१८ चैत्र २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

इटहरीमा सुरुभयो बिजुली बस सेवा

२ असोज, धरान (सुनसरी) । नगरवासीको सुविधालाई दृष्टिगत गरी इटहरी उपमहानगरपालिकाले आजदेखि चारवटा विद्युतीय बसबाट सेवा सुरु गरेको छ । इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलका अनुसार इटहरीका चारवटै क्षेत्रलाई समेटेर बस सञ्चालनको ‘रुट’ तयार गरी सेवा सुरु भएको हो । सडक सञ्जाल विस्तार भए पनि इटहरीका सबै क्षेत्रमा सार्वजनिक यातायात नियमित रूपमा उपलब्ध नभएकाले नगरवासीको […]

मुख्‍य समाचार समाचार समाज

चार करोड २५ लाख भुरा उत्पादन

२ असोज, बागमती । हेटौँडास्थित प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्रले चार करोड २५ लाख माछाका भुरा उत्पादन गरेको छ । एक वर्षमा ती भुरा उत्पादन गरिएको हो । मकवानपुर, चितवन, सिन्धुली, नवलपरासी, बारा, पर्सा, रौतहट र सर्लाहीलगायत अन्य जिल्लाका किसानले भुरा खरिद गर्दै आएका छन् । उक्त कार्यालयका अनुसार आर्थिक वर्ष २०८०-८१ मा […]

मुख्‍य समाचार राजनीति समाचार

ओटावामा नेपाल–क्यानडा परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुँदै

२ असोज, काठमाडौँ । नेपाल र क्यानडाबीच आज द्विपक्षीय वार्ता हुँदैछ । यही असोज ३ र ४ गते क्यानडाको टोरोन्टोमा हुने ‘महिला परराष्ट्रमन्त्रीहरूको बैठक’मा भाग लिन ओटावा पुग्नुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र क्यानडाका परराष्ट्रमन्त्री मिलेनी जोली नेतृत्वको प्रतिनिधिमण्डलबीच वार्ता हुन लागेको हो । ओटावास्थित नेपाली राजदूतावासका अनुसार आजै परराष्ट्रमन्त्री देउवा क्यानडा–नेपाल संसदीय मैत्री […]

मुख्‍य समाचार समाचार समाज

इन्द्रदहमा मेला भर्नेको भीड

२ असोज, भक्तपुर । इन्द्रजात्राका अवसरमा आज बिहानैदेखि भक्तपरको इन्द्रदहमा मेला भर्नेको भीड लागेको छ । भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी देवगृहबाट बाजागाजासहित देवताको मूर्ति खटमा विराजमान गराई ‘वाचा मुकेगु’ भनी आधा देश परिक्रमा गराइ मङ्गलबार साँझ इन्द्रदह पुर्याइएको थियो । उक्त खटलाई दह किनारमा रातभरि राखेर दीपावली गरी आज बिहानैदेखि इन्द्रदहमा स्नान एवं पूजा गर्नेको […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

कृषि अनुसन्धानको परिचय बनाउँदै बन्दिपुरस्थित बाख्रा अनुसन्धान केन्द्र

२ असोज, दमौली (तनहुँ) । बन्दीपुरस्थित राष्ट्रिय अनुसन्धान बाख्रा केन्द्र कृषि तथा पशुपालन गर्नेहरूका लाागि अध्ययनस्थलका रूपमा परिचित हुँदै गएको छ । केन्द्रबारे जानकारी लिन धेरै जिज्ञासु दैनिक यहाँ आउने गरेका छन् । एक वर्षमा आठ हजार अवलोकनकर्ताले केन्द्रका बारेमा जानकारी लिएका गरेका छन् । गत वर्ष सात हजार नौ सय ६४ जनाले अनुसन्धान केन्द्रको […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

बादरबाट हैरान पर्वतका किसान व्यावसायिक ओखरखेतीमा

२ असोज, पर्वत । बर्सेनि खेतीयोग्य जमिन बाँझो रहने, युवा जनशक्तिको पलायन र बाँदरले दुःख दिएपछि जिल्लामा पहिलोपटक व्यावसायिक ओखरखेती सुरु गरिएको छ । महाशिला गाउँपालिकामा पहिलोपटक ओखरखेती थालिएको हो । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रमअन्तर्गत गाउँपालिकाका छवटै वडामा ओखरखेती सुरु गरिएको छ । गाउँमा बाँझो रहेको जमिन सदुपयोग तथा बाँदरबाट हुने क्षति न्यूनीकरणका […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

विपन्न बिरामीलाई आर्थिक सहयोगसहित गाउँमै स्वास्थ्य सेवा

२ असोज, ढोरपाटन (बागलुङ) । बडिगाड गाउँपालिकाले बिपन्न परिवारका बिरामीलाई आर्थिक सहयोगसहित जनताका घरआँगनमा स्वास्थ्य सेवा प्रवाह गरेको छ । स्थानीय तह स्थापना हुनुअघि सातवटा मात्रै स्वास्थ्यचौकी रहेकामा यो पालिकामा हाल १६ वटा स्वास्थ्य संस्था सञ्चालनमा छन् भने १८ शय्याको आधारभूत अस्पताल सञ्चालनको तयारीमा छ । गाउँपालिकाले स्वास्थ्यचौकीसहित गाउँ–गाउँमा आभारभूत स्वास्थ्य सेवा केन्द्र र सामुदायिक […]

मुख्‍य समाचार राजनीति समाचार समाज

गुणस्तरीय शिक्षाको समान अवसरको वितरण जरुरी : प्रधानमन्त्री

२ असोज, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेशगत र स्थानीयगत शिक्षाका सबै तह एवं अवसरमा हुने असमानता हटाई समान अवसर र लाभको सुनिश्चितता जरुरी रहेको बताएका छन् । राष्ट्रिय शिक्षा दिवसका अवसरमा बुधबार एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले पिछडिएका वर्ग, क्षेत्र, लिङ्ग र जातजातिलाई शिक्षाको मूलधारमा समाहित गरी […]

खेलकुद मुख्‍य समाचार समाचार

सहीद स्मृतिसँग पशुपति युवा क्लव ५–२ गोल अन्तरले पराजित

२ असोज, हेटौडा । मकवानपुरको बागमती गाउँपालिकाको सहीद स्मृति क्लव जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत समूह ‘घ’ को शीषस्थानमा पुगेको छ । ५ खेलबाट ११ अंक जोड्दै सहीद स्मृतिले समूहको शीर्षमा स्थान बनाएको हो । सिमलटार खेल मैदानमा पाँचौ खेल खेल्ने क्रममा सहीद स्मृतिले पशुपति युवा क्लव हेटौंडालाई ५–२ ले हरायो । सहीद स्मृतिका लागि […]

मुख्‍य समाचार राजनीति समाचार समाज

मन्त्री सिंहले गरे गणेशमान सिंहको शालिकमा माल्यार्पण

२ असोज, काठमाडौं । उप–प्रधान तथा शहरी विकास मन्त्री प्रकाशनमान सिंहले स्व. नेता गणेशमान सिंहको शालिकमा माल्यार्पण गरेका छन् । वि.सं २०४६ को जनआन्दोलनका कमाण्डर स्व. सिंहको २७औँ स्मृति दिवसको अवसरमा  बुधबार गणेशमान सिंह फाउण्डेशनले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा शालिकमा माल्यार्पण गरिएको हो । शालिकमा माल्यार्पण गर्दै मन्त्री सिंहले देश र जनतालाई सार्वभौम सत्ता सम्पन्न […]

मुख्‍य समाचार समाचार समाज

कञ्चनपुरमा एक युवक मृत फेला

२ असोज, काठमाडौँ ।  कञ्चनपुरमा एक युवक मृत फेला परेका छन । बुधबार बिहान दोधारा चाँदनी नगरपालिका – १० कुटियाकभर स्थित जोगबुढा नदीको किनारमा स्थानीय ३५ वर्षीय दिपक सुनार मृत फेला परेका हुन । घटनाको आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

मुख्‍य समाचार राजनीति समाचार

विश्वासको मत लिँदै कोशीका मुख्यमन्त्री कार्की

२ असोज, काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदैछन् । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिन लागेका हुन् । समर्थन फिर्ता लिएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । सोही व्यवस्थाअनुसार मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि प्रस्ताव दर्ता गराएको […]