१७ चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार समाचार समाज

लिंगो ठड्याएर शुरू भयो इन्द्रजात्रा

३० भदौ, काठमाडौं । वसन्तपुरमा आइतबार बिहान इन्द्रध्वजा ठड्याएसँगै काठमाडौं उपत्यकामा मनाइने इन्द्रजात्रा शुरू भएको छ । बिहान ८ बजेर २६ मिनेटको साइतमा इन्द्रध्वजा उत्थान गर्दै यस वर्षको इन्द्रजात्रा आजदेखि शुरू भएको हो । हनुमानढोका दरबार अगाडि इन्द्रध्वजा ठड्याएपछि औपचारिक रूपमा इन्द्रजात्रा शुरू हुने परम्परा छ । हरेक वर्ष भदौ शुक्ल द्वादशीका दिनदेखि एक हप्तासम्म […]

राजनीति समाचार समाज

उपसभामुखलाई हटाउन नहुने

३० भाद्र,  मोरङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन नहुने जिकिर गरेका छन्। विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले बालबालिकाको उन्नयनका खातिर निःस्वार्थ सेवा गरेकी जनजाति महिलालाई पदबाट हटाउन उपयुक्त नहुने धारणा व्यक्त गरे।“जनजाति तथा बालबालिकाका क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्नुभएकी उहाँलाई हटाउनु उचित हुँदैन, यसबाट सत्तापक्ष […]

मुख्‍य समाचार समाचार समाज

चितवनको सिमतालमा चालकसहित ट्रक खस्यो

३० भाद्र, काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालमा एउटा ट्रक नदीमा खसेको छ । ना ६ ख ६२८६ नम्बरको सो ट्रकका चालकसहित खसेको जिल्ला प्रहरी कार्यालय, चितवनका सूचना अधिकारी डिएसपी भेषराज रिजालले जानकारी दिनुभयो । घटनाका बारेमा थप विवरण आउन बाँकी छ ।

मुख्‍य समाचार समाचार समाज

राष्ट्रपति पौडेलबाट दश स्रष्टा सम्मानित

३० भाद्र, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुदूरपश्चिम र कर्णालीको भाषा एवं साहित्य क्षेत्रमा योगदान पुर्‍याउँदै आउनुभएका दश जना स्रष्टालाई सम्मान गर्नुभएको छ । सांस्कृतिक समाज नेपालले  आयोजना गरेको स्रष्टा अभिनन्दन तथा देउडा सांस्कृतिक साँझ कार्यक्रमको उद्घाटनपछि राष्ट्रपति पौडेलले सुदुरपश्चिम तथा कर्णालीको भाषा, साहित्य, संस्कृति, खेल तथा पत्रकारितामार्फत् योगदान पुर्‍याउने यक्तित्वहरूलाई सम्मान गर्नुभयो । राष्ट्रपति […]

मुख्‍य समाचार समाचार समाज

जापानिज इन्सेफ्लाइटिसबाट १४ जनाको मृत्यु

काठमाडौँ । जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले जापानिज इन्सेफ्लाइटिसले अहिलेसम्म १४ जनाको मृत्यु भएको जानकारी दिए। डा. गौतमका अनुसार अहिलेसम्म ६१ जनालाई जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण देखिएको छ । ती सबैको नमूना परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको थियो […]

मुख्‍य समाचार समाचार समाज

दुई दिनदेखि अवरुद्ध केआईसिंह राजमार्ग सञ्चालन

३० भाद्र,  डोटी । अविरल वर्षासँगै खसेको पहिरोले दुई दिनदेखि अवरुद्ध केआईसिंह राजमार्ग सञ्चालनमा आएको छ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका-२ रडुवामा गएको पहिरोले अवरुद्ध बनेको डडेल्धुरा डोटी जोड्ने राजमार्ग एकतर्फी सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । भदौ २६ गते रातिदेखि २८ गतेसम्म परेको वर्षाका कारण सडकमाथिबाट खसेको पहिरोले अवरुद्ध बनेको राजमार्ग शनिबार साढे […]

मुख्‍य समाचार समाचार समाज

चौधर नदीले कटान गर्दा बेदकोटको एक बस्ती जोखिममा

३० भाद्र,  कञ्चनपुर । बेदकोट नगरपालिका-४ बैतोडामा चौधर नदीले कटानी गर्न थालेपछि बस्ती नै जोखिममा पर्न थालेको छ । बिहीबारदेखिको निरन्तर वर्षासँगै नदीमा आएको बाढीले दुई दर्जन बढी परिवारको झन्डै तीन बिघा जग्गा कटानी गरी बगरमा परिणत गरेको छ । टोलकै ज्ञानज्योति बाल विकास केन्द्रको जग्गासमेत कटानी गरेको छ । नदी तटीय क्षेत्रमा बसोबास गर्ने […]

मुख्‍य समाचार समाचार समाज

गोरखामा भएको सवारी दुर्घटनामा नेपाली सेनाका लेस नायकको मृत्यु

३० भाद्र, काठमाडौं ।  गोरखा नगरपालिका–९ दलभञ्ज्याङमा शनिवार दिउँसो ट्रिपर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । शनिवार दिउँसो साढे ४ बजेतिर भएको दुर्घटनामा गम्भीर घाइते इलाम घर भएका २६ वर्षका सुरेन्द्र राईको उपचारका क्रममा गोरखा अस्पतालमा मृत्यु भएको हो । दु र्घटनामा […]

मुख्‍य समाचार समाचार समाज

पूर्वी नवलपरासीका थारु समुदायले जितीया पर्व मनाउँदै

३० भाद्र, काठमाडौं । गण्डकी प्रदेशको पूर्वी नवलपरासी जिल्लामा मात्र बसोबास रहेको थरुहट समुदायहरुको पर्व जितीया पर्व हर्सोल्लासले मनाईरहेका छन् । कृष्ण पक्षको सप्तमीदेखि मनाईने यो पर्व असोज ९ गते समापन हुन्छ । गण्डकी प्रदेशको एक मात्र थारु जातीको बसोबास रहेको पूर्वी नवलपरासीको नवलपुरमा कृष्ण पक्षको सप्तमीदेखि मनाईने थारुहरुको जितीया पर्व शुरु भएको हो । […]

मुख्‍य समाचार समाचार समाज

भारी वर्षाकाे सम्भावना कायमै

३० भाद्र, काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभाव सँगै पश्चिमबङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही […]

मुख्‍य समाचार समाचार

ताप्लेजुङमा गएराती भूकम्पको धक्का

३० भाद्र, काठमाडौं । ताप्लेजुङ जिल्लाको खेजेनिममा ४.१ रेक्टर स्केलको भूकम्प गएको छ । गएराति १२ बजेर ८ मिनेटको समयमा सो भूकम्प गएको जानकारी राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको छ ।

मुख्‍य समाचार राजनीति समाचार

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

३० भाद्र, काठमाडौं । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । संसद् भवन नयाँ बानेश्वरमा अपराह्न एक बजे बस्ने प्रतिनिधिसभा बैठकबाट ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१’ र ‘विधायन विधेयक, २०८१’ पारित गर्ने सम्भावित कार्यसूची छ । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१ लाई पारित […]