३ कार्तिक २०८३, सोमबार
बागमती मनोरन्जन मुख्‍य समाचार समाचार समाज

शनिवार दोस्रो सीजनको ‘सगून ज्वेलर्स प्रजेन्ट्स मिसेस भोग नेपाल’ को अडिसन

२८ मङ्सिर, काठमाडौं । सगून ज्वेलर्सको प्रस्तुति रहेको ‘मिस भोग नेपाल सीजन–२’ को अडिसन भोलि मंसिर २९ गते शनिवार काठमाडौंको दरबारमार्गस्थित पेन्टहाउसमा सञ्चालन गरिँदैछ । बिहान ९ बजेदेखि प्रारम्भ हुने अडिसनमा सहभागिता जनाएर प्रतिस्पर्धामा छनोट हुनका लागि प्रयास गर्न आयोजक संस्थाले महिलाहरुलाई आग्रह गरेको छ । प्रतियोगिता अर्थात दोस्रो सीजनको ‘सगून ज्वेलर्स प्रजेन्ट्स मिसेस भोग नेपाल […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

लुम्बिनीलाई हराउँदै कर्णालीको रोमाञ्चक जित, कर्णाली पुग्यो प्लेअफको नजिक

२८ मङ्सिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को २२ औँ खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ५ रनले हराउँदै प्लेअफको सम्भावना बलियो बनाएको छ । १ सय २९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २३ रन मात्र बनाउन सकेको हो । लुम्बिनीका लागि टम मुर्सले सर्वाधिक ३६ रन जोडे । […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

माओवादी स्थायी समिति बैठक पेरिसडाँडामा जारी

२८ मङ्सिर, काठमाडौं । माओवादी केन्द्रको स्थायी समिति बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक जारी रहेको अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले जनाएको छ । बैठकले पुस २ देखि सुरु हुने केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्ने बताइएको छ । केन्द्रीय समिति बैठकमा दाहालले आगामी कार्यदिशा समेटिएको प्रतिवेदन पेस गर्ने छन् ।

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

पत्रकार महासङ्घको २७ औँ महाधिवेशनका लागि प्रज्ञा भवनमा मतदान सुरु

२८ मङ्सिर, काठमाडौं । नेपाल पत्रकार महासङ्घको २७ औँ महाधिवेशन सुरु भएको छ । केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि बिहान १० बजेदेखि मतदान सुरु भएको हो । महासङ्घको आगामी अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामाले उम्मेदवारी दिएका छन् । […]

अर्थ बागमती मुख्‍य समाचार लुम्बिनी समाचार समाज

दुनाटपरी बेचेर स्वरोजगार बन्दै दाङका महिला

२८ मङ्सिर, देउखुरी (दाङ) । यहाँका महिला स्थानीय वनमा पाइने सालका पात उपयोग गरी स्वरोजगार भएका छन् । दुनाटपरी बेचेर उनीहरू आर्थिक रूपमा सबल पनि भएका छन् । घोराही उपमहानगरपालिका – १२ डाँडागाउँका सात जनाले उद्यमशील दुना टपरी महिला समूह गठन गरेर यन्त्रका माध्यमबाट दुनाटपरी तयार गर्न थालेका हुन् । सोसेक नेपाल नामको संस्थाले मेसिनबाट […]

अर्थ बागमती बैंक–वित्त मुख्‍य समाचार समाचार समाज

पाँच खर्ब २१ अर्ब ६३ करोड विप्रेषण भित्रियो

२८ मङ्सिर, काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा रु पाँच खर्ब २१ अर्ब ६३ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको विवरणानुसार, समीक्षा अवधिमा विप्रेषण आप्रवाहमा नौ दशमलव एक प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२ दशमलव पाँच प्रतिशतले बढेको थियो । […]

प्रवास बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

नेपाल र चीनबीचका सम्बन्धमा बौद्ध धर्म एक चम्किलो धागो बनेर रहेको छ : प्रधानमन्त्री

२८ मङ्सिर, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचका सम्बन्धमा बौद्ध धर्म एक चम्किलो धागोका रुपमा रहेको बताएका छन् । नवौँ नानहाई बौद्ध सम्मेलनको काठमाडौं फोरमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त धागोले हाम्रा दुई राष्ट्रहरूको आध्यात्मिक र सांस्कृतिक कपडालाई एकसाथ बुन्ने तथा सद्भाव र समझदारीको दिगो बन्धनलाई बढावा दिने बताएका हुन् । ‘नेपाल […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

सुनचाँदीको मूल्य घट्यो

२८ मङ्सिर, काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको  छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  बिहीबार १ लाख ५४ हजार २ सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आज १२ सय रुपैयाँले घटेको हो । आज छापावाला सुन प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा कारोवार भैइरहेको छ । यस्तै महासंघका अनुसार आज चाँदीको […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

एनपीएल हेर्न नेपाल आइपुगे क्रिकेटर ब्रायन लारा

२८ मङ्सिर, काठमाडौं । वेष्टइण्डिजका लेजेन्डरी क्रिकेटर ब्रायन लारा आज नेपाल आएका छन्।  शुक्रबार नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न वेष्टइण्डिजका पूर्वकप्तान समेत रहेका ब्रायन नेपाल आएका हुन् । उनलाई क्यान पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए । विश्वविख्यात वेस्ट इन्डियन खेलाडी पहिलोपटक नेपाल आएका हुन् । उनले त्रिवि मैदानमा गएर एनपीएलका केही खेलहरु हेर्ने छन् […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

कर्णाली याक्सले दियो लुम्बिनी लायन्सलाई १२९ रनको लक्ष्य

२८ मङ्सिर, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को आजको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई १२९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टियु मैदानमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर १ सय २९ रन बनाएको हो । राोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले अन्तिम खेलमा सोमपाल […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

लोप हुँदै लालुपाते

२८ मङ्सिर, गलेश्वर (म्याग्दी) । चौत–वैशाखमा लालीगुराँस फुलेर वनजङ्गल राताम्मै देखिएजस्तै मङ्सिर–पुसमा पाखैभरि लालुपाते फुलेर राताम्यै हुने गरेका म्याग्दीका उच्च पहाडी र तल्लो क्षेत्रमा केही वर्षयता लालुपाते फुल्न छाडेको छ । जलवायु परिवर्तनका कारण माटोमा अम्लियपना बढ्दै जाँदा लालुपातेलगायतका अन्य मौसमी फूलहरू हराउँदै जान थालेका स्थानीयले बताएका छन् । तापक्रम वृद्धिको असरका कारण हिमाली र […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार समाज

भक्तपुर महोत्सव सुरु

२८ मङ्सिर, भक्तपुर । आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाको आयोजनामा पाँचदिने भक्तपुर महोत्सव यहाँ सुरु भएको छ । नगरपालिकाले २६ वर्षअघि यस्तै महोत्सवका गरेको थियो । भक्तपुरका कला, संस्कृति, सम्पदा र मौलिक उत्पादन तथा जीवनशैलीबारे स्वदेशी र विदेशीलाई जानकारी गराउँदै यो पुरानो सहरलाई पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्न महोत्सव सहयोगी हुने […]