१३ चैत्र २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

मनसुनी वायुको प्रभाव कायमै : आज भारी वर्षाको सम्भावना

१० भाद्र, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ । आज देशभर आंशिकदेखि साधरणतया बदली रहने छ।  सबै प्रदेशका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा […]

अर्थ मुख्‍य समाचार समाचार

साउनमा तीन अर्ब ७५ करोड राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा) । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको साउनमा रु तीन अर्ब ७५ करोड राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले कार्यालयलाई चालु आवको साउनमा रु चार अर्ब ७३ करोड ३१ लाख ४५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । कार्यालयले सो अवधिमा लक्ष्यको ७९ दशमलव २८ प्रतिशत अर्थात् […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

टेलिग्रामका सीईओ पक्राउ

९ भदौ, काठमाडौँ । मेसेजिङ एप टेलिग्रामका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पावेल दुरोभ पक्राउ परेका छन् । आफ्नो निजी जेटमा पेरिसको ले बोर्गे एयरपोर्ट पुगेका उनलाई फ्रान्सेली प्रहरीले पक्राउ गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । फ्रान्सेली प्रहरी अधिकारीहरूका अनुसार ३९ वर्षीय दुरोभलाई म्यासेजिङ एपसँग सम्बन्धित अपराधमा वारेन्टअन्तर्गत पक्राउ गरिएको हो । रुसको सरकारी समाचार एजेन्सी […]

मुख्‍य समाचार राजनीति समाचार

जनसेवामा निरन्तर जुट्न कार्यकर्तालाई ‘प्रचण्ड’को निर्देशन

९ भदौ, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रामेछापमा पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत रामेछापको दोरम्बा शैलुङ गाउँपालिका ३ टोकरपुरको लेकखर्कमा पहिरोमा परी ६ जनाको दुखद निधन, चार जना बेपत्ता र एक जना घाइते भएको तथा चारवटा घर पूर्णरुपमा क्षतिग्रस्त भएको खबरले स्तब्ध बनाएको भन्दै उक्त […]

खेलकुद मुख्‍य समाचार समाचार

एभरेस्ट महिला भलिबल लिगको मिति सार्वजनिक

९ भदौ, काठमाडौं । नेपालमा पहिलोपटक आयोजना हुन लागेको एभरेस्ट महिला भलिबल लिगको मिति सार्वजनिक भएको छ । आयोजक इन्फिनिटी ड्रिम्सले आइतबार प्रतियोगिताको मिति सार्वजनिक गरेको हो । तालिका अनुसार लिग असोज १४ गतेदेखि १९ गतेसम्म आयोजना हुने छ । प्रतियोगिताको पहिलो संस्करणका लागि मार्कीसहित नेपाली खेलाडीहरूको नाम पनि यसअघि नै सार्वजनिक भइसकेको छ । फ्रेन्चाइज […]

मुख्‍य समाचार समाचार

चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध उजुरी

९ भदौ, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृ तथा सञ्चारकर्मी ज्वाला संग्रौलाले प्रहरीमा उजुरी दिएकी छन् । प्रसाईंले आफ्नो चरित्रहत्या गरेको भन्दै संग्रौलाले प्रहरीको साइबर ब्युरोमा आइतबार उजुरी हालेकी हुन् । आफूले सबै प्रमाणसहित प्रक्रियागत रुपमा उजुरी दिएको संग्रौलाले बताइन् । आज समयाभावका कारण ब्युरोले उजुरी दर्ता गर्न नभ्याएको उनको भनाइ छ […]

मुख्‍य समाचार राजनीति समाचार समाज

मन्त्री क्वाटरमा आगलागी

९ भदौ, हेटौँडा । मकवानपुरको हेटौंडामा रहेको एकजना बागमती प्रदेशको मन्त्री क्वाटरमा आगलागी भएको छ । बागमती प्रदेशको संस्कृति पर्यटन तथा सहकारी मन्त्री बिमल ठकुरीको क्वाटरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौंडा उपमहानगरपालीका वडा नम्बर ९ मा रहेको कार्यलयमा बिधुत सट भएर आगलागी भएको प्रहरीको भनाई छ । आगलागीबाट इन्भर्टर, पावर बक्स, […]

मुख्‍य समाचार समाचार समाज

प्रदूषण बढेपछि कक्षाकोठा छोडेर मन्दिरमा पढ्दै विद्यार्थी

९ भदौ, गण्डकी । पोखरा महानगरपालिका–३२ लामेआहालमा रहेको ल्यान्डफिल साइटका कारण प्रदूषण बढेपछि राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयको पठनपाठन राधाकृष्ण मन्दिरमा सारिएको छ । प्रदूषण बढेकाले ल्यान्डफिल साइट नजिकै रहेको विद्यालय भवनका कोठामा पठनपाठन गर्न असहज बनेपछि उक्त परिसरभन्दा केही माथि रहेको राधाकृष्ण मन्दिरमा विद्यार्थीलाई राखेर पठनपाठन गर्न लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्रप्रसाद रेग्मीले जानकारी दिए । […]

मुख्‍य समाचार समाचार समाज

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

९ भदौ, काठमाडौं । नागार्जुन नगरपालिका–७ स्थित सडकमा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । प्र.०१–०२५ च ९२४३ नम्बरको जिप र बा.प्र.०२–०१७ प १०९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक प्रवेश खड्काको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको शहिद मेमोरियल अस्पताल कलंकीमा उपचारको क्रममा मृत्यु भएको र जिप […]

मुख्‍य समाचार समाचार

पृथ्वी राजमार्ग सोमबार चार घन्टा बन्द हुने

९ भदौ, काठमाडौं । पृथ्वी राजमार्ग अन्र्तगत तनहुँको आबुखैरेनी खण्ड सोमबार बिहान चार घन्टा बन्द रहने भएको छ । गत शुक्रबार मस्र्याङदी नदीमा खसेको बस निकाल्नुपर्ने भएकाले राजमार्ग बन्द गर्नुपरेको जिल्ला प्रशासन कार्यालय, तनहुँले जनाएको छ । बिहान साडे ६ बजेदेखि १० बजेसम्म सो सडकखण्ड पूर्णरुपमा बन्द रहने प्रहरीले जनाएको छ ।

अनौठो संसार मुख्‍य समाचार समाचार

४८ घण्टाका लागि इजरायलमा सङ्कटकाल घोषणा

९ भदौ,  इजरायल । लेबनानसँगको बढ्दो तनावका बिच इजरायलले आगामी ४८ घण्टाका लागि सङ्कटकाल घोषणा गरेको छ ।इजरायलका रक्षामन्त्री योव ग्यालान्टले सङ्कटकाल घोषणा गर्नुभएको छ र  यसले इजरायली रक्षा बल (आईडीएफ) को आन्तरिक मोर्चाको नेतृत्वलाई प्रतिबन्धहरू जारी गर्न सहज हुनेछ । मन्त्रीपरिषद्ले विस्तार नगरेसम्म यो अवस्था ४८ घण्टाका लागि मान्य हुनेछ । इजरायलमा तनाव बढ्दै गएको छ […]

मुख्‍य समाचार समाचार समाज

कैलालीबाट एक जना बेपत्ता, खाेजी गरी दिन आग्रह

९ भदौ,  धनगढी । कैलालीबाट एक जना बेपत्ता भएका छन्। जिल्लाको गोदावरी नगरपालिका–६ लालपुरका ३८ वर्षीय जङ्गबहादुर बम बेपत्ता भएका हुन्। आज दिउँसोदेखि सम्पर्कविहीन भएका बम सुस्त मनस्थितिको समेत रहेको पारिवारिक स्रोतले जनाएको छ। उनलाई कसैले देखे अथवा फेला पारेमा नजिकको प्रहरी कार्यालय वा ९८४८५३२८०७, कैलाश बम ९८४८४६४४६८, ९७६७७०३२७७ को सम्पर्क नम्बरमा फोन गरि सहयोग […]