१८ चैत्र २०८२, बुधबार
समाचार समाज

त्रियुगा नगर अस्पताल सञ्चालन

४ असाेज, उदयपुर । त्रियुगा नगर अस्पतालले सेवा सञ्चालन  गरेको छ । त्रियुगा नगरपालिका– ५ देउरीमा नगरपालिकाले अस्पताल सञ्चालन गरेको हो । त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले बिहीबार आयोजित एक कार्यक्रममा अस्पतालको उद्घाटन गर्दै नगर क्षेत्रका बिरामीलाई जिल्ला अस्पताल पुग्नुपर्ने बाध्यता अन्त्य भएको बताए ।  त्रियुगा नगरपालिकाले नगर अस्पताल सञ्चालन गरेपछि जिल्ला अस्पतालमा  बिरामीको चाप […]

मुख्‍य समाचार समाचार

प्रस्तावित प्रधानन्यायाधीश राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान

४ असाेज, काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमान सिंह राउत र दुई देशका प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ । समितिको सचिवालयले आज एक सूचना जारी गर्दै संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस राउत, अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादव र बेल्जियमका लागि सेवा लम्सालविरुद्ध कुनै उजुरी भए १० दिनभित्र पेस गर्न भनेको हो । […]

मुख्‍य समाचार समाचार समाज

मधेस प्रदेशमा कुपोषण समस्या बढ्दै, नि:शुल्क उपचार गर्दै प्रदेश सरकार

४ असाेज, जनकपुरधाम । मधेस प्रदेशका बालबालिकामा कुपोषणको समस्या देखिएको छ । कुपोषणका कारण समयमा उपचार नपाउँदा कतिपय बालबालिकाको मृत्युसमेत हुने गरेको मधेस प्रदेशको एक तथ्याङ्कले देखाएको छ । मधेस प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत प्रादेशिक अस्पताल जनकपुरको पोषण गृहका अनुसार कुपोषणका कारण बालबालिकामा मुटु समस्या, श्वासप्रश्वास, निमोनिया, रक्तअल्पता, क्षयरोग, मस्तिष्कघात, वृत्तिविकासमा कमी, पुडकोपनलगायत समस्या हुने गरेको […]

समाचार समाज

धनगढीबाट ६ जुवाडे पक्राउ

४ असाेज,  कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका  ७ क्याम्पस चोक धनगढीबाट ६ जुवाडे पक्राउ परेका छन् । उक्त जवाडे प्रयाग राज जोशीले सञ्चालन गरेको नास्ता पसलको तेस्रो तलाबाट बिहीबार  जुवा तास खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार उनीहरूको साथबाट नगद २३ हजार ३४० रुपैयाँ सहित १ गड्डी तास बरामद […]

समाचार समाज

आजको राशिफल

४ असाेज, काठमाडौँ ।  मेष :आफन्तबाट सहयोग नमिल्न सक्छ । शत्रुको जित हुनेछ । परिवारसँग को मनमुटाव बढ्नेछ । यात्राको लागि योग सफल नरहला ।   मिथुन :आज आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । साथीभाइसँग समय बित्नेछ ।   सिंह : यात्रामा मालसामान हराउन सक्छ । सहकर्मीबाट विरोध आउला […]

मुख्‍य समाचार राजनीति समाचार

आज चार संसदीय समितिको बैठक बस्दै

४ असाेज, काठमाडौँ । आज विभिन्न चार संसदीय समितिको बैठक बस्दै छ । बैठक बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बस्नेछ । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची रहेको छ । यस्तै, बिहान ११ बजे नै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जको अवलोकन सम्बन्धी […]

समाचार समाज

सहुलियत मूल्य पसल : हुम्लामा खाद्यान्नमा प्रतिकेजी रु पाँच छुट

४ असाेज, काठमाडौँ । सिमकोट । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले असोज ६ गतेदेखि प्रतिकेजी रु पाँच छुटमा खाद्यान्न बिक्री गर्ने भएको छ । हिन्दुहरूको महान् चाडपर्व दशैँ, तिहारलाई लक्षित गरी सहुलियत मूल्यमा खाद्यान्न बिक्री गर्न लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका निमित्त प्रमुख नवीनप्रसाद आचार्यले बताए । […]

समाचार समाज

चौथो नेपालगञ्ज फोटो फेस्टिबलका लागि फोटो आह्वान

४ असाेज, काठमाडौँ ।  चौथो नेपालगञ्ज फोटो फेस्टिबलअन्तर्गत फोटो प्रतिस्पर्धाका लागि फोटो आवेदन खुला गरिएको छ । फोटो पठाउने अन्तिम मिति यही असोज १७ गतेसम्म रहेको आयोजकले जनाएको छ । अन्तरालको आयोजना तथा व्यवस्थापनमा हरेक वर्ष आयोजना गरिने यो फोटो फेस्टिबल प्रतिस्पर्धामा देशभरबाट फोटो पठाउन सकिन्छ । अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहका अनुसार नौ विधामा […]

मुख्‍य समाचार समाचार समाज

बागलुङका स्वास्थ्य संस्थामा डेंगी परीक्षण किट अभाव

४ असाेज,  बलेवा (बागलुङ) ।  धौलागिरि अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगी परीक्षण गर्ने किट अभाव भएको छ । धौलागिरि अस्पतालकी सूचना अधिकारी शान्ति शर्माका अनुसार दैनिक ५० देखि सय जनासम्म ज्वरोका बिरामी आइरहेको तथा उनीहरूको स्वास्थ्य परीक्षण गर्न किट अभाव भएको छ । केही दिनदेखि किट अभावसँगै रक्त परीक्षणमा पनि समस्या भएको […]

मुख्‍य समाचार समाचार समाज

उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो

४ असाेज, म्याग्दी । मुस्ताङको लोमान्थाङ गाउँपालिका-५ मा रहेको न्युतारा होटलका सञ्चालक निमा विष्ट व्यवसाय छाडेर विदेश पलायन भएका छन् । व्यवसायमा गरेको लगानीअनुसारको प्रतिफल प्राप्त हुन नसकेपछि होटल आफन्तको जिम्मा लगाएर विष्ट अमेरिका गएका हुन् । लोमान्थाङ होटल व्यवसायी सङ्घका सचिव छेवाङ गुरुङ धेरै व्यवसायीहरू निमाजस्तै पलायन हुने अवस्थामा रहेको बताउछन् । “उपल्लो मुस्ताङ पर्यटकका […]

मुख्‍य समाचार समाचार समाज

अंग्रेजी माध्यममा पढाइ हुँदा विद्यार्थी बढे, व्यवस्थापनमा चुनौती

४ असाेज, जलेश्वर (महोत्तरी) । जिल्ला सदरमुकाम जलेश्वरभन्दा ६० किलोमिटर टाढाको एक सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ हुन थालेपछि सो विद्यालयमा विद्यार्थीको संख्या ह्वात्तै वृद्धि भएको छ । जिल्लाको गौशाला नगरपालिका–१० मरहाखोला पारिको दुर्गम बस्तीमा अवस्थित जनता माध्यमिक विद्यालय भरतपुरखोरमा विगत डेढ वर्षदेखि शिशु कक्षादेखि १२ सम्म अङ्ग्रेजी माध्यममा पढाइ हुन थालेपछि त्यस विद्यालयमा विद्यार्थी सङ्ख्या […]

अन्तर्राष्ट्रिय अर्थ मुख्‍य समाचार समाचार

अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो

४ असाेज, काठमाडौँ । बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलरको भाउ एकको खरिदर एक सय ३३ रुपैयाँ ६० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ २० पैसा कायम भएको […]