१ कार्तिक २०८३, शनिबार
गण्डकी पर्यटन मुख्‍य समाचार विचार समाचार समाज

उपल्लो मुस्ताङमा पर्यटक बढे

म्याग्दी, २५ पुस । सन् २०२४ मा चार हजार बढी पर्यटकले उपल्लो मुस्ताङ भ्रमण गरेका छन् । सन् २०२३ को तुलनामा २०२४ मा १४ दशमलव २० प्रतिशतले पर्यटक आगामन वृद्धि भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप को लोमान्थाङ कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख उमेश पौडेलले सन् २०२३ मा तीन हजार चार सय ८४ विदेशी […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

रामायणकालीन वाल्मीकि आश्रम संरक्षणको माग

२५ पुस । चितवनको माडी नगरपालिका–१ मा रहेको वाल्मीकि आश्रम संरक्षणको अभावमा ओझेलमा परेको छ । रामायणकालीनस्थलका रूपमा परिचित आश्रम विकास र संरक्षणका लागि ठोस पहल नहुँला ओझेलमा परेको हो । यहाँस्थित मन्दिरका मूल पुजारी शिखर सुवेदीले धार्मिक पुरातात्विक महत्वको यस स्थलको विकास एवं प्रचारप्रसारको अभावमा ओझेलमा परेको बताएका छन् । “आश्रम पत्ता लगाउने बेला […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेपछि इलामको कृषि उपज झापामा बिक्री गर्न सहज

झापा, २५ पुस । बुद्धशान्ति गाउँपालिका–६ टिमाई नदीमा ‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेको छ । बुद्धशान्ति वडा नं ६ र ७ लाई जोड्ने उक्त पुल ४७७ मिटर लामो छ । सङ्घीय सरकारको रु पाँच करोड ९८ लाख सात सय ६१ को लागतमा बनेको सो पुल कोशी प्रदेशमा निर्मित सबैभन्दा पुलहरु मध्ये सबैभन्दा लामो रहेको […]

कर्णाली मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

कालीकोटमा निःशुल्क क्षयरोग परीक्षण शिविर

२५ पुस, मान्म (कालीकोट) । जिल्लाको खाँडाचक्र नगरपालिकामा छ सय आठको क्षयरोग परीक्षण गरिएकामा छ जनामा सङ्क्रमण पुष्टि भएको छ । नगरपालिकाले तीन दिनसम्म सञ्चालन गरेको क्षयरोग परीक्षण शिविरमा दुई सय ८६ शङ्कास्पद बिरामी फेला परेका थिए । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा निर्देशनालयको सहयोग र खाँडाचक्र नगरपालिकाको स्वास्थ्य तथा सरसफाइ शाखाको आयोजनामा तीन दिने […]

कर्णाली मुख्‍य समाचार विचार समाचार समाज

परम्परागत सीप परीक्षण गर्न नमूना परियोजना

कर्णाली, २५ पुस । सुर्खेतको सिम्ता गाउँपालिका र कालीकोटको खाँडाचक्र नगरपालिकामा अनौपचारिक शिक्षाको राष्ट्रिय योग्यता प्रारुपलाई स्थानीयकरण गर्न नमूना परियोजन सञ्चालन गरिने भएको छ । यसबाट स्थानीयवासीले आर्जन गरेका सीप प्रमाणीकरणमा टेवा पुग्ने जनाइएको छ । यसैबीच कर्णाली प्रदेश सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले सबै पालिकाबाट परम्परागत सीप परीक्षण गर्ने तयारी भएको बताएको छन् । कर्णाली […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

मधेशमा शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु

महेन्द्रनगर धनुषा, २५ पुस । मधेश प्रदेश सरकारले शहीद परिवारको स्वास्थ्य सेवामा सुधार ल्याउने उद्देश्यले स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको छ । प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले यही पुस ९ गतेदेखि बिमा कार्यक्रम लागू भएको आज यहाँ पत्रकार सम्मेलन गरी जानकारी दिए । उनले यो कार्यक्रमले प्रदेशका शहीद परिवारका सदस्यलाई निःशुल्क स्वास्थ्य सेवा […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

अर्थतन्त्रलाई बीमा क्षेत्रले महत्वपूर्ण योगदान पुर्याएको छ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्राकृतिक र मानव सिर्जित जोखिमबाट मानव जिवन, र वित्तिय सुरक्षा प्रदान गर्न बीमा क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । बिहीबार बीमा बहस कार्यक्रममा बोल्दै मन्त्री पौडेलले जोखिम न्यूनिकरण, बचत कर्जा र लगानी अभिवृद्धिलाई रोजगारी सिर्जनाजस्ता माध्यमबाट अर्थतन्त्रलाईसमेत बीमा क्षेत्रले महत्वपूर्ण योगदान पुर्याउने बताएका हुन् । उनले भने, […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

स्वास्थ्य विज्ञान विश्वविद्यालयको निर्माण आवश्यक छ : मन्त्री भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले स्वास्थ्य विज्ञान विश्वविद्यालय निर्माणको कुरामा सबैले प्रतिबद्धता जनाएको बताएकी छन् । बिहिबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफलमा उनले स्वास्थ्य विज्ञान विश्वविद्यालय आवश्यक छ भन्ने कुरा आम रुपमा उठेको र संसदमा सबैले प्रतिबद्धता पनि […]

कर्णाली मुख्‍य समाचार समाचार समाज

मुगुको विकट गाउँमा राष्ट्रिय प्रसारण लाइन जोडियो, गाउँमा खुशीयाली

मुगु । जिल्लाको छायाँनाथ रारा नगरपालिका भित्रका दुई विकट वडामा विद्युत सेवा पुगेको छ । छायाँनाथ रारा नगरपालिका १० र ११ वडामा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको हो । छायाँनाथ रारा नगरपालिकाको आर्थिक सहयोगमा तथा गमगाढ विद्युत बितरण केन्द्र गमगढीको प्राविधिक सहयोग एवं सहजिकरणमा वडा नम्बर १० र ११ का गाउँमा विद्युत सेवा पुगेको छ […]

बागमती मुख्‍य समाचार समाचार समाज

सिस्नेरीमा सार्वजनिक जग्गा  मिचेर संरचना निर्माण

बागमती, २५ पुस । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाले सार्वजनिक जग्गामा बनेका संरचना हटाउने  भएको छ । स्थानीयद्वारा सार्वजनिक जग्गा अतिक्रमण गरी घर टहरालगायतका संरचना निर्माण गर्ने प्रवृति बढ्दै गएको जनाउँदै  गाउँपालिकाले यसलाई निरुत्साहित गर्न संरचना हटाउन लागेको हो । ‘‘आफ्नो स्वामित्वको जग्गा बिक्री गरेर सार्वजनिक जग्गा अतिक्रमण गर्ने र त्यो जग्गामा घर टहरा बनाउने प्रवृति स्थानीयमा […]

कर्णाली मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

खाँडाचक्रका छ जनामा क्षयरोग पुष्टि

२५ पुस, मान्म (कालीकोट) । जिल्लाको खाँडाचक्र नगरपालिकामा छ सय आठको क्षयरोग परीक्षण गरिएकामा छ जनामा सङ्क्रमण पुष्टि भएको छ । नगरपालिकाले तीन दिनसम्म सञ्चालन गरेको क्षयरोग परीक्षण शिविरमा दुई सय ८६ शङ्कास्पद बिरामी फेला परेका थिए । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा निर्देशनालयको सहयोग र खाँडाचक्र नगरपालिकाको स्वास्थ्य तथा सरसफाइ शाखाको आयोजनामा तीन दिने […]