१ कार्तिक २०८३, शनिबार
गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

वारागुङ र देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध

म्याग्दी, २ माघ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र तनहुँको देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । वारागुङ मुक्तिक्षेत्र र देवघाट गाउँपालिका गण्डकी प्रदेशको प्रमुख नदी कालीगण्डकीको उद्गम र अन्तिम स्थलमा पर्दछन् । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको कागबेनी र देवघाट हिन्दू धर्मावलम्बीको महत्त्वपूर्ण तीर्थस्थल हुन् । दामोदरकुण्डबाटस सुरु भई वारागुङ मुक्तिक्षेत्रको कागबेनी हँुदै बग्ने कालीगण्डकी देवघाटमा […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

सरकारले अझै पनि संसदलाई छल्ने काम गरे विशेष अधिवेशन आह्वान गर्ने बिपक्षी दलको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकारले अधिवेशन नगरे विशेष अधिवेशन आह्वान गर्ने समझदारी बनेको बताएका छन् । सिंहदरबारमा बसेको बिपक्षी दलहरुको बैठकपश्चात उनले सरकारले अझै पनि संसदलाई छल्ने काम गर्ने हो भने विशेष अधिवेशन आह्वान गर्ने समझदारी बनेको बताए । उनले भने, ‘हिउँदे अधिवेशन छिटोभन्दा छिटो बोलाइयोस् यदि सरकारले अझै पनि यसरी […]

बागमती मुख्‍य समाचार समाचार समाज

चन्द्रागिरि नगरपालिकाद्वारा ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालन

२ माघ, काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले सामुदायिक विद्यालयमा ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालन गर्न सुरुआत गरेको छ । ‘पढ्दै कमाउँदै’ अवधारणा एवं विद्यार्थीलाई माध्यामिक शिक्षा (दशजोड दुई) पश्चात् स्वारोजगार बनाउने ध्येयले नगरपालिकाले पहिलोपटक चन्द्रागिरि–१२ स्थित बलम्बु माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्राविधिक शिक्षालयमार्फत सीप सिकाउन थालेको हो । यसका लागि नगरपालिकाले दक्षिण कोरियाको ड्रिम सेयरिङ फाउन्डेसनसँगको सहकार्यमा सो […]

अर्थ गण्डकी मुख्‍य समाचार समाचार समाज

कालीगण्डकी लोकमार्ग : फलेवास–अर्मादी सडकलाई बजेट सुनिश्चित

पर्वत, २ माघ । निर्माणाधीन उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी लोकमार्गको पर्वत खण्डमा पर्ने फलेवास–अर्मादी सडकका लागि बजेटको स्रोत सुनिश्चित भएको छ । सङ्घीय सरकारको अर्थ मन्त्रालयले उक्त खण्डका लागि रु एक अर्ब ५० करोड बराबरको स्रोत सहमति गरेसँगै काम अघि बढ्ने भएको छ । लोकमार्गको पर्वत खण्डअन्तर्गत मिर्मिबाट फलेवाससम्मको ३३ किलोमिटर सडक कालोपत्र भइसकेको […]

कोशी पर्यटन मुख्‍य समाचार विचार समाचार समाज

घुम्नैपर्ने एक सय गन्तव्यमध्येको मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न महोत्सव

भोजपुर, २ माघ । मुन्दुम पदमार्गको प्रवर्द्धन गर्न महोत्सव सुरु भएको छ । सरकारको घुम्नैपर्ने एक सय गन्तव्यमा पर्न सफल यो पदमार्गको प्रवर्द्धन गर्ने लक्ष्यले सांस्कृतिक, पर्यटन तथा कृषि मेला सुरु भएको हो । मुन्दुम भ्रमण वर्ष सन् २०२५ लाई लक्षित गरेर आयोजना गरिएको कार्यक्रम माघ ५ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रमको संस्कृति, पर्यटन तथा […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज स्वास्थ्य

बाँकेमा चिसोले जनजीवन प्रभावित

खजुरा बाँके, २ माघ । पश्चिम तराईमा चिसो बढेपछि यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । बाँकेको नेपालगञ्ज, कोहलपुर, खजुरा, नरैनापुरलगायत क्षेत्रमा चिसोले जनजीवन कष्टकर बनेको हो । ती क्षेत्रमा बिहानैदेखि शीतलहर, बाक्लो हुस्सुले गर्दा जिल्लामा चिसो बढेको छ । “चिसोले बजार तथा सहरी क्षेत्रमा चहलपहल घटेको छभने सडकमा सवारीसाधन कम चलेका छन् । नेपालगञ्जमा […]

अर्थ गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

अनुदान नपाएपछि किसानले दूध बेच्न किने ‘ट्रक’

तनहुँ, २ माघ । व्यास नगरपालिका–१० दुम्सीका पशुपालक किसानले अनुदानको आशा नराखी कृषि उपज बिक्री गर्न मझौला खालको ट्रक किनेका छन् । आफूहरूले उत्पादन गरेको गाईभैँसीको दूध ढुवानी गर्न मासिक रु ५५ हजारभन्दा धेरै भाडा तिर्नुपरेपछि विकल्पमा आफूहरूले ट्रक नै किनेको स्थानीय अगुवा किसान तथा दुम्सी दुग्ध उत्पादक कृषि सहकारी संस्थाका अध्यक्ष डिल्लीराम सापकोटाले बताए […]

बागमती मुख्‍य समाचार समाचार समाज

हिमाली गाउँ लाहाछेवरका विद्यार्थीलाई विद्यालयमा दिवा आवास

रामेछाप । रामेछापको हिमाली गाउँ लाहाछेवरका विद्यार्थीको लागि विद्यालयमा नै दिवा आवास सुरु भएको छ । रामेछाप जिल्लाको उत्तरी भेगको अन्तिम मानवबस्ती उमाकुण्ड गाउँपालिका–१ लाहाछेवरको श्री हिमालय आधारभूत विद्यालयमा पढ्ने विद्यार्थीलाई विद्यालयमा नै दिवा आवास सञ्चालनमा ल्याएको हो । सो बस्ती समुन्द्री सतहदेखि २ हजार ७ सय ५० मिटरको उचाइमा रहेको छ । वडा कार्यालयको […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

सिंहदरबारमा बिपक्षी दलहरुको बैठक सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा बिपक्षी दलहरुको बैठक सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले विपक्षी दलहरूको संयुक्त बैठक बोलाएको हो । बैठकमा सरकारविरुद्धको रणनीतिबारे छलफल गर्ने तयारी रहेको छ । यसपछि आजै दिउँसो २ बजे समाजवादी मोर्चाको बैठक बस्ने भएको छ । सो बैठक एकीकृत समाजवादीको केन्द्रीय […]

बागमती मुख्‍य समाचार समाचार समाज

आजको मौसम : उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना

काठमाडौं । हाल देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसकारण देशको पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ । तराईका केही भागमा भने हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली देखि मौसम सफा रहने […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपियाँ ३२ पैसा र बिक्रीदर एक सय ३८ रुपियाँ ९२ पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपियाँ ९० पैसा र बिक्रीदर एक सय ४२ रुपियाँ ५२ पैसा, अस्ट्रेलियन डलर […]