१४ चैत्र २०८२, शनिबार
मुख्‍य समाचार समाचार समाज

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र,  चीन । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलबार एउटा स्कुल बस मानिसहरूको भिडसँग ठोक्किदा ११ जना अभिभावक र विद्यार्थीहरूको ज्यान गएको सरकारी सञ्चारमाध्यमले जनाएको छ । राज्य प्रसारणकर्ता सिसिटिभीले बिहान ७:२७ बजे (स्थानिय समय) शानडोङ प्रान्तको ताइआन सहरको विद्यालय पुग्दा ड्राइभरले गाडीको “नियन्त्रण गुमाएको” बताएको छ । सिसिटिभीका अनुसार बस सडक छेउमा […]

समाचार समाज

‘असोजको पहिलो सातादेखि काठमाडौँमा पुनः मेलम्चीको पानी आउँछ’

१८ भाद्र, काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले आम नागरिकलाई शुद्ध र स्वच्छ खानेपानी उपलब्ध गराउन सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तय गरी कार्यान्वयनमा लगिएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा सांसद मदनकुमारी साह गरिमाले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले आम नागरिकलाई सहज रुपमा शुद्ध खानेपानी उपलब्ध गराउन सरकारले अगाडि बढाएको योजनालाई पूर्णरुपमा कार्यान्वयन गर्ने […]

राजनीति समाचार

शेरबहादुर देउवाले नै यो सरकार बिचौलियाले बनाएको स्वीकार गरिसके : वर्षमान

१८ भाद्र, काठमाडाैं ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले वर्तमान केपी ओली नेतृत्वको सरकार बिचौलिया व्यापारीले निर्माण गरेको भन्ने आफूहरुको आरोप पुष्टि भएको बताएका छन् । पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी रुपन्देहीको २३औं जिल्ला सम्मेलनको मंगलबार उद्घाटन गर्दै पुनले आफूहरुले भन्दै आएको विषय कांग्रेस सभापति शेरबहादुर देउवाले स्वीकार गरेको बताए । […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

फिलिपिन्समा आँधीसँगै आएको बाढीमा परी १४ जनाको मृत्यु

१८ भाद्र, फिलिपिन्स । फिलिपिन्समा उष्णकटिबन्धीय आँधी यागीले निम्त्याएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १४ पुगेको सरकारले मङ्गलबार जनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का प्रवक्ता एडगर पोसादासले दुर्घटनामा परी लुजन टापु तथा मध्य फिलिपिन्समा १२ जनाको मृत्यु भएको बताएका छन् । उनका अनुसार मनिलाको दक्षिणपश्चिम प्रान्तमा दुई जनाको मृत्यु […]

समाचार समाज

छहरामा फोटो खिच्दै गर्दा बगेर दुई जना बेपत्ता

१८ भाद्र,  अर्घाखाँची । कपिलवस्तु बाणगंगा–२ का २९ वर्षीय उमेश पौडेल र २४ वर्षका किशोर रास्कोटी खोलाले बगाउँदा बेपत्ता भएका छन् । उनीहरुलाई अर्घाखाँचीको शितगंगा नगरपालिका–१३ र १४ सिमलपानीको बिचमा पर्ने छहरामा फोटो खिच्ने क्रममा बगाएको हो । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रतीकसिंह राठौरका अनुसार मंगलबार दिउँसो घुम्न आएका चार जना बगेका थिए । दुई […]

समाचार

कैलालीमा जापानी इन्सेफलाइटिसबाट २ जनाको मृत्यु

१८ भाद्र, धनगढी । कैलाली जापानी इन्सेफलाइटिसको संक्रमणबाट कैलालीमा दुई जनाको मृत्यु भएको छ । लामखुट्टेको टोकाइबाट लाग्ने यो रोगबाट जिल्लाको घोडाघोडी नगरपालिकामा दुई जनाको मृत्यु भएको हो । स्वास्थ्य कार्यालय कैलालीले घोडाघोडी नगरपालिकाका ९ वर्षीय बालक र ६० वर्षीय पुरूषको जापानी इन्सेफलाइटिसको संक्रमणबाट मृत्यु भएको बताएको छ । यस्तै, जिल्लाको गौरीगङ्गा, घोडाघोडी र धनगढी […]

मुख्‍य समाचार समाचार समाज

किसान सूचिकरणको काम यसै वर्षभित्र सम्पन्नहुन्छः मन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले सातवटै प्रदेशका कृषि मन्त्रीहरुसँग छलफल गरेका छन् । मंगलबार सिंहदरबारस्थित कृषिमन्त्रालयमा भएको बैठक बोल्दै मन्त्री रामनाथ अधिकारीले यसै वर्षभित्र किसान सूचिकरणको काम सक्ने उद्देश्य बोकेको बताएका छन् । उनले सूचिकरण वर्गिकरण गर्दै वितरणको प्रकृया पनि सुरु गर्ने उद्देश्य राखेकोे भन्दै त्यसमा सबै प्रदेशको र पालिकाहरुको तर्फबाटउत्तिकै […]

मुख्‍य समाचार राजनीति समाचार समाज

नेपालको विकासमा नागरिक समाजको भूमिका महत्वपूर्ण छः परराष्ट्रमन्त्री डा राणा

काठमाडौँ, १८ भदौः परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालको बृहत्तर विकासमा नागरिक समाजको भूमिका महत्वपूर्ण हुने बताएकी छन् । आज ललितपुरमा आयोजित ‘नेपाल सिभिल सोसाइटी कन्फ्ररेन्स फर द समिट अफ द फ्युचर’ विषयक गोष्ठीलाई सम्बोधन गर्नुहुँदै उहाँले सामाजिक आर्थिक विकासका माध्यमबाट समाजको रूपान्तरणका लागि नागरिक समाजको महत्वपूर्ण भूमिका रहेको बताएकी हुन्। मन्त्री डा राणाले संयुक्त […]

मुख्‍य समाचार राजनीति समाचार समाज

नेपाल दोस्रो युक्रेन बन्ने खतरा छ : देव गुरुङ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले अमेरिकाको रणनीति सफल भयोभने नेपाल दोस्रो युक्रेन बन्ने खतरा रहेको बताएका छन् । मंगलबार काठमाडौंमा नेपाल कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागद्धारा आयोजित एमसीसी,एसपीपी र राष्ट्रिय स्वाधिनता विषयक अन्तरक्रिया कार्यक्रममा उनले एमसीसीको खारेज गर्न नसकेका नेपाल दोस्रो युक्रेन बन्ने खतरा रहेको बताएका हुन् । ‘अमेरिकाको रणनीतिमा नेपाल बस्यो भने […]

मुख्‍य समाचार राजनीति समाचार समाज स्वास्थ्य

जनतालाई सेवा डेलिभरी गर्न कर्मचारी संयन्त्रसँग सहकार्य जरुरी : मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसङख्यामन्त्री प्रदीप पौडेलले सरकारले सहज रुपमा डेलिभरी दिनेगरी काम गर्नका लागि कर्मचारी संयन्त्रसँग सहकार्य गर्नुपर्ने बताएका छन् । नेपाल निजामति कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा राष्ट्रव्यापी हाजिरी जवाफ प्रतियोगिता २०८१ कार्यक्रममा उनले अहिले सरकारले राजनीतिले डेलिभरी गर्न सकेन भन्ने असन्तुष्टि आइरहेको भन्दै डेलिभरी दिनेगरी काम गर्नका लागि कर्मचारी संयन्त्रसँग सहकार्य गर्नुपर्ने […]

मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि स्वास्थ्य

उपकरण मर्मतका लागि आविष्कार केन्द्र र वीर अस्पतालबीच सम्झौता

काठमाडौं । वीर अस्पतालले बिग्रिएका उपकरणको मर्मत गर्न राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता गरेको छ । गत भाद्र ५ गते स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रसँग संघीय अस्पतालहरुका बिग्रिएका उपकरणको अवस्था पहिचान र मर्मतका लागि केन्द्रसँग सम्झौता गरेको थियो । सोही सम्झौताअन्र्तगत वीरले केन्द्रसँग सम्झौता गरेको हो । सार्वजनिक खरिद ऐनअन्र्तगत […]

मुख्‍य समाचार समाचार समाज

‘असोजको पहिलो सातादेखि काठमाडौँमा पुनःमेलम्चीको पानी’

काठमाडौँ, १८ भदौ । खानेपानीमन्त्री प्रदीप यादवले आम नागरिकलाई शुद्ध र स्वच्छ खानेपानी उपलब्ध गराउन सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तय गरी कार्यान्वयनमा लगिएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा सांसद मदनकुमारी साह गरिमाले सोध्नु भएको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले आम नागरिकलाई सहज रुपमा शुद्ध खानेपानी उपलब्ध गराउन सरकारले अगाडि बढाएको योजनालाई पूर्णरुपमा कार्यान्वयन […]