१७ श्रावण २०८३, आईतवार
खेलकुद मुख्‍य समाचार समाज

विश्वकप लिग–टू : आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै

१० कात्तिक,  काठमाडौं । आइसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय क्रिकेटमा नेपालले आज अमेरिकासँग खेल्दै छ । नेपाली टोली क्यानडामा भएको त्रिकोणात्मक एक दिवसीय क्रिकेट खेलेर सिधै अमेरिका गएको हो । नेपालले यो सिरिजमा अमेरिकासहित स्कटल्याण्डसँग पनि खेल्ने छ । नेपाल र अमेरिकाबीचको खेल डलास, टेक्सासको ग्राण्ड प्रेयरी स्टेडियममा नेपाली समयअनुसार राति सवा ९ […]

खेलकुद मुख्‍य समाचार समाज

चौथो बेङ्गाडावर गोल्ड कप कार्तिक अन्तिमदेखि हुने

१० कात्तिक,  काठमाडौं । धनुषा जिल्लाको मिथिला नगरपालिकामा ठूलो धनराशिको  आयोजनामा हुँदै आइरहेको बेङाडावर गोल्ड कप चौथो संस्करणको फुटबल प्रतियोगिता कार्तिक अन्तिमदेखि हुने भएको छ । मिथिला नगरपालिका–२, लालगढस्थित सासन चौदीको खेलमैदानमा हुने प्रतियोगितामा १० वटा क्लबहरुको सहभागिता रहने अपेक्षा गरिएको बेङाडावर युवा क्लबका अध्यक्ष राजु लामा स्याङ्बोले जानकारी दिए । ‘स्वास्थ्यका लागि खेल’ भन्ने […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

साफ वुमेन्स च्याम्पियनसिप : आज भारतसँग सेमिफाइनल खेल्दै नेपाल

१० कात्तिक, काठमाडौं । काठमाडौंमा जारी साफ वुमेन्स च्याम्पियनसिप अन्तर्गत आजदेखि सेमिफाइनल चरणका खेलहरु हुँदैछन् । सेमिफाइनलमा आइतबार बंगलादेश र भुटान तथा नेपाल र भारतबीच प्रतिस्पर्धा हुने भएको छ । दशरथ रंगशालामा नेपाल र भारतबीचको खेल साँझ साढे ६ बजे हुनेछ । महिला साफमा भारत पाँच पटकसम्मको च्याम्पियन हो भने नेपालसँगको पाँचौं भेट हो । अघिल्लो […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाज

जर्जियाको संसदीय निर्वाचन : ७० प्रतिशत मतगणना हुँदा सत्तारूढ जीडी पार्टीले ५३ प्रतिशत मत

१० कात्तिक, काठमाडौं । जर्जियामा संसद निर्वाचनको प्रारम्भिक नतिजा अनुसार सत्तारूढ जर्जियन ड्रीम (जीडी) पार्टीले ५३ प्रतिशत मत पाएको निर्वाचन आयोगले जनाएको छ । अहिलेसम्म ७० प्रतिशत मात्रै मतगणना सम्पन्न भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । तर पश्चिम–समर्थक विपक्षी पार्टीहरूको एक संयुक्त गठबन्धनले पनि आफ्नो विजय दावी गरेको छ । करीब ४० लाख जनसंख्या भएको यो […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाज

भेरोन एटलान्टासँग ६–१ गोल अन्तरले पराजित

१० कात्तिक, काठमाडौं । इटालियन सिरी एमा एटलान्टाले भेरोनलाई ६–१ गोल अन्तरले पराजित गरेको छ । आइतबार बिहान  प्रशिक्षक जियान पिएरो ग्यास्पेरिनीको ४००औं खेलमा एटलान्टाले उत्कृष्ट प्रदर्शन ग¥यो । चोटका कारण ओडिलोन कोसुनोउ, मार्को ब्रेस्चियानीनी, जियोर्जियो स्काल्भिनी र जानलुका स्कामाक्का बाहिर रहे पनि, माटेओ रेटेगी र एडेमोला लुकम्यानको उत्कृष्ट प्रदर्शनले टोलीलाई शानदार जित दिलाए । खेलको […]

खेलकुद मुख्‍य समाचार समाज

एल क्लासिको भिडन्त : घरेलु मैदानमै रियल स्तब्ध

१० कात्तिक, काठमाडौं । स्पेनिस ला लिगाको एल क्लासिकोमा बार्सिलोनाले शानदार जीत दर्ता गरेको छ । आइतबार विहान सकिएको खेलमा बार्सिलोनाले चिरपरिचत प्रतिद्वन्द्वी रियल मड्रिडमाथि ४–० एकतर्फी जीत दर्ता गरेको हो । लामो समयदेखि लिगमा अपराजित रहेको रियल मड्रिडले अन्ततः आफ्नो पहिलो ला लिगाको हार एल क्लासिकोमा भोग्न बाध्य भयो । बार्सिलोनाले रियलको घरेलु मैदान सान्टियागो […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाज

शीर्ष स्थानको नापोलीलाई पाँच अंकको अग्रता

१० कात्तिक, काठमाडौं । इटालियन सिरि एको रोमाञ्चक खेलमा नापोलीले लेचेविरुद्ध १–० को झिनो जित हासिल गर्दै शीर्ष स्थानमा आफ्नो अग्रता पाँच अंकले बढाएको छ । खेलको पहिलो हाफमा एक गोल रद्द गरिए पनि कप्तान जियोभानी डी लोरेन्जोले दोस्रो हाफमा नेपोलीलाई महत्वपूर्ण अग्रता दिलाए । २८ औं मिनेटमा लोरेन्जोले गरेको गोल भारमार्फत अफसाइड घोषित गरिएको थियो […]

अर्थ मुख्‍य समाचार समाज

यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर

१० कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा पुगेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ २८ पैसा र बिक्रीदर एक […]

मुख्‍य समाचार समाज

स्थानीय र पश्चिमी वायुको प्रभाव : यी स्थानमा हुनेछ वर्षा

९ कात्तिक, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको ओडिशा आसपास रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । आइसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय क्रिकेटका लागि नेपाली टिमको घोषणा गरिएको छ । नेपालले अमेरिका र स्कटल्याण्डसँग यो सिरिज खेल्दै छ । नेपाली टोली क्यानडामा भएको एक दिवसीय सिरिज पछि अमेरिका पुगेको हो । अमेरिकामा हुने उक्त सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको […]

इजरायलले तेहरानमा हवाई आक्रमण गरेपछि इरानको चेतावनी, प्रतिशोधको तयारी

तेहरानमा इजरायली आक्रमणको जवाफ दिने इरानको कडा चेतावनी आएको छ । इरानले आफ्नो परराष्ट्र मन्त्रालयको वक्तव्यमा इजरायलको आक्रमणलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भनेको छ र आफ्नो देशको सुरक्षा सुनिश्चित गर्न प्रतिकार गर्न अधिकार रहेको जनाएको छ । वक्तव्यमा क्षेत्रीय शान्ति र सुरक्षा प्रति इरानको जिम्मेवारी रहेको पनि उल्लेख गरिएको छ । इजरायलले शनिबार बिहानै इरानका विभिन्न […]

मुख्‍य समाचार राजनीति समाचार समाज

दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले उठाएका आवाजलाई गम्भीरतापूर्वक लिन सरकारलाई आग्रह गरेको बताएका छन् । माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले सरकारले बाढीपहिरोको क्रममा चरम लापर्वाही गरेको उल्लेख गर्दै उद्धारमा जस्तै राहत र पुनस्र्थापनामा लापर्वाही नगरोस् भनेर […]