१३ चैत्र २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

अर्थोडक्स चियाको बजारीकरण र संस्कृतिका लागि नेपाल टी च्यालेञ्ज हुँदै

९ भदौ, काठमाडौं । नेपालमा उत्पादित अर्थोडक्स चियाको बजारीकरण र स्वच्छ प्रतिस्पर्धाका लागि काठमाडौं चिया प्रतिस्पधा अर्थात ‘नेपाल टी च्यालेञ्ज २०२४’आयोजना हुँदैछ । काठमाडौं ठमेलको छाया कम्लेक्समा भदौ ११ गते उक्त प्रतिस्पर्धा हुन लागेको हो । चिया उद्यम क्षेत्रमा क्रियाशील युवाहरुको संस्था टि–स्टेसन इन्कको आयोजनामा हुन लागेको प्रतिस्पर्धामा देशभरका चिया उत्पादक कम्पनी एवम कारखानाहरुले भाग […]

मुख्‍य समाचार राजनीति समाचार

जसपा नेपालले आज आधारभूत सङ्गठन निर्माण अभियान उद्घाटन गर्दै

९ भदौ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले  ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ उद्घाटन गर्न लागेको छ । बागमती प्रदेश अन्तर्गतका सबै जिल्लाहरू र काठमाडौँमा उपलब्ध केन्द्रीय अभियन्तालाई अभियानको उद्देश्य र लक्ष्यबारे प्रशिक्षण गर्ने गरी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अभियानको आज उद्घाटन गर्न लागेका छन् । काठमाडौँको थापागाउँस्थित काठमाडौँ ब्याङ्क्वेटमा मध्यान्ह १२ः३० […]

मुख्‍य समाचार समाचार समाज

क्यान महानिर्देशक अधिकारीको व्यवसायिक योग्यताबारे सुनुवाई हुँदै

९ भदौ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीको हवाई सुरक्षा सम्बन्धी व्यावसायिक योग्यताको जाँच गर्न माग गर्दै सर्बोच्च अदालतसँग परेको निवेदनमाथि आइतबार(आज) सुनुवाई हुँदैछ । यस्तो माग राखेर दर्ता गर्न लगिएको रिट निवेदन दरपीठ गरिएपछि त्यसविरुध्द परेको निवेदनमाथि आज सुनुवाई हुने भएको छ । हाल महानिर्देशक पदमा कार्यरत अधिकारीको हवाई […]

मुख्‍य समाचार समाचार समाज

‘द स्कुल वाल’ रसियामा आयोजित चलचित्र महोत्सवको फाइनलमा

९ भदौ, काठमाडौं । नेपालको सर्टफिल्म ‘द स्कुल वाल’ रसियाको चलचित्र महोत्सवको फाइनलमा पुगेको छ । ‘लाईट अफ द वल्र्ड’ नाराका साथ आयोजना गरिएको रसियाको किनो फेस्टिभलमा सहभागी विभिन्न १ सय २१ देशका ३ हजार ४ सय ९१ चलचित्रहरुमध्येबाट ‘द स्कुल वाल’ फाइनलसम्म पुगेको हो । रसियाको रिबिन्स्क सिटीमा सेप्टेम्बर १२ देखि १६ सम्म हुने […]

मुख्‍य समाचार राजनीति समाचार समाज

एक महिनाभित्र उपभोक्ता अदालत गठन गरिने

९ भदौ, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले एक महिनाभित्र उपभोक्ता अदालत गठन गर्ने बताएका छन् । आइतबार वर्तमान अवस्थामा आपुर्ती व्यवस्था र उपभोक्ता अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले कृतिम अभावलगायतका मूल्य समायोजनाका वस्तुहरूमा प्रभाव परेकाले उपभोक्ता अदालत गठन गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘अहिलेको उत्पादन कति छ ? स्टक […]

अर्थ मुख्‍य समाचार समाचार समाज

सुनचाँदीको मूल्य बढ्यो

९ भदौ, काठमाडौँ । साताको पहिलो कारोवार दिन आज (आइतबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन एक हजार रूपैयाँले बढेको हो । शुक्रबार १ लाख ५१ हजार ४ सय रूपैयाँ कारोवार भएको छापावाल सुन आज बढेर १ लाख ५२ हजार ४ सय रूपैयाँमा कारोवार भैइरहेको छ […]

मुख्‍य समाचार समाचार

रामेछापमा पहिरो जाँदा दुईजनाको मृत्यु

९ भाद्र, काठमाडौं । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३, लेकखर्कमा पहिरोमा परी दुईजनाको मृत्यु भएको छ । शनिबार राति वर्षापछि आएको पहिरोमा परी दुईजनाको शव भेटिएको र केही बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिए । पहिरोले चार वटा घर बगाएको छ । अधेरी खोलाको पुल समेत बगाएको छ । पहिरो […]

राजनीति समाचार समाज

आजदेखि एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक

९ भाद्र, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै छ । बैठक भदौ ११ गतेसम्म बस्ने चल्ने बैठक नयाँ बानेश्वरस्थित अर्पण बैंकेटमा बस्ने जनाइएको छ । पार्टीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्षसहित १८ पदाधिकारी रिक्त रहेकाले त्यसलाई पूर्णता दिन बैठक आह्वान गरिएको केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले जानकारी दिए । नेताहरूको योगदान, […]

मुख्‍य समाचार समाचार समाज

अमेरिकामा नेपाली नर्स बेपत्ता प्रकरणः श्रीमानले बेडरुममै हत्या गरेर शव बेपत्ता पारेको आरोप

९ भाद्र,  एजेन्सी । अमेरिकामा बेपत्ता नर्स  ममता काफ्ले भट्टको हत्या उनकै श्रीमान् नरेशदत्त भट्टले गरेको प्रहरीको दाबी छ। अदालतमा पेश गरेको कागजातमा उनको घरकै बेडरुममा हत्या गरेर शव बाहिर कतै घिसारेको प्रतिष्ठित समाचार संस्था सीएनएनले उल्लेख गरेको छ। सीएनएनले प्राप्त गरेका ती काजातमा घरकै बेडरुममा हत्या गरेको प्रमाणस्वरुप बेडरुम र बाथरुममा रगत देखिएको बताइएको छ । […]

मुख्‍य समाचार समाचार

मन्त्री आरजु निवास अगाडि शंकास्पद वस्तु भेटियो

९ भाद्र, धनगढी । कैलालीको धनगढीमा नेपाली कांग्रेस नेतृ तथा परराष्ट्र मन्त्री आरजु देउवा निवास अगाडि शंकास्पद वस्तु फेला परेको छ । धनगढी उपमहानगरपालिका –४ कर्मचारी सञ्चय कोष नजिकै रहेको देउवा निवास अगाडि शनिबार राति शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले पूरानो झोलामा तार बेरिएको अवस्थामा […]

मुख्‍य समाचार समाचार समाज

आज गौराको पर्वकाे बिदा

९ भाद्र, काठमाडौँ । कैलालीको गोदावरी नगरपालिकाले आज स्थानीय बिदा दिएको छ । नगरपालिकाले शनिबार साँझ एक सूचना जारी गर्दै सुदूरपश्चिम प्रदेशमा मनाईने गौरा पर्वको अवसरमा बिदा दिएको जनाएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रयागराज जोशीद्वारा जारी एक सूचनामा साउन २७ गते कार्यपालिकाले गरेको निर्णयअनुसार भाद्र ९ गते आईतबार विदा दिइएको उल्लेख छ । […]

मुख्‍य समाचार राजनीति समाचार

आज राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

९ भाद्र, काठमाडौँ । संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठक संसद् भवन बानेश्वरमा अपराह्न १:१५ बजे सुरु हुनेछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समावेशी आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०७९-८० सभासमक्ष पेस संसद् सचिवालयले जानकारी दिएको छ । यस्तै बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद […]