विपद्पीडितको गुनासो–राहत लिएर कोही किन आउँदैनन् ?
प्रगति ढकाल/रासस काठमाडौँ, १७ असोजः “तपाईंहरु हामीलाई राहत दिन आउनुभएको हो ?” बाढीपीडितको अवस्थाबारे स्थलगत रिपोर्टिङ गर्न जाँदा ललितपुर महानगरपालिका–२५ फूलबारीमार्ग बस्ने सविता माझीको प्रश्न थियो । “होइन नी हामी त तपाईंहरुको अवस्थाबारे रिपोर्टिङ गर्न आएको ।” यो जवाफले एक्कासी अध्याँरो मुहार लगाएर माझीले भने, “ए, म त खानेकुरा दिन कोही आएछ कि भनेर नी […]











