खाद्य सुरक्षासम्बन्धी मौलिक हक कार्यान्वयनका लागि सुपथ मूल्य पसल : मन्त्री भण्डारी
३ असोज, काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले संविधानमा खाद्यसुरक्षा र सम्प्रभुता मौलिक हकका रूपमा राखिएकाले त्यसको कार्यान्वयनमा सरकार लागेको बताएका छन् । विजयादशमी, नेपाल संवत्, शुभ दीपावली र छठलगायत चाड पर्वका अवसरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथलीस्थित प्राङ्गणमा सुरु भएको सुपथ मूल्य पसल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले संविधानमा गरिएका व्यवस्था […]











