१४ चैत्र २०८२, शनिबार
समाचार समाज

बन्दुक देखाएर लुटिएका भरतपुरका प्रधानको अमेरिकामा मृत्यु

१८ भाद्र, काठमाडौँ । नौ बर्षदेखि अमेरिकामा बस्दै आएका ४७ वर्षीय नेपाली शान्तलाल प्रधान मंगलबार मेरिल्याण्डको अपर मार्लबोरोस्थित आफ्नै कोठामा मृत फेला परेका छन्। उनको मृत्युको कारण भने खुल्न सकेको छैन। चितवनको भरतपुरमा गणित शिक्षकका रपमा नाम कमाएका प्रधानले अमेरिकामा रहँदा धेरै चुनौतीहरूको सामना गर्नुपरेको थियो। उनलाई केही वर्षअघि टेक्सासमा बन्दुक देखाएर लुटिएको थियो, जुन […]

समाचार समाज

नेपाल प्रहरीका ५८७ जना इन्स्पेक्टरको सरुवा (सूचीसहित)

१८ भाद्र, काठमाडौँ । नेपाल प्रहरीका ५८७ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) को सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले सोमबार प्रहरीका ५८७ जना इन्स्पेक्टरको सरुवा गरेको हो । प्रहरी प्रभाग बूढानीलकण्ठमा सुरेश खत्री, जिल्ला ट्राफिक कार्यालय धादिङमा सुरज श्रेष्ठ र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा गायत्रीराज शर्मालाई सरुवा गरिएको छ । यस्तै, कपिलवस्तुस्थित वडा प्रहरी कार्यालय […]

समाचार समाज

धनगढीमा फोहोर व्यवस्थापन गर्ने कर्मचारीकाे मृत्यु

१८ भाद्र, काठमाडौँ । कैलालीको धनगढी उपमहानगरपालिकामा फोहोर व्यवस्थापन केन्द्रमा काम गर्ने पुरुष एक्कासि ढलेर मृत्यु भएको छ । सोमबार साँझ धनगढी उपमहानगरपालिकाको फोहोर व्यवस्थापन केन्द्र पटेलामा काम गर्दै आएका भजनी नगरपालिका – ८ घर भई हाल धनगढी उप–महानगरपालिका १७ धुर्जन्नामा बस्दै आएका झलीराम चौधरीको मृत्यु भएको हो । उनको कोठाबाट काम गर्ने स्थान जाने […]

समाचार समाज

सुदूरपश्चिम समाज दक्षिण कोरियाले कोरियामा भुवा पर्व मनाउने

१८ भाद्र, काठमाडौँ ।  सुदूरपश्चिम समाज दक्षिण कोरियाले कोरियामा भुवा पर्व मनाउने भएको छ। स्वदेश तथा विदेशमा मानव सेवा, विपत्तीमा सहयोग हातेमालो, आफ्नो कला संस्कृतिको अन्तराष्ट्रिय प्रचार प्रसार लगायतका उद्देश्य लिएर सन् २००५ मा स्थापित सुदूरका नौवटै जिल्लाको एउटै छाता संगठन सुदूरपश्चिम समाज दक्षिण कोरियाले विभिन्न उद्देश्य राखि सांस्कृतिक कार्यक्रम गर्दै आइरहेको छ। यसपटक भने […]

समाचार समाज

उखुबारीबाट ब्रुमाइज पाइथान अजिङ्गरको उद्धार

१८ भाद्र, कञ्चनपुर । जिल्लाको बेलौरी नगरपालिका-७ वर्का सिङ्पुरका स्थानीयको उखुबारीबाट ब्रुमाइज पाइथान (अजिङ्गर)को उद्धार गरिएको छ । मध्य ब्रुमाइज पाइथन (अजिङ्गर) प्रजातिको अजिङ्गरको  उखुबारीबाट उद्धार गरी स्थानीयले सिंहपाल सामुदायिक वन क्षेत्रमा लगेर छाडिएको सामुदायिक वनका अध्यक्ष पविराम थारुले जानकारी दिनुभयो । बेलौरी–३ का वडा सदस्य कमानसिंह चौधरीका अनुसार उद्धार गरिएको अजिङ्गरको तौल ३५ किलो […]

अर्थ समाचार

अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो

१८ भाद्र, काठमाडौँ । सोमबारको तुलनामा आज अमेरिकी डलर र युरोको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५८ पैसा रहेको छ । सोमबार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ८९ […]

समाचार समाज

कञ्चनपुरमा शिक्षक सरुवा भएर गएपछि तीन महिनादेखि पठनपाठन ठप्प

१८ भाद्र, कञ्चनपुर । विद्यालयमा कार्यरत शिक्षकलाई आन्तरिक सरुवा गरी अन्यत्र पठाइएपछि शुक्लाफाँटा नगरपालिका–१ बन्साहमा रहेको सिद्धबैजनाथ माध्यमिक विद्यालयको पठनपाठन तीन महिनादेखि प्रभावित भएको छ । गणित, अङ्ग्रेजी, विज्ञान, नेपाली, सामाजिक विषयका शिक्षक अभाव हुँदा पठनपाठन हुन नसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रबहादुर ऐरीले बताउनुभयो । “विद्यालयको पठनपाठन सञ्चालन गराउनका शिक्षक चाहिए,” उहाँले भन्नुभयो, “शिक्षक […]

समाचार समाज

नरैनापुर अपडेटः पानीको कमीले चारजनाको मृत्यु भएको पुष्टि

१८ भाद्र, काठमाडौँ । शरीरमा पानीको कमीले भएकाले एकैपरिवारका तीनसहित एकजना बालकको चार मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी एवं महामारी रोगका ‘फोकल पर्सन’ नरेन्द्र श्रेष्ठले नरैनापुर गाउँपालिका–३ स्थित गेग्ली गाउँमा एकै परिवारका एक बालकसहित चार जनाको शरीरमा पानीको कमी भएकाले मृत्यु भएको जानकारी दिनुभयो । “मृतकका परिवारले स्वास्थ्यकर्मीलाई दिएको […]

समाचार समाज

बाढीका कारण बस्ती उच्च जोखिममा

१८ भाद्र, काठमाडौँ ।  भारी वर्षाका कारण खहरे खोलामा आएको बाढीले लगातार खोला कटान गर्न थालेपछि धरान उपमहानगरपालिका-१३ खहरे खोला नजिकका बस्ती उच्च जोखिममा परेका छन् । धरान-१३ की राधिका लिम्बू घरभित्र पानी पसेपछि घर सफा गर्न दुई दिन लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “पानी पर्न थालेपछि राति घरमा सुत्न सकिँदैन कतिबेला बाढी आएर बगाउँछ […]

समाचार

ठमेलको रात्रिकालीन आचारसंहिता पालना नहुँदा स्थानीयलाई सास्ती

१८ भाद्र, काठमाडौँ । रात छिप्पिँदै जाँदा ठमेलका महेन्द्र महर्जन आनन्दले सुत्न सक्नुहुन्न । छाँया सेन्टरको नजिकै बस्ने उहाँ निदाउँन नसक्नुको एउटै कारण चर्को ध्वनि प्रदूषण हो । कोभिड महामारी पछि बन्द गरिएको ठमेलको रात्रिकालीन व्यवसाय गत वैशाखदेखि पुनःसञ्चालनमा आएको छ । सरकारले ठमेल र दरबारमार्ग क्षेत्र २४सै घण्टा खुला गर्ने भनेपछि ठमेलको रात्रिकालीन व्यवसाय […]

समाचार

आज भारी वर्षाको सम्भावना कायमै

१८ भाद्र, काठमाडौँ ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि […]

समाचार समाज

वर्षा र स्थानीयको अवरोधले साँगा-धुलिखेल सडक बिस्तारको काम ठप्प

१८ भाद्र, काठमाडौँ । अरनिको राजमार्गमा पर्ने काभ्रेपलाञ्चोकको साँगादेखि धुलिखेलसम्म सडक विस्तार वर्षा र स्थानीयको अवरोधले सुस्ताएको छ । आयोजनालाई हाल आठ दशमलव ४ किलोमिटर सडकखण्डमा पर्ने ऐतिहासिक आठ संरचना व्यवस्थापनमा कठिनाइ भएको छ । साँगा–धुलिखेल सडकखण्डमा पोखरी, मन्दिर, कुवा, नासिका मन्दिर र ढुङ्गेधारा रहेको आयोजनाको विवरणमा उल्लेख छ । यस्तै भैँसेपाटीमा दुई कुवा, ढुङ्गेधारा तथा […]