१४ चैत्र २०८२, शनिबार
मुख्‍य समाचार राजनीति समाचार

‘पहिलो र दोस्रो दल मिलेर सरकार बनाउने कुरा सामान्य हुँदैन’ ः गृहमन्त्री लेखक

१८ भाद्र, धनगढी । गृहमन्त्री रमेश लेखकले देशको पहिलो र दोस्रो दल मिलेर सरकार बनाउने कुरा सामान्य नहुने बताएका छन्। मंगलबार विहान गृहप्रदेश सुदूरपश्चिम आइपुगेका गृहमन्त्री लेखकले सञ्चारकर्मीसँग कुरा गर्दै विशिष्ट परिस्थितिमा नेपाली कांग्रेस र नेपाल कम्ष्युनिस्ट पार्टी (एमाले) मिलेर सरकार बनाएको बताएका हुन्। ‘सामान्यतया संसदीय अभ्यासमा देशको पहिलो र दोस्रो दल मिलेर सरकार बनाउने कुरा […]

समाचार

धनगढीको हवाई भाडा घट्यो

१८ भाद्र, धनगढी ।धनगढीको हवाई भाडा घटेको छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटेको हो। बुधबारदेखि लागु हुने गरी नयाँ भाडादर कायम भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। काठमाडौं–सिमरा छोटो दुरीमा रहेकोमा ४५ रुपैयाँ र काठमाडौं–धनगढीसम्म २ सय २० रुपैयाँ सम्म घटेको छ। नयाँ भाडादर अनुसार काठमाडौंबाट माउन्टेन फ्लाइटमा […]

मुख्‍य समाचार समाचार समाज

सर्पले डसेर एक जना घाइते

१८ भाद्र, धनगढी । कैलालीको धनगढीमा सर्पले डसेर एक जना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका–१२ जुगेडा ए गाउँ बस्ने ५० वर्षीय पुरुषलाई घर नजिकै सर्पले डसेको थियो। उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको आपतकालिन कार्यसञ्चालन केन्द्र कैलालीले जनाएको छ। घाइतेको अवस्थामा सामान्य रहेको बताइएको छ।

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

रुसले युक्रेनको पोल्ताभामा गरेको मिसाइल आक्रमणमा ४१ जनाको मृत्यु, १८० जना घाइते

१८ भाद्र, काठमाडौँ । रुसले युक्रनी शहर पोल्ताभामा भीषण आक्रमण गरेको छ। रुसले पोल्ताभा शहरमा गरेको मिसाइल आक्रमणमा ४१ जनाको ज्यान गएको छ भने १८० जना भन्दा बढी घाइते भएका छन । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले रुसले २ वटा मिलाइल आक्रमण गरेको पुष्टी गर्नुभएको छ । पोल्ताभा शहरमा २ वटा शैक्षिक संस्था र एउटा अस्पतालमा आक्रमण […]

मुख्‍य समाचार समाचार समाज

परिवारका तीन सदस्य अकालमा गुमाउँदा विक्षिप्त छन् श्यामलाल

१८ भाद्र, काठमाडौँ । बाँकेको नरैनापुर गाउँपालिका–३ कालाफाँटास्थित गेगली गाउँ निवासी ३८ वर्षीया उषा पासी यही भदौ १० मा बिरामी पर्नुभयो । घरमै निको होला भन्दाभन्दै दुई दिनपछि उहाँको निधन भयो । श्यामलाल पासीको घरमा देखिएको झाडापखाला, ज्वरो र टाउको दुख्ने समस्या त्यत्तिमै रोकिएन । यस्तै लक्षणबाट सङ्क्रमित हुनुभएकी ६५ वर्षीया शान्ति पासीको भदौ १४ […]

अर्थ मुख्‍य समाचार समाचार समाज

दसैँमा सर्वसाधारणले नयाँ नोट नपाउने

१८ भाद्र, धनगढी । नेपाल राष्ट्र बैंकले यस वर्षको दसैँमा नयाँ नोट जारी नगर्ने भएको छ । वार्षिक सरदर साढे १ अर्ब रुपैयाँ नयाँ नोटमा खर्च हुने भएको र एक दुई महिनामै पुरानो हुने समस्याको कारण बैंकले नयाँ नोट जारी नगर्ने भएको हो । नयाँ नोट नछापे पनि केन्द्रीय बैंकले सर्वसाधारणलाई सुकिला नोट सटही गरिदिने जनाएको […]

मुख्‍य समाचार समाचार समाज

महाकाली नदीमा बेवारिसे शव फेला

१८ भाद्र, काठमाडौँ । कञ्चनपुरमा बेवारिसे शव फेला परेको छ । सोमबार साँझ जिल्लाको भीमदत्त नगरपालिका-९ व्रह्मदेवस्थित खल्ला जाने बाटो नजिक महाकाली नदीमा रहेको रुखमा अड्किएको अवस्थामा शव फेला परेको हो । नाम, थर, वतन खुल्न नआएको अन्दाजी ३५/४० वर्षका पुरुषको शव फेला परेको र सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

बैंक–वित्त मुख्‍य समाचार समाचार समाज

कञ्चनपुरमा माछा मार्ने क्रममा डुबेर एक युवकको मृत्यु

१८ भाद्र, काठमाडौँ । कञ्चनपुरमा माछा मार्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार पुनर्वास नगरपालिका–७ परासनस्थित दोदा नदीमा माछा मार्ने क्रममा डुबेर सोही ठाउँका २२ वर्षीय जन्तरी रानाको मृत्यु भएको हो । रानाको सोमबार मृत्यु भएको र आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी उमेश जोशीले बताए ।

समाचार समाज

वैदेशिक रोजगारमा पठाउने भन्दै ठगी गर्ने पक्राउ

१८ भाद्र, काठमाडौँ ।  विभिन्न देशमा वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउगरी आज सार्वजनिक गरेको छ । पक्राउपर्नेमा काभ्रेपलाञ्चोक रोशी गाउँपालका–६ लेखपानीका ३२ वर्षीय बुद्ध लामा तथा बर्दिया गेरुवा गाउँपालिका–२ घर भई हाल काठमाडौँ टोखा नगरपालिका–१० बस्ने ४३ वर्षीय मानबहादुर चौधरी रहेका प्रहरीले जनाएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान […]

खेलकुद मुख्‍य समाचार समाचार

साफ यु–२० च्याम्पियनसिप खेलेका नेपाली खेलाडीलाई एन्फाले जनही ५० हजार रुपैयाँ दिने

१८ भाद्र, काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यु–२० च्याम्पियनसिपमा उपविजेता भएको राष्ट्रिय टोलीका खेलाडीलाई जनही ५० हजार रुपैयाँ पुरस्कार दिने भएको छ । अगस्ट १८ देखि २८ सम्म सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको प्रतियोगिताको फाइनलमा नेपाल बंगलादेशसँग ४–१ ले पराजित भएको थियो । एन्फाको अगस्ट २९ मा सम्पन्न बैठकले खेलाडी र म्याच अफिसियल […]

समाचार

डेंगुबाट मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

१८ भाद्र , काठमाडौँ । डेंगु सङ्क्रमणबाट मृत्यु हुने सङ्ख्या चार जना पुगेको छ । पछिल्लो तथ्याङ्क अनुसार ६ हजार ८३१ जना सङ्क्रमितमध्ये चार जनाको मृत्यु भएको हो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा ईडीसीडीका अनुसार गत माघको दोस्रो सातायता फैलिएको डेंगुबाट सो सङ्ख्यामा सङ्क्रमित र ४ जनाको मृत्यु भएको हो । हुम्ला र […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

लेक लागेर मृत्यु हुने पर्यटकको सङ्ख्या बढ्दो

१८ भाद्र, गण्डकी । पदयात्रा र तीर्थयात्राका लागि गत वर्ष हिमालपारि मुस्ताङ तथा मनाङ गएका २१ पर्यटक उतै अस्ताए । छ नेपालीसहित ११ भारतीय, मलेसियाका दुई, युक्रेनका एक र एक बेलायती नागरिकले यात्राका क्रममा लेक लागेर मृत्युवरण गरे । अधिकांश लेक लागेका घटना मुस्ताङको मुक्तिनाथ क्षेत्रमा भएका थिए । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आव […]