४ कार्तिक २०८३, मंगलवार
मुख्‍य समाचार समाचार समाज

सूचना प्रविधि सम्बन्धी सीप विकास गर्न जेनेस सलुशन तथा कागेश्वरी मनोहरा नगरपालिकाबीच सहकार्य

५ मङ्सिर, काठमाडौँ । सूचना प्रविधि सम्बन्धी परामर्शदाता कम्पनी, जेनेस सलुशन, तथा  कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ को संयुक्त प्रयासमा ‘जेनेस टेक्नोलोजी एण्ड एक्सिलेन्स सेन्टर (जीटेक)’  स्थापना गरिएको  छ।

स्थानीय युवाहरुलाई  उच्चस्तरीय प्राविधिक तालिम, अनुभवजन्य सिकाइ र पेशागत विकासद्वारा सशक्त बनाउने उद्देश्यले उक्त केन्द्रको स्थापना गरिएको जेनेस सलुशनले जनाएको छ।

गत शनिबार काठमाडौँको मूलपानीमा आयोजित समारोहलाई सम्बोधन गर्दै कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले युवाहरुमा रोजगारमूलक सीप सिकाउन गरिएको यो प्रयास निकै सह्राहनीय भएको बताए।  उनले ठूलो संख्यामा युवाहरु विदेश गै रहेका बेला उनीहरुलाई सीप सिकेर स्वदेशमै रोजगारीको अवसर प्रदान गर्ने अभियान थालेकोमा  जेनेस सलुशनलाई हार्दिक धन्यवाद दिए।  उनले जीटेकसंग नगरपालिकाले सहकार्य गर्ने र सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ का वडा अध्यक्ष प्रकाश फुयालले आफ्नै समुदायमा बसेर संसारमा विकास भै रहेको अत्याधुनिक प्रविधि सिक्ने सिकाउने अवसर प्रदान गरेकोमा जेनेस सलुशनलाई हार्दिक धन्यवाद दिए।  उनले अहिलेका युवाहरुले विभिन्न डिग्री हासिल गरे पनि रोजगारी पाउन नसकेको बताउंदै उनीहरुको सीपलाई रोजगारीसंग जोड्न आवश्यक भएको बताए ।  उनले जेनेस सलुशनसंग सहकार्य गर्न पाउँदा आफुहरु निकै खुसी भएको पनि जनाए ।

“ जेनेस टेक्नोलोजी एण्ड एक्सिलेन्स सेन्टर (जीटेक) को  स्थापना  जेनेस सलुशन र कागेश्वरी मनोहरा वार्ड नं. ६ बीच समुदाय सशक्तिकरणको प्रतिबद्धता हो। यस सहकार्यले स्थानीय अर्थतन्त्रमा दीर्घकालीन प्रभाव पार्ने, युवाहरुमा सीप विकास गर्ने र नव प्रवर्तनको संस्कारलाई प्रोत्साहन गर्नेछ। जीटेकले  केवल तालिम केन्द्र मात्र नभएर अवसर, समावेशिता, र उत्कृष्टताको केन्द्रका रूपमा पनि काम गर्ने छ,“    जेनेस सलुशनका प्रमुख कार्यकारी अधिकृत  अञ्जनी  फुयालले भन्नु भयो।  ।

जीटेकले  आर्टिफिसियल इन्टेलिजेन्स, क्लाउड कम्प्युटिङ, डेटा एनालिटिक्स जस्ता आधारभूत तथा आधुनिक प्रविधिहरू समेटेको पाठ्यक्रम प्रदान गर्ने र यसबाट सहभागीहरूलाई रोजगार वृद्धि गर्नका लागि आवश्यक सीप प्राप्त हुने फुयालले जनाउनु भयो ।

सोही अवसरमा महिलाहरूलाई प्रविधिमा प्रोत्साहन गर्नुका साथै प्रविधिमा सफल हुन वातावरण बनाउन ’गर्ल्स इन टेक’ समूह पनि स्थापना गरिएको छ।

स्थानीय स्टार्टअपहरुलाई सहयोग पु¥याउन केन्द्रले एक नवप्रवर्तनात्मक इनक्यूबेटर स्थापना गर्नेछ जहाँ इच्छुक उद्यमीहरूलाई मार्गदर्शन, स्रोतसाधन र नेटवर्किङ प्रदान गरिनेछ। त्यस्तै नियमित समुदाय कार्यक्रममा प्राविधिक छलफल र कार्यशालाहरू आयोजना गरी प्रविधिमा चासो बढाउने र सहभागीहरूको ज्ञानको विस्तार गरिने पनि जनाइएको छ।

केन्द्रले  प्रविधि सीप बूटक्याम्प मार्फत आधिकारिक  प्रमाणपत्र समेत प्रदान गर्ने गरी  वेब विकास, डेटा साइन्स, एआई र साइबर सुरक्षा जस्ता छोटो अवधिका  कोर्सहरू संचालन गर्ने  छ।

अहिले सम्म केन्द्रमा कागेश्वरी मनोहरा नगरपालिकाका झन्डै ७० जना युवाहरु आबद्ध भै सकेको जेनेस सलुशनले जनाएको छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि