शक्तिपीठ भएकाले दसैँ र चैतेदसैँमा यहाँ भक्तजन धेरै आउने गर्छन् । चितवन, बुटवल, स्याङ्जा, पोखरा र अन्य छिमेकी जिल्लाका भक्तजन यहाँ आउने गरेको कालिका भगवती गुठीका अध्यक्ष कुमार खड्काले बताए । सोह्र श्राद्धमा मुक्तिनाथ […]

मुख्‍य समाचार समाचार

दसैँको बिदामा पनि सर्वोच्च अदालत खुला हुने

१७ असोज, काठमाडौँ । सर्वोच्च अदालत दसैँ पर्वका अवसरमा आजदेखि बिदा हुने भए पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने जनाइएको छ । उक्त निवेदन सुनुवाइका लागि बिदाको समयमा बिहान ११ बजेदखि ३ बजेसम्म खुला हुने भएको हो । सर्वोच्च अदालतको प्रशासनले जारी गरेको सूचनामा घटस्थापनादेखि कोजागत पूर्णिमासम्म अदालत बन्द रहने भए पनि बन्दी प्रत्यक्षीकरणको […]

मुख्‍य समाचार समाचार समाज

बिपी राजमार्गः काभ्रेतर्फ अस्थायी सडक निर्माण गरिँदै

१७ असोज, काभ्रेपलाञ्चोक । रोशी खोलाको बाढीले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको सीमास्थल चौकीडाँडामा बगाएको दुई सय मिटर सडक दुई दिनभित्र अस्थायी रुपमा सञ्चालन गर्ने तयारीका साथ जनशक्ति र उपकरण परिचालन गरिएको छ । रोशी खोलाको बहावलाई सोझ्याएर सडक बगेकै स्थानमा अस्थायी रुपमा यातायात सञ्चालन गर्नेगरी निर्माण थालिएको सडक डिभिजन कार्यालय भक्तपुरले […]

मुख्‍य समाचार समाज

मिथिलामा ‘दशहरा’ पर्व सुरु, आज घटस्थापना गरिँदै

१७ असोज, महोत्तरी । प्राचीन मिथिलाक्षेत्रमा ‘दशहरा’ पर्व सुरु भएको छ । मिथिलामा शारदीय नवरात्र र दशहरा भनिने बडादसैँ पर्वको पहिलो दिन आज महोत्तरीसहितका यस क्षेत्रमा कलश यात्राका साथ घटस्थापना गरिँदै छ । दसैँ पर्वलाई मिथिलामा ‘दशहरा’ भनिन्छ । मिथिला परम्परामा दुईवटा नवरात्र छन् । असोज शुक्लपक्षको प्रतिपदादेखि नवमीसम्मको पर्वलाई शारदीय र चैत शुक्लपक्षको प्रतिपदादेखि […]

मुख्‍य समाचार समाचार समाज

गण्डकीका सञ्चारकर्मीलाई कृषि पत्रकारिता तालिम

१७ असोज, डुम्रे (तनहुँ)। कृषिकर्मका नवीन अभ्यासबारे किसानलाई जानकारी दिँदै उनीहरूलाई कृषिको व्यावसायिकीकरण र आधुनिकीकरणमा अभिप्रेरित गर्ने उद्देश्यले कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्रले गण्डकी प्रदेशका क्रियाशील पत्रकारलाई तालिम दिएको छ । गण्डकी प्रदेशका  नौ जिल्लाका ३० पत्रकार सम्मिलित तीनदिने तालिममा कृषि प्रविधि, किसानका समस्या र गाउँपालिकाका गतिविधिका साथै कृषि क्षेत्रको विस्तार, कृषि विकासमा […]

मुख्‍य समाचार समाचार समाज

सर्वसाधारणका लागि खुल्यो महोत्तरीको त्रिशूली मन्दिर

१७ असोज, जलेश्वर । जलेश्वर नगरपालिका–१ मा अवस्थित बाबा जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको त्रिशूली देवीको मन्दिरसर्वसाधारणका लागि खोलिएको छ । यो मन्दिर भक्तजनका लागि हरेक वर्ष बडादसैँका १० दिन मात्र खोल्ने प्रचलन छ । मन्दिरका पूजारी उपेन्द्र पाठकका अनुसार दसैँमा मात्र खुला हुने मन्दिरमा आज बिहानैदेखि घुइँचो लागेको छ । त्रिशूली शक्तिपीठमा महोत्तरी, धनुषा, […]

मुख्‍य समाचार समाचार समाज

बाढीपहिराबाट तनहुँमा एक करोड क्षति

१७ असोज, दमौली (तनहुँ) । हालैको बाढीपहिराबाट तनहुँको कृषि क्षेत्रमा रु एक करोड बढीको क्षति भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार बाढीपहिराबाट देवघाट, आँबुखैरेनी, बन्दीपुर र ऋषिङ गाउँपालिकामा मकै, बोडी, मास, कोदो, काउली, धान बालीमा रु एक करोड आठ लाख आठ हजार ३७० बराबरको क्षति भएको छ । वर्षा र बाढीपहिराले जिल्लाका ६७ हेक्टर […]

मुख्‍य समाचार समाज

गर्भवतीको हेलिकप्टरबाट उद्धार

१७ असोज, बाजुरा । जिल्ला अस्पताल बाजुरामा प्रसूति सेवाका लागि आएकी एक किशोरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्लाको पूर्वीउत्तरी भेगको बूढीनन्दा नगरपालिका–९ की १५ वर्षीया सितारा नेपालीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डलका अनुसार गर्भवतीको स्वास्थ्यस्थिति जटिल भएपछि जिल्ला अस्पतालले उसलाई सुविधासम्पन्न अस्पतालमा लैजान ‘रेफर’ गरेको हो […]