४ बैशाख २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

कानून समितिमा रास्वपाकी सांसद समीक्षा बास्कोटा निर्विरोध निर्वाचित

काठमाडौं । कानून न्याय तथा मानवअधिकार समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बास्कोटा निर्विरोध निर्वाचित भएकी छिन् ।
शुक्रबार बसेको प्रतिनिधिसभा अन्तरगतको कानुन समितिको बैठकले उनलाई चयन गरेको हो ।
बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले उनलाई सभापतिको उम्मेदवार बनाएको थियो ।
निर्वाचित भएपछि उनले निर्विरोध निर्वाचित हुँदा धेरै खुसी लागेको भन्दै थप जिम्मेवारी आफूमाथि थपिएको बताइन् ।
सबै सदस्यहरुसँगको छलफल र समन्वयसँगै समितिको काम कारवाही अगाडि बढाउने उनले जानकारी दिइन् ।
उनले भनिन्,‘निर्विरोध निर्वाचित हुँदा धेरै खुसी लागेको छ तर जिम्मेवारी धेरै ठूलो छ । हामी सबै बसेर महत्वपूर्ण छलफल गरेर महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै अगाडि बढाउँछौं ।’

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि