१७ चैत्र २०८२, मंगलवार
कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार

गिरीबन्धु टि–स्टेट नजिकै बिस्फोट भएको कुकर बम फेला

२८ भदौ, झापा ।  बिर्तामोडको गिरीबन्धु टि–स्टेट नजिकै बिस्फोट भएको प्रेसर कुकर बम फेला परेको छ । बिर्तामोड ६ स्यालडागी  स्थित, गिरीबन्धु टि स्टेट प्रालिभित्र रहेको शम्सेर एण्ड गंगादेबी टि–स्टेटको कम्पाउण्डको वाल बाहिर विस्फोट भएको कुकर फेला परेको प्रहरीले जनाएको छ । छत्रबाबु गिरीले संचालन गर्दै आएको सो टि–स्टेटको  कम्पाउन्ड वाल बाहिर नेकपा (माओवादी) पूर्वी […]

समाचार समाज

खुटिया नदीले पार गर्यो सतर्कता तह

२८ भाद्र,  काठमाडौं ।  कैलालीको खुटिया नदीले जल सतर्कता तह पार गरेको छ।मुडीभर जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। तल्लो नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा रहेका नागरिकलाई भोलि बिहान सम्म सचेत रहन विभागले आग्रह गरेको छ। सुदूरपश्चिममा बिहीबारदेखि भारी वर्षा […]

मुख्‍य समाचार समाचार समाज

कोरियाको आम्दानी ‘ड्रागन फ्रुट’मा लगानी

२८ भाद्र,  गलकोट । कोरियाबाट फर्केका काठेखोला गाउँपालिका–१ पालाका प्रतिमान थापा स्वादिलो फल ‘ड्रागन फ्रुट’को व्यावसायिक उत्पादनमा व्यस्त छन् । विसं २०७७ मा ड्रागन फ्रुटका एक हजार पाँच सय बिरुवा लगाएका थापाले १५ महिनामा फल टिप्न थालेको बताए । कोरोनाकालमा कोरियाबाट गाउँ फर्केका थापाले युट्युवमा भिडियो हेरेकै आधारमा गरेको ड्रागन फ्रुटले व्यावसायिक उत्पादन दिन थालेपछि उनी […]

मुख्‍य समाचार राजनीति समाचार

एमाले सचिवालय बैठक बस्दै

२८ भाद्र,  काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक केन्द्रीय कार्यालय च्यासलमा मध्याह्न साढे १२ बजे बस्नेछ । बैठकले एक वर्षे कार्ययोजना पारित गर्नेछ । यसअघि भदौ १८ र १९ गते बसेको एमाले पोलिटब्युरो बैठकले ‘राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’ पारित गरेको थियो ।

मुख्‍य समाचार समाचार समाज

नेपाल आयल निगमले माग्यो ३५ कर्मचारी

२८ भाद्र,  काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले विभिन्न पदमा ३५जना नयाँ कर्मचारीका लागि आवेदन माग गरेको छ । निगमले आज एक सूचना जारी गर्दै खुला तथा समावेशी रूपमा पदपूर्ति गर्ने गरी विभिन्न तहमा ३५ कर्मचारी माग गरेको हो । यी सबै पदको लागि सूचना प्रकाशित भएको २१ दिनभित्र दरखास्त दिनुपर्ने छ । म्याद सकिएको दिनदेखि […]

मुख्‍य समाचार समाचार समाज

उडान कम हुँदा भोजपुरबाट काठमाडौँ जाने यात्रु मारमा

२८ भाद्र,  भोजपुर । भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको जिल्लाको एकमात्र विमानस्थल कालोपत्र भएको छ । सदरमुकामबाट विमानस्थल पुग्ने सडक पनि कालोपत्र भइसकेको छ । तर पनि यो विमानस्थलमा उडान भने हाल हप्तामा दुई दिनमात्र हुने गरेको छ । विसं २०३५ मा निर्माण सम्पन्न भएर प्रयोगमा आएको विमानस्थलमा कुनै समय हप्तामा सात दिन नै उडान हुने गर्दथ्यो […]

मुख्‍य समाचार समाचार समाज

धरहरा असोज ३ गतेदेखि सञ्चालनमा आउने

२८ भाद्र,  काठमाडौँ । काठमाडौँको सुनधारास्थित नवनिर्मित धरहरा ३ असोजदेखि अस्थायी रूपमा सञ्चालन हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संविधान दिवसको अवसर पारेर ३ असोजदेखि धरहरा अस्थायी रूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार धरहरा सञ्चालनको जिम्मेवारी संघीय सरकारको शहरी विकास मन्त्रालयलाई दिइएको छ ।

मुख्‍य समाचार समाचार समाज

घुससहित पक्राउ परेका २ इन्जिनियर दोषी ठहर

२८ भाद्र, काठमाडौँ । घुससहित पक्राउ परेका पर्यटन विकास आयोजना इकाई कार्यालयका इन्जिनियरहरू दोषी ठहर भएका छन् । सब-इन्जिनियरहरू राजनप्रसाद भट्टराई र सञ्जय अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७ हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो । विशेष अदालतका न्यायाधीशहरू टेकनारायण कुँवर, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले बिहीबार उनीहरूलाई दोषी ठहर गर्दै जनही ३ महिना […]

मुख्‍य समाचार समाचार समाज

क्षमताभन्दा बढी कैदी बन्दी हुँदा खोटाङ कारागारमा समस्या

२८ भाद्र, खोटाङ ।  जिल्ला कारागार खोटाङमा क्षमताभन्दा ६३ जना बढी कैदी बन्दी भएका छन् । महिला ३३ र पुरुष ६६ जना गरी ९९ कैदी बन्दी अटाउने क्षमताको कारागारमा एक सय ५९ पुरुष र तीन महिला गरी एक सय ६२ कैदी बन्दी भएका हुन् । कारागारमा रहेका कैदीबन्दीमध्ये सबैभन्दा बढी जबर्जस्ती करणी मुद्दाका रहेको जेलर […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

अष्ट्रेलियामा असोज २७ गते विजयादशमी मनाउनुपर्ने अन्तर्राष्ट्रिय पञ्चाङ्ग समितिको निर्णय

२८ भाद्र, काठमाडौँ ।  अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले अष्ट्रेलियामा २०८१ असोज २७ गते (२०२४ अक्टोबर १३ तारिख)मा विजयादशमी मनाउनुपर्ने जनाएको छ । वैदिक परिषद् अष्ट्रेलियाबाट प्रकाशित ‘भाष्कर नेपाली पञ्चाङ्ग’मा विजयादशमी (टीका) र लक्ष्मी पूजा नेपालका पञ्चाङ्गसँग फरक हुन गएको भन्दै समितिले विज्ञप्ति जारी गरी अष्ट्रेलियामा असोज २७ गते मान्यजनका हातबाट दसैँको टीका लगाउनुपर्ने जनाएको हो […]

मुख्‍य समाचार समाचार समाज

सकसपूर्ण मुक्तिनाथ यात्रा : बाढी, कटान र पहिरोको चुनौती

२८ भाद्र,  म्याग्दी । मुस्ताङमा रहेका मुक्तिनाथ, दामोदरकुण्ड हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको महत्त्वपूर्ण तीर्थस्थल हुन् । मुक्तिनाथ, कागबेनी र दामोदरकुण्डमा स्नान, पूजाआजा र दर्शन गरेमा पापबाट मुक्ति र पुण्य मिल्ने धार्मिक विश्वास छ । पर्यटकीय हिसाबले पनि महत्त्वपूर्ण मुस्ताङमा तीर्थयात्रीसहित आर्थिक वर्ष २०८०–८१ सडकमार्ग भएर चार लाख २७ हजार पाहुना भित्रिएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क […]

मुख्‍य समाचार समाचार समाज

भारी वर्षाको सम्भावना

२८ भाद्र, काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव सँगै भारतको मध्यप्रदेशको उत्तरपश्चिम र आसपास रहेको न्यूनचापिय प्रणालीको प्रभाव देखिएको छ। जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतयादेखि पूर्णतया बदली रही बाँकी क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रहेको छ। लुम्बिनी, कर्णाली र […]