१३ चैत्र २०८२, शुक्रबार
मुख्‍य समाचार राजनीति समाचार समाज

गौरा पर्वले राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पुर्याउँदै आएको छः राष्ट्रपति

१० भदौ, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गौरा पर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक आस्था र आपसी सद्भावलाई प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका छन् । गौरा पर्वको अवसरमा शुभकामना दिँदै राष्ट्रपतिले हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म नेपालको सुदूरपश्चिम क्षेत्रमा विशेषरुपमा मनाइने यस पर्वले विविधतामा एकता, सामाजिक एवं सांस्कृतिक ऐक्यवद्धता र सहिष्णुता अभिवृद्धि […]

खेलकुद मुख्‍य समाचार समाचार

प्रिमियर लिगमा लिभरपुल विजयी

१० भदौ, काठमाडौं ।  इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जीत निकालेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई २–० गोल अन्तरले पराजित गरेको हो । जितसँगै २ खेलबाट ६ अंक बनाएको लिभरपुल तालिकाको चौथो स्थानमा छ । ब्रेन्टफोर्डको भने पहिलो हार हो । उसको तालिकामा ३ अंकमात्रै छ । लिभरपुलले घरेलु मैदान […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

सुदूरपश्चिममा आज गौरा पर्व मनाइँदै

१० भदौ, काठमाडौं । सुदूरपश्चिममा सोमबार गौरा पर्व मनाइँदैछ । भाद्र कृष्ण सप्तमीका दिन गौराघर र मन्दिरमा परम्परागत रूपमा गौरा भित्र्याई अष्टमीका दिन आँगन, मन्दिर परिसर र चौरमा भेला भई ‘गौरापूजन’ गर्ने चलन छ। यसअघि आइतबार बेलुकी धान, सामा, कुशलगायतका बोटबिरुवाबाट बनाइएको गौरा भगवतीको प्रतिमा धार्मिक अनुष्ठानका साथ गौराघर तथा मन्दिरमा भित्र्याइएको थियो। बेलुकीदेखि व्रत […]

मुख्‍य समाचार समाचार

पाटनस्थित कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो

१० भाद्र, पाटन (ललितपुर) । ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीका अवसरमा पूजा आराधनाका लागि बिहानदेखि नै  मन्दिर दर्शनार्थीको घुइँचो लागेको हो । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा […]

मुख्‍य समाचार समाचार समाज

बाजुराका एक युवक खैराहिरोइनहित पक्राउ

१० भाद्र,  काठमाडौँ । बाजुराका एक युवक खैराहिरोइनहित कैलालीबाट पक्राउ परेका छन्। कैलालीको टीकापुर नगरपालिका-१ टीकापुर बजारमा बा.७८ प.८४९१ नम्बरको मोटरसाईकलमा लम्की तर्फ गईरहेका बाजुराको बुढीनन्दा नगरपालिका-३ कोल्टी घर भई हाल कैलालीको लम्की चुहा नगरपालिका-१० चुहा बजारमा सुनचाँदी पसल गरी बस्ने २४ वर्षीय मनराज मिजार शुक्रवार पक्राउ परेका हुन्। मिजारलाई मोटरसाईकल चेकजाँच गर्दा उनले लगाएको पाईन्टको […]

मुख्‍य समाचार समाचार समाज

भरतपुर महानगरद्वारा २ सय ६६ विद्यार्थीलाई छात्रवृत्ति वितरण

१० भाद्र, भरतपुर (चितवन) ।  भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । यस वर्षका लागि दुई सय ६६ विद्यार्थीले पूर्ण छात्रवृत्ति पाएका छन् । महानगरले कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई अनलाइन आवेदन माग गरी शिक्षा ऐन तथा भरतपुर महानगरको छात्रवृत्ति व्यवस्थापन कार्यविधिअनुसार छात्रवृत्तिमा छनोट गरेको हो । भरतपुर महानगरपालिकाका […]

मुख्‍य समाचार समाचार

आज गौरा पर्वको मुख्य दिन

१० भाद्र,  काठमाडौँ । आज गौरा पर्वको महत्वपूर्ण दिन अष्ठमी अर्थात अठे वाली धुमधामका साथ मनाइँदै छ । आजको महिलाहरुले बिहानै खोला तलाउमा स्नान गरी घाँसबाट निर्मित गौरादेवीको प्रतिमा र काठको महेश्वरको प्रतिमालाई गौरा घरबाट बाहिर आगनमा ल्याई शङ्गार गरी सगुन गीत गाउँदै टाउकोमा राखेर महिला नाच्ने गर्दछन् । गौराको पहिलो दिन पाँच अन्न भिजाएर […]

मुख्‍य समाचार समाचार समाज

काठमाडौँ महानगरपालिकाको निर्णयप्रति एमालेको आपत्ति

१० भाद्र,  काठमाडौँ । काठमाडौँ महानगरभित्रका नदीको दायाँबायाँ २० मिटर छाड्नुपर्ने काठमाडौँ महानगरको निर्णयमा नेकपा (एमाले)ले आपत्ति जनाएको छ । एमाले काठमाडौँ जिल्ला कमिटीले पत्रकार सम्मेलन आयोजना गरी काठमाडौँ महानगरपालिका प्रमुखस्तरीय निर्णयानुसार महानगरपालिका क्षेत्रभित्र नदीको नापी नक्साबाट कायम रहेको छेउबाट दायाँबायाँ छोड्नुपर्ने भनेर तोकेको दूरीका अतिरिक्त थप २० मिटर जग्गामा भवन निर्माण गर्न अनुमति नदिने […]

मुख्‍य समाचार समाचार समाज

५५ वर्षीय सुशीलाको मेची-महाकाली बुलेट बाइक यात्रा सम्पन्न

१० भाद्र,  कञ्चनपुर । महिलाको मौलिक पहिरन गुन्यु चोली जगेर्ना गर्ने सन्देश बोकेर मेची-महाकाली यात्रामा निस्कनुभएकी ५५ वर्षीया सुशीला उप्रेती तिवारीले यात्रा समापन गर्नुभएको छ । भदौ ५ गते मेचीको बुद्धशान्ति गाउँपालिकाबाट मोटरसाइकल यात्रा सुरू गर्नुभएकी तिवारीले पाँचौँ दिन हिजो आइतबार पश्चिमी सीमा नाका कञ्चनपुरको गड्डाचौकी पुगेर यात्रा समापन गर्नुभएको हो । परापूर्वकालदेखि महिलाले पहिरिँदै […]

मुख्‍य समाचार समाचार

राष्ट्रपतिद्वारा गौरा पर्व र श्रीकृष्ण जन्माष्टमीको शुभकामना

१० भाद्र, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गौरा पर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक आस्था र आपसी सद्भावलाई प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुभएको छ । गौरा पर्वको अवसरमा शुभकामना दिँदै उहाँले हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म नेपालको सुदूरपश्चिम क्षेत्रमा विशेषरुपमा मनाइने यस पर्वले विविधतामा एकता, सामाजिक एवं सांस्कृतिक ऐक्यवद्धता र सहिष्णुता अभिवृद्धि […]

मुख्‍य समाचार समाचार

रामेछापको पहिरोमा ६ जनाको मृत्यु, ४ बेपत्ता

१० भाद्र, काठमाडौँ । शनिबार राति आएको पहिरोमा परी रामेछापको पश्चिमी क्षेत्रमा पर्ने दोरम्बा शैलुङ गाउँपालिका–३ स्थित लेखर्क गाउँका ६ जनाको मृत्यु भएको छ भने ४ बेपत्ता छन् । पहिरोले ६ घर बगाएको छ । मृत्यु हुनेमा ३२ वर्षीया चण्डिका थापामगर र उनका डेढ वर्षीय छोरा आमुस, ४० वर्षीया उर्मिला पहरी, उनका छोराहरू १८ वर्षीय विज्ञान, १७ […]

मुख्‍य समाचार समाचार

आज श्रीकृष्ण जन्माष्टमी, भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदै

१० भाद्र, काठमाडौँ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यसदिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी […]