१८ चैत्र २०८२, बुधबार
मुख्‍य समाचार राजनीति समाचार

गुणस्तरीय शिक्षामा समान अवसर र लाभको सुनिश्चितता जरुरी : प्रधानमन्त्री ओली

२ असोज, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पिछडिएका वर्ग, क्षेत्र, लिङ्ग र जातजातिलाई शिक्षाको मूलधारमा समाहित गरी गुणस्तरीय शिक्षाको समान अवसरको वितरण गर्नुपर्नेमा जोड दिएका छन् । उनले प्रदेशगत र स्थानीयगत शिक्षाका सबै तह एवं अवसरमा हुने असमानता हटाई समान अवसर र लाभको सुनिश्चितता गर्नु अपरिहार्य रहेको उल्लेख गरेका छन् । ‘राष्ट्रिय शिक्षा दिवस, […]

मुख्‍य समाचार समाचार समाज

आजदेखि सोह्र श्राद्ध सुरु

२ असोज, काठमाडौँ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले  जानकारी दिए । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान […]

मुख्‍य समाचार समाचार

भैरव अर्यालको स्मृतिमा स्थापित पुरस्कार तीन जनालाई प्रदान गरिने

१ असोज,  काठमाडौँ। नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित पुरस्कार तीन जनालाई प्रदान गरिने भएको छ । मंगलबार भैरव पुरस्कार गुठीका अध्यक्ष वरिष्ठ साहित्यकार रोचक घिमिरेको अध्यक्षतामा बैठकले उक्त पुरस्कारको सूची सार्वजनिक गरिएको हो। गुठीका अध्यक्ष घिमिरेका अनुसार २०८१ सालको भैरव पुरस्कार हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागेलाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशि […]

मुख्‍य समाचार राजनीति समाचार

सुरेन्द्र पाण्डेले भने-अहिले संविधानमाथि किन असन्तुष्टि बढ्यो भन्ने कोणबाट छलफल हुन आवश्यक

१ असोज, काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले हिजो नयाँ संविधानको आवश्यकता किन पर्‍यो र आज त्यही संविधान माथि किन असन्तुष्टि बढ्यो भन्ने कोणबाट छलफल हुन आवश्यक रहेको बताएका छन् । नेकपा एमाले नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानले आयोजना गरेको संविधान कार्यान्वयनको १० वर्षस् अनुभव, चुनौती र अबको बाटो विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

चिकित्सक हत्यामा विरोध प्रदर्शनपछि कोलकातामा भारतीय प्रहरी प्रमुख बर्खास्त

१ असोज, कोलकाता । कोलकातामा भारतीय अधिकारीहरूले चिकित्सकको क्रूर बलात्कार र हत्याको विरोधमा उग्र प्रदर्शनपछि शहरका प्रहरी प्रमुख र स्वास्थ्य मन्त्रालयका शीर्ष अधिकारीलाई बर्खास्त गरेका छन् । अगस्त ९ मा कोलकाताको एक सरकारी अस्पतालमा ३१ वर्षीया चिकित्सकको रगतले लतपतिएको शव फेला परेपछि महिलाविरुद्ध हिंसाको दीर्घकालीन मुद्दालाई लिएर देशव्यापी आक्रोश सिर्जना भएको छ । उक्त हत्यापछि […]

मुख्‍य समाचार समाचार

शिक्षामा नीतिगत सुधार नभई देशमा सुधार हुँदैन : उपकुलपति बराल

१ असोज,  काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. केशरजंग बरालले शिक्षामा नीतिगत सुधार नगरी देशमा सुधार हुन नसक्ने बताएका छन् । नेपालमा नारी शिक्षाको क्षेत्रमा विशेष योगदान पुर्‍याउँदै आएको पद्मकन्या बहुमुखी क्याम्पसको ७४औं वार्षिकोत्सव विशेष कार्यक्रमकोउद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । सरकारले शिक्षा क्षेत्रमा आवश्यक बजेट छुट्याउन नसक्दा त्यसको मार विश्वविद्यालयमा परेको उल्लेख गर्दै उपकुलपति […]

मुख्‍य समाचार राजनीति समाचार

राप्रपाद्वारा ४० वर्षमुनिका २० युवा केन्द्रीय सदस्यमा छनोट

१ असोज,  काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ४० वर्षमुनिका २० युवालाई केन्द्रीय सदस्यमा छनोट गरेको छ । जसमा मिस नेपाल वर्ल्ड २०२४ आश्माकुमारी केसी पनि रहेकी प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । नवीन राप्रपा कार्ययोजना अन्तर्गत ४० वर्षमुनिका २० युवालाई केन्द्रीय कार्यसमितिमा लैजान छनोट समिति गठन गरिएको थियो । छनोट समितिले विभिन्न आधारमा छनोट गरेका युवाहरूलाई […]

मुख्‍य समाचार समाचार

साझा प्रकाशनमा १५ दिने विशेष पुस्तक प्रदर्शनी सुरु

१ असोज,  काठमाडौँ ।  ललितपुर। ‘कालजयी कृति, पाठकका निम्ति’ भन्ने नाराका साथ साझा प्रकाशनमा विशेष पुस्तक प्रदर्शनी सुरु भएको छ । साझा प्रकाशनका पूर्व महाप्रबन्धक तथा प्रमुख सल्लाहकार डा तुलसी भट्टराईले आज केन्द्रीय कार्यालय पुलचोकमा प्रदर्शनीको उद्घाटन गरे । प्रदर्शनीको उद्घाटन पश्चात् डा. भट्टराईले पढ्ने संस्कृति हराउँदै गएको वर्तमानयुगमा पुस्तक प्रदर्शनीले ठूलो योगदान पुर्‍याउने बताए । […]

मुख्‍य समाचार समाचार

मानव अधिकार आयोगका कर्मचारीलाई निजामतीसरह सेवा–सुविधाको प्रस्ताव

१ असोज,  काठमाडौँ ।  राष्ट्रिय मानव अधिकार आयोगको नयाँ बिधेयकमा आयोगका कर्मचारीलाई निजामती कर्मचारीसरह सेवा सुविधा दिने प्रस्ताव गरिएको छ । हाल कार्यान्वायनमा रहेको आयोगको ऐनमा यससम्बन्धिक केही उल्लेख नभएकाले आयोगको कर्मचारी व्यवस्थापन नियमावलीका भरमा चलेको छ । नियमावलीलाई लोक सेवा आयोगले सर्तसहित सहमति दिएको थियो । कर्मचारी व्यवस्थापनलाई प्रभावकारी बनाउन बिधेयकमा कर्मचारी तथा सेवासम्बन्धि व्यवस्था […]

मुख्‍य समाचार राजनीति समाचार

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन अन्तिम समयमा आएर स्थगित

१ असोज,  काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन अन्तिम समयमा आएर स्थगित भएको छ । असोज २ बुधबारदेखि असोज ५ गतेसम्म संघीय राजधानी काठमाडौँको प्रज्ञाभवन कमलादीमा हुने भनिएको राष्ट्रिय सम्मेलन अन्तिम समयमा आएर स्थगित भएको हो । विद्यार्थी नेतृत्वकै परीक्षा समेत चलिरहेको र प्रदेश सम्मेलन समयमै हुन नसकेका कारण स्थगित […]

मुख्‍य समाचार समाचार

निगमका कर्मचारीलाई अनावश्यक बिदा बस्न रोक

१ असोज,  काठमाडौँ । नेपाल वायुसेवा निगमले कर्मचारीहरूलाई अनावश्यक बिदा लिन रोक लगाएको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले दसैँ, तिहार तथा छठ पर्वको समयमा निगमका सबै विभागका इन्चार्ज र प्रबन्धकदेखि माथिका जिम्मेवार कर्मचारीहरूलाई कार्यालयको काममा वाधा पर्ने गरी बिदा नदिन निर्देशन दिएका हुन् । अत्यावश्यक र अत्यन्त जरुरी बाहेक अन्तर्राष्ट्रिय तालिम तथा भ्रमणमा […]

समाचार समाज

नेपालमा कल सेन्टर खोलेर विश्वभरी ठगी

१ असोज, काठमाडौँ । कल सेन्टरको आवरणमा कार्यालय राखेर अनलाइनमार्फत ठगी तथा क्रिप्टो कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले तीन विदेशीले विगतमा दुबईमा बसेर यस्तो अपराध गरेको खुलेको छ । दुबईमा पक्राउ परेपछि उनीहरु नेपाल आएर यस्तो अपराधमा संलग्न थिए । ललितपुरको एकान्तकुनामा घर भाडामा लिएर चिनियाँ नेतृत्वको गिरोहले विश्वभरी नै ठगी गर्दै आएकोमा गत साता […]