१८ चैत्र २०८२, बुधबार
मुख्‍य समाचार राजनीति समाचार

काँग्रेस उपसभापति गुरुङमाथि कानुनी कारबाही गर्न सहकारी छानबिन समितिको निर्देशन

४ असोज, काठमाडौँ । काँग्रेस उपसभापति धनराज गुरुङले सम्बन्ध विच्छेद गरेकी ज्योति गुरुङसँग मितेरी बचत तथा ऋण सहकारीको बचत रकम हिनामिना गरेको उजुरीको आधारमा कारबाही गर्न संसदीय छानबिन समितिले निर्देशन दिएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धनमा संसदीय छानबिन समितिको शुक्रबार सार्वजनिक भएको प्रतिवेदनमा समस्याग्रस्त कतिपय सहकारीमा संस्थागत नक्कली अभ्यास गरेको उल्लेख गर्दै […]

मुख्‍य समाचार समाचार समाज

माग पूरा नभए पुनः प्रदर्शन गर्ने चेतावनीसहित ‘दलितलाई खै ?’ आन्दोलन स्थगित

४ असोज, काठमाडौँ । विभेदविरुद्ध दलितका लागि दलित अभियानको ‘दलितलाई खै ?’ आन्दोलन स्थगित भएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै अभियानका संयोजक खगेन्द्र सुनारले नेल खोलेर ‘दलितलाई खै ?’ भन्ने प्रश्न सहितको पहिलो चरणको नेल प्रदर्शन गरेको ४५ दिन पूरा भएकाले प्रदर्शन स्थगन भएको प्रशासनलाई जानकारी दिए । संयोजक सुनारले ४५ दिनदेखि माइतीघर मण्डलामा शरीरमा […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

नेपाली सेना र अमेरिकी सेनाको संयुक्त सैन्य अभ्यास सम्पन्न

४ असोज, काठमाडौँ । नेपाली सेना र अमेरिकी सेनाबीच भदौ ३० गतेदेखि सुरु भएको संयुक्त सैन्य अभ्यास ‘प्यासिफिक एन्जल’ आज सम्पन्न भएको छ। नेपाली सेनाका अनुसार विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदानप्रदान गरी विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले संयुक्त सैन्य अभ्यास गरिएको हो। अभ्यासमा विभिन्न प्रकारका विपद्को दौरान सञ्चालन गरिने खोज तथा […]

अन्तर्राष्ट्रिय समाचार समाज

जापान नेपालीको रोजगारीका लागि सुरक्षित गन्तव्य : श्रम मन्त्री भण्डारी

४ असोज,  काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले जापान नेपालीहरूको रोजगारीका लागि सुरक्षित र आकर्षक गन्तव्य मुलुक भएको बताएका छन् । जापानको टोकियोमा आयोजित नेपाल–जापान रोजगार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री भण्डारीले नेपाल र जापानबिच जापानमा निश्चित सीपयुक्त श्रमिक पठाउने सम्बन्धी श्रम समझदारी पत्रलाई व्यवस्थापन गर्न मन्त्रालयले […]

मुख्‍य समाचार राजनीति समाचार समाज

पाठ्यक्रम परिमार्जनबारे विज्ञहरूसँग छलफल गर्दै शिक्षा मन्त्रालय

४ असोज, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहको पाठ्यक्रममा व्यापक परिमार्जनको तयारी गरेको छ । त्यसका लागि मन्त्रालयले विज्ञहरूसँग छलफल गर्ने भएको छ । असोजको दोस्रो साता विज्ञहरूसँग छलफल गर्न लागिएको शिक्षामन्त्री विद्या भट्टराईले बताइन् । पाठ्यपुस्तक भन्दा पनि पाठ्यक्रमलाई व्यवहारिक बनाउन परिमार्जन गर्नुपर्ने उनको भनाइ छ । त्यसका लागि परिमार्जनको आधार पहिचान […]

समाचार समाज

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

४ असोज, काठमाडौँ । यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।२०८१ सालको दशैं असोज १७ गतेदेखि सुरु हुन्छ । असोज १७ गते घटस्थापना हो । बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज जारी गरेको सूचनामा […]

खेलकुद समाचार समाज

एन्फा महिला लिगमा एपिएफ विजयी

४ असोज, काठमाडौँ । एन्फा महिला लिगमा एपिएफ विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा रश्मिकुमार घिसिङको ह्याट्रिकसहित एपिएफले कोसी प्रदेशमाथि ८(० को जित निकाल्यो । प्रतियोगितामा यो एपिएफको छैटौँ जित हो । पहिलो खेलमा भने एपिएफले विभागीय टोली नेपाल पुलिस क्लबसँग गोलरहित बराबरी खेलेको थियो । जारी प्रतियोगितामा सात खेलपछि […]

समाचार समाज

धादिङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

४ असोज, काठमाडौँ । शुक्रबार धादिङमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँझ ५ बजेर १६ मिनेटमा धादिङको चैनपुर आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस गरिएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए । ३.८ म्याग्निच्युडको भूकम्पको धक्का आसपासको क्षेत्रमा सामान्य महसुस भएको थियो ।

समाचार समाज

चाडपर्वको समय अस्वस्थ गतिविधि नियन्त्रण गर्न केन्द्रीय अनुगमन समितिको निर्देशन

४ असोज, काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार सम्पन्न केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको बैठकले चाडपर्वको समयमा हुन सक्ने कृत्रिम अभाव, कालोबजारी र मिसावट जस्ता अस्वस्थ गतिविधिहरूलाई नियन्त्रण गर्न कडा निर्देशन दिएको छ। मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा बसेको बैठकले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र प्रमुख जिल्ला अधिकारीहरूलाई स्थानीय स्तरमा अनुगमन र समन्वय गर्न […]

मुख्‍य समाचार समाचार समाज

घटस्थापना अघि नागढुंगा-मुग्लिन सडक मर्मत गरिसक्ने सहमति

४ असोज, काठमाडौँ । नागढुंगा-नौबिसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन तीन वटै तहका सरकार र निर्माण व्यवसायीबीच ६ बुँदे सहमति भएको छ । शुक्रबार भौतिक पूर्वाधार तथा  यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलमा उक्त सहमति भएको हो । आयोजनामा देखिएका समस्या समाधान गरी निर्माणलाई गति दिन तीनै तहका सरकार, निर्माण व्यवसायी तथा सम्बद्ध पक्षबीच सहमति भएको हो । […]

समाचार समाज

डोटीमा भिरबाट लडेर एक महिलाको मृत्यु

४ असोज, डोटी । डोटीमा भीरबाट लडेर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । जिल्लाको जोरायल गाउँपालिका-४ नक्कुकी ३४ बर्सिया रोहिता बोहराको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । शुक्रवार दिउँसो साढे १२ बजेतिर जोरायल गाउँपालिका वडा नम्बर ४ स्थित पत्थरखानी भिरबाट लडेर घाइते भएकी बोहराको उपचारका क्रममा निसर्ग अस्पताल धनगढीमा […]

अन्तर्राष्ट्रिय समाचार समाज

ईपीएसको उत्पादनमुलक तर्फको सीप परीक्षणमा ८ हजार जना पास

४ असोज, काठमाडौँ । वैदेशिक रोजगार विभाग अन्तरगतको ईपीएस कोरिया शाखाले उत्पादनमूलकतर्फको कोरियन भाषा (ईपीएस टोपिक २०२३ यूबीटी)को स्किल (सीप) र कम्पिटेन्सी (प्रतिस्पर्धी क्षमता) टेस्टको नतिजा सार्वजनिक गरेको छ । यो परीक्षामा ८ हजार १५१ जना परीक्षार्थी पास भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय कोरियाको श्रम तथा रोजगार मन्त्रालयबीच भएको भएको समझदारीअनुरूप रोजगार […]